गैँडाकोट, २१ पुस । नवलपुरको गैँडाकोट नगरपालिका–१८ आहालेमा माघे संक्रान्ति पर्वको अवसर पारेर वडास्तरीय खुला भलिबल प्रतियोगिता हुने भएको छ । योङ स्टार युथ क्लबको आयोजना तथा गैँडाकोट नगरपालिका वडा नम्बर १८ को मुख्य प्रायोजनमा पुस २६ देखि माघ २ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।
उक्त प्रतियोगितामा खुला र भेट्रानतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष देवराज सुनारी मगरले जानकारी दिनुभयो । खुलातर्फ पहिलो पुरस्कार रु ४० हजार, दोस्रो पुरस्कार रु २५ हजार, तेस्रो पुरस्कार रु आठ हजार तथा सान्त्वना पुरस्कार रु आठ हजार रहेको मगरले बताउनुभयो । उहाँकाअनुसार खुलातर्फ टिम दर्ता शुलक रु दुई हजार पाँच सय रहेको छ ।
त्यसैगरी, भेट्रानतर्फ पहिलो पुरस्कार १५ किलोको बोका राखिएको सुनारी मगरले जानकारी दिनुभयो । उहाँकाअनुसार यस प्रतियोगितामा दोस्रो पुरस्कार दुई वटा भाले रहेको उहाँले बताउनुभयो । अध्यक्ष सुनारी मगरकाअनुसार भेट्रान टिम दर्ताका लागि रु एक हजार शुल्क तोकिएको छ ।