• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

सरकारी निजी साझेदारीमा रुग्ण उद्योग सञ्चालन गर्न माग

नवलपुर, १४ पुस । देशभरबाट नवलपुरको गैँडाकोटमा भेला भएका उद्योगी तथा व्यवसायीले देशभर बन्द अवस्थामा रहेका रुग्ण उद्योगहरु सञ्चालनमा ल्याउनुपर्ने माग गरेका छन् । यहाँ दुई दिनसम्म सञ्चालन भएको नेपाल उद्योग तथा व्यवसाय महासङ्घको राष्ट्रिय विस्तारित बैठकले राज्यको गलत नीतिका कारण उत्पादन बन्द भई रुग्ण भएका उद्योग सञ्चालन गर्न माग गरेको हो ।
पुस १२ र १३ गते सम्पन्न भेलाको आइतबार नौ बुँदे ‘नवलपुर चितवन घोषणापत्र’ सार्वजनिक गर्दै राष्ट्रिय भेला संयोजक डा तिलचन्द्र भट्टराईले यहाँको भृकुटीका कागज कारखानालगायत बन्द अवस्थाका सबै उद्योगलाई सरकार र निजी साझेदारीको अवधारणामा पूर्ण सञ्चालनमा ल्याउन सरकारसँग अनुरोध गर्नुभयो । व्यवसायीले राष्ट्रिय पुँजी निर्माण गर्न उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै कानुनसम्मत किसिमले व्यवसाय सञ्चालन गर्न चाहे पनि विरोधाभासपूर्ण ऐन कानुन र नियमावलीका कारण समस्या भएकाले राज्यले सहज किसिमले समस्या समाधान गरिदिन भट्टराईले आग्रह गर्नुभयो ।
राष्ट्रिय पुँजी निर्माण गरी समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना सार्थक बनाउन नेपालका आर्थिक समृद्धिका प्रमुख स्रोतहरु कृषि, पर्यटन, जलस्रोत, आइटी र खनिज क्षेत्रको विकास र न्यायोचित वितरण गर्नुपर्ने बताउनुभयो । नेपालको धार्मिक पर्यटनको सम्भावना बोकेको देवघाटधाम, नारायणी नदी, त्रिवेणीधामसँगै अयोध्यापुरी र राम जन्मभूमिलगायत क्षेत्रलाई समेटी राष्ट्रिय गौरवको आयोजना सञ्चालन गर्नुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । महत्वपूर्ण धार्मिक पर्यटकीय र ऐतिहासिक क्षेत्रमा कुनै पनि फोहोरजन्य पदार्थ बिसर्जन नगर्ने गरी यसको शुद्धता कायम गर्दै पर्यटकीय आर्थिक क्षेत्रको रुपमा विकास गर्न माग गरिएिको छ ।
त्यस्तै, कोरोला नाका सहित गण्डकी करिडोरलाई व्यवस्थित गर्न तीन तहकै सरकारसँग आग्रह गरिएको छ । नेपालको उत्तर दक्षिणमा रहेका दुई छिमेकी मुलुक भारत र चीन जोड्ने सबैभन्दा छोटो दूरीमा पर्ने केरुङ रसुवागढीहुँदै माडी ठोरीसम्मको द्रुुत मार्ग निर्माण गरी यो क्षेत्रलाई आन्तरिक र बाह्य व्यापारको प्रमुख व्यापारिक केन्द्र (ट्रेडिङ हब) बनाउन घोषणापत्रमार्फत अपिल गरिएको छ । दुई ठूला प्रमुख राजनीतिक दलहरु सहभागी भइ निर्माण भएको सरकारले छोटो समयमा नै आर्थिक क्षेत्रमा देखिएको अन्योल ग्रस्त अवस्थालाई सकारात्मक दिशातर्फ उन्मुख गराउने गरी आशाका किरणहरु प्रवाह गर्न थालेकोप्रति उद्योगी व्यवसायीहरुले खुसी व्यक्त गरेका छन् ।
अझै पनि लगानीको वातावरण निर्माण नभइसकेको भन्दै राष्ट्रिय भेलाले आर्थिक गतिविधिमा अवरोध ल्याउने विरोधाभासपूर्ण ऐन कानुन र नियमावली संशोधन गर्दै व्यवसायमैत्री कर प्रशासन ल्याउन माग गरेको छ । दुई दिनसम्म चलेको भेलाले उद्योगी व्यवसायीहरुका वर्तमानका चुनौतीहरुलाई सामना गर्दै अवसरको रुपमा विकास गर्नसक्ने चुस्त दुरुस्त सङ्गठन निर्माण गर्न विधान परिमार्जन गरिएको महासङ्घका संयोजक भागिरथ सापकोटाले बताउनुभयो । देशभरबाट करिब तीन सय ५० प्रतिनिधि सहभागी भएको भेलाको उद्घाटन नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गर्नुभएको थियो ।
भेलामा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकालले राज्यले अपेक्षा गरेको उद्योग व्यवसायीको भूमिका र संगठन सुदृढीकरणका विषयमा धारणा राख्नुभएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार तथा पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले तथ्याङ्कसहित वर्तमान आर्थिक अवस्था, अर्थनीति र मौद्रिक नीतिमा गरिएका सुधारका विषयहरु चर्चा गर्नु भएको थियो । भेलामा उपस्थित व्यवसायी प्रतिनिधि तथा संघसंस्थाका पदाधिकारीद्वारा मुलुकमा व्यवसायीले भोग्नु परेका समस्याहरुको बारेमा राखिएका जिज्ञासाहरु खतिवडाले सहजीकरण गर्दै ऐन, कानुन परिवर्तन गर्नुपर्ने विषयमा पहल कदमी लिने आश्वासन दिनुभएको थियो ।

आइतबार, पुष १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.

  • ३.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ४.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ६.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ७.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज अन्तरराष्ट्रिय योग दिवस

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.