• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ ०७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

लोकप्रिय समाचार

  • १. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २. नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

सिड्नीमा नेपाली नर्स दीक्षाको शंकास्पद मृ!त्यु

एजेन्सी,पुस २४-  अस्ट्रेलियाको पश्चिमी सिड्नीको पररामट्टामा बस्दै आएकी ३९ वर्षीया नेपाली नर्स दीक्षा दाहालको मृत्युबारे स्थानीय प्रहरी अधिकारीले नयाँ तथ्य फेला पारेका छन् । ६ दिनअघि गत बिहीबार एउटा भवनको सातौं तलाबाट खसेर उनको निधन भएको थियो । घटना हुनुभन्दा दुई घण्टा अगाडि आपतकालीन नम्बर ००० मा दीक्षा दाहालको अपार्टमेन्टबाट एक फोन गएको थियो ।

फोनमा पृष्ठभूमिको आवाज मात्र आएको आपतकालीन सेवाका अधिकारीहरूले जनाएका छन् । फोनको जवाफ नपाएपछि अधिकारीले पुनः सोही नम्बरमा कल गरेका थिए । त्यसपछि उक्त फोन उनका श्रीमान् लबिन्द्र सुवेदीले उठाएका थिए । तर, त्यसको दुई घण्टापछि घटनास्थल नजिकै एक व्यक्तिले उक्त अपार्टमेन्टको बाल्कोनीमा एक महिलालाई देखे । उनी दाहाल नै थिइन् ।

तत्काल ती व्यक्तिले पुनः आपतकालीन सेवामा फोन गरेर कसैले आत्महत्या गर्न खोजेको बताए । लगत्तै प्रहरी घटनास्थलमा पुगे तर, उनले हाम्फालिसकेकी थिइन् । त्यसपछि दाहाललाई तुरुन्तै अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरे । प्रहरीले घटनाको दुई घण्टाअघि आपतकालीन सेवामा आएको फोनको पृष्ठभूमिको आवाजका आधारमा श्रीमान्(श्रीमतीबीच झगडा भएको हुनसक्ने अनुमान गरेका छन् ।

झगडा भएकै कारण दाहालले आत्महत्या गरेको हुनसक्ने कोणबाट प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनापछि दाहालका पति सुवेदीलाई प्रहरीले पक्राउ गरेर सोधपुछ गरेको थियो । तर, पछि उपस्थित हुने गरी उनी अहिले छुटिसकेका छन् । प्रहरीले यो घटनालाई जटिल अनुसन्धानको रूपमा व्याख्या गरेको छ । घटनापछि सुवेदीसँगै प्रहरीले अपार्टमेन्टका अन्य बासिन्दासँग पनि कुराकानी गरिरहेको छ ।

प्रहरीका अनुसार यसअघि पनि यी दुवैको झगडा हुने गर्दथ्यो । २० दिन पहिला पनि दुवैको झगडा मिलाउँदै प्रहरीले आइन्दा यसो नगर्न चेतावनी दिएको थियो ।

बुधबार, पुष २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.

  • ३.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ४.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ५.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ६.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ७.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ८.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.