• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, जेठ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक

  • ८. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • १०. हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

तोरी उत्पादनमा पहिचान फेर्दै भेडाबारी फाँट


गैँडाकोट, १२ पुस । नवलपुरको गैँडाकोट–११ मा पर्ने भेडाबारी फाँटले विस्तारै आफ्नो पहिचान फेर्दै गएको छ । केही वर्ष अगाडिसम्म हिउँदमा सुख्खा भएर गौचरनको रुपमा रहने यस फाँट अहिले तोरीले पहेँलपुर भएको छ ।

पहिलो स्थानीय तहको निर्वाचन २०७४ पछाडि आएका जनप्रतिनिधिको प्रयासले विस्तारै यस ठाउँमा परिवर्तन देखिन थालेको हो । गैँडाकोट नगरपालिकाले यहाँको जमिनलाई सिँचाइ गर्नका लागि बोरिङ गाड्ने तथा सिँचाइको कुला बनाउने काम गरिरहेको छ । चैतेधानको पकेट क्षेत्र रहेको यस ठाउँ जोनमा परिणत हुन लागेको छ ।

गैँडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइरालाले यहाँ बोरिङ र सिँचाइको व्यवस्था गर्दै दुईखेती धान फल्ने वतावरण सिर्जना गरिएको बताउनुभयो । ‘धानसँगै तोरी पनि उत्पादन गर्नका लागि तोरी पकेट क्षेत्र बनाउन हामीले यो वर्ष तोरीमा लगानी गरेका छौँ’ उहाँले भन्नुभयो, ‘कृषकहरुलाई करिब चार सय बिघामा तोरीखेती गर्नका लागि ५० प्रतिशत अनुदानमा तोरीको बिउ वितरण गरेका छौँ ।’ नगरपालिकाले यहाँको खेतबारीमा सिँचाइ सुविधासँगै बिउमा अनुदान दिँदा पूरै फाँटमा तोरी फुलेर पहेँलै भएको उहाँले बताउनुभयो ।

भेडाबारीमा चैतेधानसँगै बर्खेधान पनि लहलह झल्दै आएको कोइरालाले बताउनुभयो । पालिकाले निरन्तररुपमा सिँचाइको व्यवस्था गरेको भन्दै उहाँले नगरपालिकाले सहयोग गरेका कारण किसानहरु पनि उत्साही भएर उनीहरुले पनि सक्दो प्रयास गर्दै उत्पादनमा जोड दिइ रहेका बताउनुभयो । भेडाबारीको केही क्षेत्रमा अझै सिँचाइ नपुगेका कारण यस वर्षको बजेटले फत्किएको बाँध मर्मत तथा थप बोरिङ निर्माण गर्नका लागि व्यवस्था गरेको उपप्रमुख कोइरालाले बताउनुभयो ।

‘हामीले क्रमशः अन्य वडामा खेती विस्तार गर्दै ठूला बोरिङहरु निर्माण गर्ने योजना बनाएका छौँ’ उहाँले भन्नुभयो, ‘नमूनाको लागि ११ मा उन्नत जातको तोरीको बिउ वितरण गरिएको । उत्पादन राम्रो भएमा तोरी खेतीलाई अझै विस्तार गरेर लैजाने योजनामा हामी छौँ ।’ तोरीको उत्पादनअनुसार पालिकाले बजारीकरणमा समेत सघाउने उहाँले बताउनुभयो ।

गैँडाकोट–११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदीले यसअघिका वर्षमा भेडाबारीमा तोरी खेती कमै हुने गरेको बताउनुभयो । ‘सबै खेतीमा लाई कीरा लागेर उत्पादन नहुने अवस्था थियो’ उहाँले भन्नुभयो, ‘भेडाबारी फाँटमा चैतपछि पानी नै नहुने समस्या थियो । अहिले सिँचाइ पुगेका कारण हिउँदमा पनि फाँट हराभरा भएको छ ।’

