• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख ०७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

रास्वपा सचिवालयको बैठक बस्दै

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ७. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ८. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ९. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • १०. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

भारतमा ‘पशुपति दर्शन अभियान’

काठमाडौं, माघ ११- नेपाल र भारतबिच प्राचीनकालदेखि रहँदै आएको सामाजिक, सांस्कृतिक एवं आर्थिक सम्बन्धलाई नवीन ऊर्जा र पुनर्जागृत गर्ने उद्देश्यका साथ पशुपति क्षेत्र विकास कोषले धार्मिक अभियान आरम्भ गरेको छ । लामो सङ्क्रमणको अन्त्यसँगै आर्थिक विकास र समुन्नत राष्ट्र निर्माणको राष्ट्रिय आकाङ्क्षालाई सार्थक बनाउने प्रयत्न भइरहँदा आर्थिक विकासको आधार तयार गर्न जनस्तरमै पुगेर धार्मिक पर्यटन प्रवर्धनमार्फत आर्थिक उन्नतिको प्रयास थालनी गरिएको हो ।

आजको गोरखापत्र दैनिकमा समाचार छ, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाका अनुसार पशुपतिनाथ मन्दिरमा आउने भारतका दर्शनार्थीलाई दृष्टिगत गरी भारतमै गएर जनस्तरको सम्बन्ध विस्तार थालिएको हो । उहाँले भन्नुभयो, “कोभिड–१९ महामारीपछि थलिएको पर्यटन क्षेत्र उठ्न सकेको छैन । आर्थिक विकासको आधारशिलाका रूपमा रहेको पर्यटन क्षेत्रलाई अग्रगति दिनकै लागि हामी प्रयासरत छौँ ।”

उहाँका अनुसार धार्मिक पर्यटनको प्रचारप्रसारकै लागि मुम्बईमा ‘दश महाविद्या विष्णु सहस्र कोटि हवन महायज्ञ’ को आयोजना भइरहेको छ । महायज्ञमा धार्मिक अभियन्ता, विभिन्न राजनीतिक दलका नेतासँगै सर्वसाधारणको उल्लेख्य उपस्थिति रहँदै आएको छ । माघ १ मा सुरु भई ११ गते समापन हुने महायज्ञमा भारतका केन्द्रीय बन्दरगाह, परिवहन र जलमार्गमन्त्री सर्बानन्द सोनोवाल सहभागी हुनुभयो ।

उहाँले नेपाल र भारतबिच सदियौँदेखि रहेको द्विपक्षीय सम्बन्धलाई नयाँ युग अनुसार अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दुई देशबिच नेताको होइन, जनतामाझ आत्मीय सम्बन्ध छ । द्विपक्षीय हित र लाभलाई ध्यानमा राखेर सहकार्य गर्ने हो भने दुवै देशलाई फाइदा हुन्छ ।”

पशुपति दर्शनको चाहना

कार्यक्रममा सहभागी भारतका केन्द्रीय मन्त्री सोनोवाललाई कोषका तर्फबाट सदस्यसचिव डा। थापा र धार्मिक अभियन्ता गुरु बाबा कालीदास स्वामी कृष्णानन्द परमहंसले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने निम्तो दिनुभयो । निम्तो स्विकार्दै मन्त्री सोनोवालले पशुपतिनाथ मन्दिर दर्शन गर्ने आफ्नो चाहना रहेको र चाँडै समय मिलाउने बताउनुभयो । उहाँले धार्मिक पर्यटनको विकासमा आफ्नो सदैव साथ रहने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “पशुपतिनाथ विश्वभरिका हिन्दुको आस्थाको केन्द्र भएकाले नेपालको समग्र आर्थिक विकासमा धार्मिक पर्यटनको सम्भावना छ । भारतका तर्फबाट अधिकतम सहयोग हुन्छ ।”

भारतका केन्द्रीय मन्त्री सोनोवाललाई धार्मिक गुरु कालीबाबाले नेपालको धार्मिक पर्यटन प्रवर्धन र कोषको उन्नतिका लागि साथ दिन आग्रह गर्नुभयो । उहाँले भारतमा रहेको हिन्दु एवं बौद्ध धर्मावलम्बीलाई पशुपतिनाथ मन्दिरसँगै भगवान् बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गराउन सकिए पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिरैमन्दिर, देवीदेवताको बास भएको नेपालमा भारतबाट अहिलेको भन्दा तीन गुणा बढी तीर्थयात्री जाने वातावरण तयार गर्नु पर्छ । यति गर्न सकिए अर्थतन्त्रमा राम्रो योगदान पुग्छ ।”

कार्यक्रममा शिवसेना नेपाल सम्पर्क प्रमुख एवं नेपाल नागरिक समाज भारतका अध्यक्ष अशोक सिंह नेपालीले जनस्तरमा सम्बन्ध बढाएर धार्मिक पर्यटन प्रवर्धनको प्रयासमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक रूपान्तरणसँगै नेपालमा अब सामाजिक, सांस्कृतिक र आर्थिक विकास गर्नु छ । त्यसका लागि धार्मिक पर्यटन प्रवर्धन गर्न सकिए भारतमा नागरिककै तहबाट सहयोग हुन्छ ।”

शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण
जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते
बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’
आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै
गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

भर्खरै

  • १.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • ४.
    आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

  • ५.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • ६.
    हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

  • ७.
    भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

  • ८.
    रास्वपा सचिवालयको बैठक बस्दै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.