• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, मङि्सर २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३. सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

नारायणी र राप्तीमा जलपक्षीको प्रजाति र सङ्ख्यामा कमी

नवलपुर, २३ पुस । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदी तथा यसको सिमसार क्षेत्रमा यसवर्ष जलपक्षीको प्रजाति र सङ्ख्यामा कमी आएको छ ।
सोमबारदेखि सुरु भएको जलपक्षी गणनाका क्रममा चरा गणनामा संलग्न निकुञ्जको मध्यक्षेत्र संयोजक एवम् चराविज्ञ मनेष लिम्बुले बिगतमा जस्तो यसवर्ष चराको प्रजाति र सङ्ख्या नभेटिएको बताउनुभयो । “अघिल्लो वर्ष जलपक्षी गणनाका क्रममा यस क्षेत्रमा ४७ प्रजातिका चराहरु भेटिएको थियो” उहाँले भन्नुभयो, “यसवर्ष भने ३८ प्रजातिको चरामात्रै भेटियो ।” जलपक्षी गणनाका क्रममा भेटिएका साना प्रजातिका चराहरुको सङ्ख्यासमेत थोरै पाइएको लिम्बुको भनाइ छ ।
बिगतमा यस क्षेत्रमा गणना गरिएको जुरे हुटिट्याउँ, चित्र दङ्गालगायतका जलपक्षीहरु यसपटकको गणनामा नभेटिएको उहाँले बताउनुभयो । “चखेवा र खोया हाँसको सङ्ख्या भने विगतमा जस्तै भेटिएको छ” उहाँले भन्नुभयो, “नारायणी नदी र राप्ती नदी तथा यसको सिमसार क्षेत्रमा जलपक्षीहरुको सङ्ख्याले हामीलाई निराश बनाएको छ ।” जलपक्षी कम भेटिनुको प्रमुख कारण नदीमा बढेको प्रदूषण भएको भन्दै उहाँले वातावरणीय प्रदूषणका कारणसमेत यसक्षेत्रमा जलपक्षी न्यून आएका हुनसक्ने बताउनुभयो ।
तर जलपक्षी गणनाको केही दिन अगाडि भने चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पहिलोपटक ‘कालो टाउके लेक चरी’ भेटिएको लिम्बुले बताउनुभयो । “यसअघि यो चरा हामीले निकुञ्ज क्षेत्रमा कहिल्यै भेटेका थिएनौँ” उहाँले भन्नुभयो, “दुई हप्ता अगाडि भेटिएको यो चरा चितवनका लागि नयाँ प्रजाति हो ।” अहिले उत्तरी ध्रुव, रुस, चीन, मङ्गोलियालगायतका अत्यधिक चिसो क्षेत्रबाट जाडो छल्न अनुकूल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा नेपालको विभिन्न ताल, तलैया, नदी र जङ्गलमा चराहरु आउने लिम्बुले बताउनुभयो ।
निकुञ्जको पश्चिमी क्षेत्र र नवलपुरका तालततैयामा भने पुस २७ गतेमात्रै जलपक्षी गणना गर्ने तयारी गरिएको यसक्षेत्रका संयोजक डिबी चौधरीले बताउनुभयो । विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा देशभरका ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपक्षीको सङ्ख्या, प्रजाति र वासस्थानको अवस्थाबारे जानकारी लिन नेपालमा यस वर्षको गणना पुस २० गतेबाट माघ ६ गतेसम्म सञ्चालन हुने चौधरीले बताउनुभयो । “चरा गणना स्वयम्सेवीरुपमा गरिने काम भएकाले सबैलाई पायक पर्ने समय मिलाएर आगामी शनिबार र आइतबार गणना गर्ने तयारी गरेका छौँ” उहाँले भन्नुभयो, “जलपक्षी गणनामा सहभागी हुने गणकहरु होटल व्यवसायी, नेचर गाइड हुने भएकाले अन्य ठाउँमाभन्दा केही दिन पछाडि गणना गर्न लागिएको हो ।”
यस क्षेत्रमा पाँच समूह बनाएर दुई दिनसम्म चरा गणना गरिने चौधरीको भनाइ छ । नारायणी नदीको पश्चिमी क्षेत्र, ताल, पोखरी तथा सिमसारमा गणना गरिने भन्दै चौधरीले जलपक्षी गणनाका क्रममा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने रैथाने र बसाइँसराई गर्ने चराहरूको तथ्याङ्क सङ्कलन गरिने बताउनुभयो । चराहरुको प्रारम्भिक तथ्याङ्क गणना सकिएलगत्तै गरिने भए प्नि विस्तृत प्रतिवेदन भने आगामी वैशाख १ देखि ७ गतेसम्म मनाइने वन्यजन्तु सप्ताहको अवसरमा सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

मङ्गलबार, पुष २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक
सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.

  • ४.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ५.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ६.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ७.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ८.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.