• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, मङि्सर २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३. सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

गैँडाकोटको नेराश माविले स्वर्ण महोत्सव मनाउँदै

नवलपुर, २९ मंसिर । नवलपुरको गैँडाकोट–१ मा रहेको नेपाल राष्ट्रिय शमसेर आदर्श माध्यमिक विद्यालय ५०औँ वर्षमा पुगेको छ ।
वि.सं. २०३२ सालमा स्व. शमसेर बहादुर अधिकारीको स्मृतिमा स्थापना भएको विद्यालयले स्वर्ण महोत्सवका अवसरमा विद्यार्थी, अभिभावक र समुदायस्तरका विभिन्न कार्यक्रमको आयोजना गरेको छ । शनिबार विद्यालयले पत्रकार सम्मेलन गरी स्वर्णमहोत्सव २०८१ को घोषणा सभा, मूल समारोह समिति भेला गरेको छ । पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक इन्द्रराज भट्टराईले स्वर्ण महोत्सवका अवसरमा मंसिर २८ गते अभिभावक भेला तथा निःशुल्क स्वास्थ्य शिविर गरेको बताउनुभयो ।
स्वर्ण महोत्सवको अवसरमा विद्यालयले ३० गते पूर्वशिक्षक, कर्मचारी पुनर्मिलन कार्यक्रम, पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रम, पुस ५ गते नगरस्तरीय अन्तरमावि हाजिरी जवाफ प्रतियोगिता, प्रतिभा प्रस्तुती, पुस ७ र ८ गते अन्तर सदनात्मक खेलकुद र वक्तृत्व कला प्रतियोगिताको आयोजना गरेको उहाँले बताउनुभयो । त्यस्तै पुस ९ गते निबन्ध लेखन प्रतियोगिता, नृत्य प्रतियोगिता, टग अफ वार, खुला म्युजिकल चियर, ट्यालेण्ट शो, साइनिङ स्टार नेराश लगायतका कार्यक्रम हुने उहाँको भनाइ छ ।
पुस १० गते महिला समूह हाजिरी जवाफ प्रतियोगिता, टोल विकास संस्थाको मैत्रीपूर्ण खेल, ११ गते फुटसल प्रतियोगिता, छात्रछात्रा भलिबल, १२ गते रक्तदान कार्यक्रम, अभिभावक मैत्रीपूर्ण खेल, १३ गते जेष्ठ नागरिक सम्मान, विद्यार्थीलाई अक्षयकोष छात्रवृत्ति वितरण, पुरस्कार वितरण कार्यक्रम रहेको छ । पुस १६ गते विद्यालयले स्वर्ण महोत्सव समारोहको भव्य कार्यक्रम आयोजना गर्नेछ । यस दिन शोभायात्रा, स्वर्ण महोत्सव अनावरण, स्वर्ण प्रवेशद्वार समुद्घाटन, ८ कोठे भवन समुद्घाटन, सांस्कृतिक कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
विद्यालयमा १४ जना फरक क्षमता भएका बालबालिकाहरु अध्ययनरत छन् । स्वर्ण महोत्सवको घोषणा सभा कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले विसं २०१५ सालमा तनहुँमा स्वीकृति पाएको विद्यालयले २०३२ सालमा अहिले रहेको स्थानमा सुरुआत भएको बताउनुभयो । नगरप्रमुख अधिकारीले हजुरबुवाको स्मृतिमा स्थापना भएको यस विद्यालयमा आफ्नो परिवारका तर्फबाट सक्दो सहयोग हुँदै आएको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने बताउनुभएको छ ।
विद्यालयमा स्व. सोहनभक्त अधिकारीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । परिवारका तर्फबाट स्व. अधिकारीका दाजु गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारी, श्रीमती प्रेमकुमारी अधिकारी सहित परिवारका सदस्यले पाँच लाख रुपैयाँको चेक अक्षयकोषका लागि हस्तान्तरण गर्नुभयो ।

शनिबार, मङि्सर २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक
सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.

  • ४.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ५.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ६.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ७.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ८.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.