• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

सिँचाइ पुगेपछि भेँडाबारीको गौचरनमा तोरीखेती

नवलपुर (नवलपरासी), १४ पुसः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ मा पर्ने भेँडाबारी फाँटमा सिँचाइ सुविधा पुगेपछि यहाँको पहिचान विस्तारै फेरिँदै गएको छ । केही वर्ष अगाडिसम्म हिउँदमा सुक्खा भएर गौचरनका रूपमा प्रयोगमा आउने उक्त फाँट अहिले तोरीले पहेँलपुर भएको हो ।

पहिलो स्थानीय तहको निर्वाचन २०७४ बाट निर्वाचित भएर आउनुभएका जनप्रतिनिधिको प्रयासले विस्तारै यस ठाउँमा परिवर्तन देखिन थालेको स्थानीय बताउँछन् । गैँडाकोट नगरपालिकाले यहाँको जमिनलाई सिँचाइ सुविधा पु¥याउन बोरिङ गाड्ने र सिँचाइको कुलो बनाउने काम गरेसँगै परिवर्तन आएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट चैतेधानको पकेट क्षेत्रका रूपमा परेको यो ठाउँ धानजोनमा परिणत हुन लागेको गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले जानकारी दिनुभयो । यहाँ बोरिङ र सिँचाइको व्यवस्था गर्दै दुईखेती धान फल्ने वतावरण सिर्जना गरिएको उहाँले बताउनुभयो ।

“धानसँगै तोरी पनि उत्पादन गर्नका लागि तोरी पकेट क्षेत्र बनाउन हामीले यो वर्ष तोरीमा लगानी गरेका छौँ”, नगरप्रमुख अधिकारीले भन्नुभयो, “कृषकहरूलाई करिब चार सय बिघामा तोरीखेती गर्न ५० प्रतिशत अनुदानमा बीउ वितरण गरेका छौँ ।” नगरपालिकाले यहाँको खेतबारीमा सिँचाइ सुविधासँगै बीउमा अनुदान दिँदा पूरै फाँटमा तोरी फुलेर पहेँलै भएको उहाँले बताउनुभयो ।

भेँडाबारीमा चैतेधानसँगै बर्खेधान पनि लहलह झुल्दै आएको अधिकारीले बताउनुभयो । पालिकाले निरन्तर रूपमा सिँचाइको व्यवस्था गरेको भन्दै पालिकाले सहयोग गरेकाले किसान पनि उत्साहित भएर धान, तोरी, विभिन्न जातका तरकारी र सागसब्जी खेती गरिरहेका उहाँले उल्लेख गर्नुभयो ।

भेँडाबारीको केही क्षेत्रमा अझै सिँचाइ नपुगेको भन्दै यस वर्षको बजेटले भत्किएको बाँध मर्मत तथा थप बोरिङ निर्माणको व्यवस्था गरिएको नगरप्रमुख अधिकारीले बताउनुभयो । “हामीले क्रमशः अन्य वडामा खेती विस्तार गर्दै ठूला बोरिङहरू निर्माण गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “नमुनाका लागि वडा नं ११ मा उन्नत जातको तोरीको बीउ वितरण गरिएको छ । उत्पादन राम्रो भएमा तोरीखेतीलाई अझै विस्तार गरेर लैजाने योजनामा छौँ ।”

तोरीको उत्पादनअनुसार पालिकाले बजारीकरणमा सघाउने नगरप्रमुख अधिकारीले बताउनुभयो । यहाँ उत्पादन हुने खाद्यान्न सामग्री बिक्री वितरणका लागि समस्या नभएको भन्दै पालिकाभित्रै ठूला मिलहरूसँग समन्वय गरिने उहाँले उल्लेख गर्नुभयो ।

गैँडाकोट–११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदीले यसअघिका वर्षमा भँेडाबारीमा तोरीखेती थोरैमात्रामा हुने गरेकामा पछिल्लो समय सिँचाइ सुविधा पुगेपछि खेती विस्तार हुँदै गएको बताउनुभयो । “केही किसानले लगाउने सबै तेरीखेतीमा लाईकीरा लागेर उत्पादन नहुने अवस्था थियो”, उहाँले भन्नुभयो, “भेँडाबारी फाँटमा हिउँदको समयमा पानी हुँदैनथ्यो । अहिले सिँचाइ पुगेपछि हिउँदमा पनि फाँट हराभरा भएको छ ।”

स्थानीय तह निर्वाचन २०७४ पछि यस ठाउँलाई परिवर्तन गर्नुपर्छ भन्ने सोचका साथ वडा र स्थानीय कृषक समूहको संयुक्त प्रयासमा हरेक वर्ष कुलो पक्की बनाउने र थप्ने, कुलोको छेउमा बाटो, बत्ती र पानी पुर्‍याउने योजनामा पालिकासँग समन्वय गरी अघि बढिएको वडाध्यक्ष सुवेदीले बताउनुभयो ।

गैँडाकोट–११ की कृषक चन्द्रकला महतोले दुई सय ५० किसानले चार सय बिघा क्षेत्रफलमा तोरीखेती गरेका बताउनुभयो । पहिला स्थानीय प्रजातिको तोरीखेती गरिने गरिएकामा नगरपालिकाको ५० प्रतिशत अनुदानमा ‘मोरङ–२’ र ‘उन्नत’ जातका बीउ दिएपछि त्यसकै खेती गरिएको उहाँको भनाइ छ ।

केही वर्षदेखि यहाँ तीनखेती अन्न उब्जनी हुने गरेको उल्लेख गर्दै महतोले किसानलाई फाइदा हुँदा खेती गर्ने क्षेत्रफल र किसानको सङ्ख्या बढ्दै गएको बताउनुभयो । तोरीको उत्पादन राम्रो भएकाले व्यावसायिक तोरीखेतीतर्फ आफूहरू आकर्षित भएको उहाँको भनाइ छ ।

उत्पादन भएको अन्नबालीको बजारीकरणमा नगरपालिका र वडा कार्यालयले समन्वय गरिरहेकाले समस्या नभएको भन्दै कृषक समूहले बिक्रीको प्रबन्ध गरिदिने महतोले बताउनुभयो । बालीमा दिइने अनुदानका कार्यक्रमले किसानलाई खेतीतर्फ प्रोत्साहन गरिरहेको उहाँले अनुदान कार्यक्रमलाई बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

यसवर्ष गैँडाकोट नगरपालिकाको भेँडाबारी ब्लकमा चार सय बिघासँगै पालिकाभित्र करिब दुई हजार बिघा क्षेत्रफलमा तोरीखेती गरिएको छ । पालिकाले यस वर्ष चार सय बिघा क्षेत्रफलमा तोरीको बिउमा अनुदान दिएको छ । गैँडाकोट–११ लाई केन्द्रमा राखेर १२, १४ र १५ लाई पनि समेट्दै खेती विस्तार गर्ने तयारी गरिएको पालिका कार्यालयले जनाएको छ । रासस

आइतबार, पुष १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.

  • ७.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ८.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.