• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख ०७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

रास्वपा सचिवालयको बैठक बस्दै

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ७. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ८. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ९. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • १०. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

चितवन महोत्सवमा अन्याय गरिएको होटल व्यवसायीको गुनासो

चितवन । जारी चितवन महोत्सवमा सहभागी होटल व्यवसायीहरूले महोत्सवको सुरुदेखि नै आफूहरूलाई अन्यायपूर्ण व्यवस्थापन गरिएको गुनासो गरेका छन् । महोत्सवलाई अझ समृद्ध बनाउन र आगन्तुकहरूलाई स्तरीय सेवा प्रदान गर्ने उद्देश्यले व्यवसायीहरूले ठूलो लगानीसहित सहभागिता जनाए पनि महोत्सवको संरचनात्मक व्यवस्थापनले आफुहरुलाई गम्भीर आर्थिक र मानसिक मर्का परेको उनीहरुले बताएका छन्।

व्यवसायीहरूले होटल स्टलहरूलाई मुख्य गेट र चहलपहल हुने स्थानबाट निकै टाढा र असहज स्थानमा राखिएको भन्दै असन्तोष व्यक्त गरेका छन्। अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, र सामान्य आगन्तुकहरूका लागि समेत सहज पहुँच नभएको स्थानमा स्टल राखिएपछि आगन्तुकहरूको न्यून उपस्थिति रहेको उनीहरूको गुनासो छ। यस्तै, समान प्रकृतिका केही स्टलहरूलाई भीडभाड हुने स्थानमा राखिएकोले प्रतिस्पर्धामा असमानता आएको व्यवसायीहरूले बताएका छन्।

महत्वपूर्ण संरचनात्मक त्रुटिहरूका कारण होटल व्यवसायीहरूले विभिन्न समस्याहरूको सामना गर्नुपर्‍यो। महोत्सव क्षेत्रमा लैंगिकमैत्री शौचालयको अभाव, आकस्मिक स्वास्थ्य सेवाको पहुँचको कमी र सरसफाइमा ध्यान नदिइएको व्यवसायीहरूको आरोप छ। यस्ता समस्याहरूले आगन्तुकहरूको चहलपहल घटाउनुका साथै व्यवसायीहरूको आम्दानीमा नकारात्मक असर पुर्‍याएको उनीहरूको भनाइ छ।

व्यवसायीहरूले महोत्सवको दोस्रो दिनदेखि नै उद्योग वाणिज्य संघलाई पटकपटक समस्या जानकारी गराएका थिए। समाधानका लागि स्टल स्थानान्तरण गर्न तथा समान प्रकृतिका स्टलहरूलाई बराबरी स्थानमा राख्न अनुरोध गरे पनि आयोजकले बेवास्ता गरेको व्यवसायीहरूको आरोप छ। व्यवसायीहरूले आफ्नै खर्चमा समस्या समाधानको प्रस्तावसमेत गरेका थिए, तर आयोजकले त्यसलाई अस्वीकार गरी समस्या अझै जटिल बनाएको उनीहरूको भनाइ छ।

आफूहरूमाथि गरिएको अन्यायका कारण आक्रोशित होटल व्यवसायीहरूले आयोजकलाई महोत्सवको व्यवस्थापन सुधार्न आग्रह गरेका छन्। उनीहरूले होटल स्टल शुल्कमा पूर्ण मिनाहा गर्न, भविष्यमा व्यवसायीहरूको आवश्यकतालाई प्राथमिकता दिन, महोत्सव व्यवस्थापनमा पारदर्शिता र व्यावसायिकता अपनाउन, तथा आगन्तुकका लागि सहज पहुँच, लैंगिकमैत्री शौचालय, र आकस्मिक सेवा सुनिश्चित गर्न माग गरेका छन्।

चितवन महोत्सवलाई व्यवस्थित र सफल महोत्सवका रूपमा चिनाउने उद्देश्यले ठूलो लगानी गरेका व्यवसायीहरूले आयोजकको गैरजिम्मेवारीपूर्ण व्यवहारले आफूहरूलाई अपमानित बनाएको महसुस गरेका छन्। उनीहरूले सञ्चारमाध्यमलाई आफ्नो आवाज समाजसम्म पुर्‍याउन र व्यवसायीहरूको हकहितका लागि सहयोग गर्न आग्रह गरेका छन्।

बिहिबार, माघ १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण
जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते
बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’
आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै
गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

भर्खरै

  • १.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • ४.
    आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

  • ५.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • ६.
    हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

  • ७.
    भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

  • ८.
    रास्वपा सचिवालयको बैठक बस्दै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.