गैँडाकोट, १२ मंसिर । नवलपुरको गैँडाकोटमा जारी दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सव २०८१ मा आज बुधबार चर्चित गायक शिव परियारको प्रस्तुती रहने भएको छ ।
महोत्सवको सांस्कृतिक कार्यक्रम सहसंयोजक किशोर लम्सालकाअनुसार आज साँझ परियारले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् । महोत्सवमा परियारसँगै राजन गुरुङ, विना धमाल, बन्दना पाण्डे, अस्मिता पौडेललगायतका कलाकारहरुको प्रस्तुती रहने लम्सालले जानकारी दिनुभयो । कात्तिक २६ देखि सञ्चालन भएको महोत्सव मंसिर १६ गतेसम्म सञ्चालन हुँदैछ ।
महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले जानकारी दिनुभयो । नवलपुरलाई गण्डकी प्रदेशसँग जोड्नका लागि महोत्सवले ठूलो भूमिका खेल्ने भन्दै उहाँले नवलपुरको धार्मिक र पर्यटकीय सम्भावनाको खोजी र प्रवद्र्धन गर्न महोत्सव महत्वपूर्ण बताउनुभयो ।
गण्डकी प्रदेश महोत्सवमा आज शिव परियारको प्रस्तुती रहने
गण्डकी प्रदेश महोत्सवमा आज शिव परियारको प्रस्तुती रहने

तपाईको प्रतिक्रिया