स्थानीय तह निर्वाचन २०७४ पछि यस ठाउँलाई परिवर्तन गर्नुपर्छ भन्ने सोचका साथ वडा र स्थानीय कृषक समूहको संयुक्त प्रयासमा हरेक वर्ष कुलो पक्की कुलो थप गर्दै कुलाको छेउमा बाटो, बत्ती र पानी पु¥याउने योजनामा अगाडि बढेको वडाध्यक्ष सुवेदीले बताउनुभयो । राजमार्गबाट उत्तरतर्फ २८ वटा बोरिङ र दक्षिणतर्फ ८ वटा बोरिङ चालु अवस्थामा रहेका भन्दै उहाँले तोरी छर्ने क्षेत्रफल र उत्पादनसमेत बढ्दै गएको बताउनुभयो ।

मुकुन्दसेन कृषक समूहका अध्यक्ष निर्मल न्यौपानेले भेडाबारी फाँटको अहिले चार सय बिघा क्षेत्रफलमा अहिले मोरङ–२ र उन्नती जातको तोरीको बिउ लगाइएको बताउनुभयो । ‘अहिले यहाँको फाँटमा तोरी हेर्दा राम्रो देखिएको छ’ उहाँले भन्नुभयो, ‘पहिले लगाउने स्थानीय जात र अहिलेको उन्नत बिउमा धेरै फरक छ, जसको कारण किसानहरु निकै उत्साहित भएका छन् ।’ गत वर्षबाट उन्नत बिउ ल्याएर किसानहरुलाई वितरण गरिएको न्यौपानेले बताउनुभयो ।

तोरीको उत्पादन राम्रो भएका कारण व्यावसायिक तोरीखेतीतर्फ आफूहरु आकर्षित भएको उहाँको भनाइ छ । गत वर्ष एक बिघा क्षेत्रफलमा ११ क्विन्टल तोरी उत्पादन भएको उहाँले बताउनुभयो । गाईभैँसीको मल हाल्दा राम्रो उत्पादन हुने भएकाले उत्पादन लागत कम पर्ने र लागतअनुसारको उत्पादन किसानहरुले पाएको न्यौपानेको भनाइ छ ।

गैँडाकोट नगरपालिका कृषि शाखा प्रमुख राजुप्रसाद शर्माले यसवर्ष गैँडाकोट नगरपालिकाको करिब दुई हजार बिघा क्षेत्रफलमा तोरीखेती लगाइएको बताउनुभयो । भेडाबारीको एउटै ब्लकमा चार सय बिघा र अन्यत्र थोरै थोरै क्षेत्रफलमा तोरीखेती गरिएको शर्माको भनाइ छ । पालिकाले यसवर्ष चार सय बिघा क्षेत्रफलमा मात्रै अनुदान दिएको भन्दै शर्माले आगामी वर्षमा तोरीको अनुदान दिइने क्षेत्रफल बढाउँदै लैजाने बताउनुभयो ।

‘पाँच वर्ष अगाडिसम्म हिउँदको समयमा सिँचाइ नहुँदा सुख्खा जमिन गौचरनको रुपमा थियो’ उहाँले भन्नुभयो, ‘विशेष गरी धानपकेट भनेर १५ बिघामा चैते धान रोप्ने योजना बनाएर अगाडि बढ्दा उत्पादन राम्रो र किसानहरुको आकर्षण बढ्दै जाँदा १०० बिघा पु¥याइएको र अहिले चार सय बिघामा चैतेधान उत्पादन हुँदै आएको छ ।’ यसवर्ष चैतेधान रोपेका किसानहरुलाई तोरीको बिउ अनुदान दिने, सिँचाइ उपलब्ध गराउने योजनाअनुसार तोरीको बिउ वितरण गरिएको शर्माले बताउनुभयो ।

भेडाबारीको वरिपरी छ सय बिघामा चैतेधान क्षेत्र बढाउने योजनाअनुसार पालिकाको वडा नम्बर १२, १४, १५ पनि समावेश गरिएको उहाँले बताउनुभयो । विस्तारै अन्य क्षेत्रमा पनि चैतेधान बढाउँदै लैजाने भन्दै उहाँले चैतेधान बढ्नु भनेको सिँचाइको सुविधा बढ्नु भएकाले चैतेधान लगाइने क्षेत्रमा हिउँदमा तोरीको बिउ वितरण गरिने बताउनुभयो । यहाँ उत्पादन भएको तोरीले स्थानीयको माग पूरा गरेर जिल्ला बाहिरसमेत बिक्री वितरण हुने गरेको बताउनुभयो ।

शुक्रबार, पुष १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार
पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै
सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि
अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ३.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ५.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ६.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.