• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, फागुन २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

लोकप्रिय समाचार

व्यवसायीको लगानी सुरक्षाका लागि प्रदेश सरकार तयार छ : मुख्यमन्त्री पाण्डे

नवलपुर, २६ कात्तिक । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले व्यवसायीको लगानी सुरक्षाका लागि प्रदेश सरकार सधैँ तयार रहेको बताउनुभएको छ । व्यवसायीले गरेको लगानीमा कुनै सुरक्षाको खतरा भएमा आफूलाई भन्न आग्रह गर्दै मुख्यमन्त्री पाण्डेले सरकारले लगानी सुरक्षाको ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाउनुभयो ।
आजदेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदी किनारमा सुरु भएको ‘दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१’ को समुद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले लगानीमैत्री कानुन निर्माण गर्न आफूहरु सधैँ तयार रहेको बताउनुभयो । “तपाईँहरुको लगानीमा यदी कुनै सुरक्षाको झण्झट र सुरक्षा खतरा छ भने त्यो मलाई भन्नुस् । यो उद्योग वा यो लगानी गरेको ठाउँमा हामीलाई अप्ठ्यारो भयो, सुरक्षा खतरा भयो, लगानी असुरक्षा भयो भन्ने लाग्छ भने त्यसको पनि बुँदागत रुपमा भन्नुस्” उहाँले भन्नुभयो, “त्यहाँ सरकारले तपाईँहरुको त्यो लगानी, उद्योगको, व्यापारको सुरक्षा दिने ग्यारेन्टी हामी गर्छौँ ।”

निजी क्षेत्रले गर्ने हरेक क्रियाकलापमा प्रदेश सरकार सधैँ सकारात्मक र सहयोगी भूमिकामा रहेको उहाँले बताउनुभयो । गण्डकी प्रदेशमा लगानी गर्न चाहने स्वदेशी वा विदेशी उद्योगी व्यवसायीहरुले यहाँ लगानी गर्न खोज्दा गण्डकी प्रदेश सरकारको ऐनकानुन बाधक छन् भने ती सबै संशोधन गर्न आफू तयार रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । “व्यापारमैत्री, लगानीमैत्री, निजी क्षेत्रलाई आकर्षित गर्नका लागि प्रदेश सरकारले बनाउनुपर्ने कानुन कस्तो हुनुपर्छ सुझाव दिनुस्” उहाँले भन्नुभयो, “त्यो म बनाउन तयार छु । हामी त्यसलाई परिमार्जन गर्न पनि तयार छौँ ।”
गाउँघरको पैसा उठाएर जिल्ला बाहिर पठाउन महोत्सव हुने गरेको भन्दै उहाँले महोत्सवहरुले उत्पादनको बजारीकरण गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेशको आर्थिक गतिविधि चलायमान बनाउन त्रिवेणी कोरला नाका सञ्चालन गर्नुपर्ने र त्यसका लागि पूर्वाधार निर्माण गर्न सङ्घीय सरकारसँग पहल भइरहेको उहाँले बताउनुभयो । भारत र चीनसँग व्यापार गर्ने सबैभन्दा छोटो नाकाको रुपमा त्रिवेणी कोरला नाका भएको भन्दै पूर्वाधार निर्माण र सडक स्तरोन्तीको काम भइरहेको उहाँले बताउनुभयो ।
महोत्सव उद्घाटनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्का अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । व्यवसायमैत्री कानुन बनाउनका लागि नीति निर्माणमा निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्ने ढकालको भनाइ छ । नवलपुरको धौवादी फलाम खानीका लागि प्रत्येक वर्ष बजेट परेपनि योजना अघि बढ्न नसकेको भन्दै उहाँले निजी क्षेत्रसँग सहकार्य गरेर यस्तो आयोजनाहरुको काम अगाडि बढाउनुपर्नेमा सुझाव दिनुभयो ।
कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले मेलाले स्थानीय उत्पादनलाई प्रवद्धर्न गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । मङ्सिर १० गतेसम्म सञ्चालन हुने महोत्सवमा तीन सय वटा स्टलहरु रहेका नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताउनुभयो । महोत्सवमा ५० वटा स्टलहरु कृषि तथा स्थानीय उत्पादन प्रवद्र्धनका लागि निःशुल्करुपमा उपलब्ध गराइएको भन्दै उहाँले महोत्सवमा एक करोड बढीको कारोबार हुने अपेक्षा गरिएको बताउनुभयो ।
महोत्सव सुरु हुनुअगाडि गैँडाकोट नगरपालिकाबाट झाँकीसहितको शोभायात्रा निकालिएको थियो । शोभायात्रामा विभिन्न सङ्घसंस्था तथा जातीय समूहबाट सांस्कृतिक झाँकीहरु प्रस्तुतत गरिएको थियो । महोत्सव उद्घाटनका क्रममा निकालिएको झाँकीमा उत्कृष्ट हुने समूहलाई महोत्सव समापनका दिन नगद पुरस्कारसहित सम्मान गरिने छ ।

सोमबार, कार्तिक २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’
लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

लोकप्रिय

भर्खरै

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

  • २.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ३.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ५.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ६.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ७.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ८.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.