• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ १०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ३. नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

टीकापुरलाई ‘जिरो स्नेक किलिङ’ नगर बनाउन लागिपरेका लक्ष्मण

घोडाघोडी (कैलाली), २३ कात्तिक : जिल्लाको टीकापुरमा सर्प देख्नेबित्तिकै सम्झने एउटा नाम हो– लक्ष्मण उपाध्याय । स्थानीयहरू सर्प देख्नेबित्तिकै लक्ष्मणलाई बोलाउने गर्छन् । टीकापुरका लक्ष्मण जुनसुकै बेला पनि जिल्लाका विभिन्न स्थानमा सर्प उद्धार गर्न पुग्नुहुन्छ । कैलालीमा मात्र नभई सुर्खेत, सल्यान, कोहलपुर, बर्दियालगायत स्थानसम्म सर्प उद्धार गर्न पुग्ने गरेको उहाँले बताउनुभयो ।

दसैँ र तिहारमा पनि उहाँलाई सर्प उद्धार गर्न भ्याइनभ्याई थियो । सबै जना तिहारको टीका लगाइरहँदा उहाँ भने सर्प उद्धार गर्न व्यस्त हुनुहुन्थ्यो । भाइटीका लगाउँदै थिएँ, टीकापुर–५ मनिकापुरमा सर्प उद्धारका लागि खबर आयो, हतारहतार टीका लगाएर गएँ । राम्रोसँग भाइटीका लगाउन नपाउनुभएका उहाँले त्यो दिन विषालु गोमन सर्प र धामन सर्पको उद्धार गर्नुभयो ।

दसँैको समयमा पनि उहाँले ३० भन्दा बढी सर्पको उद्धार गर्नुभयो । यो समयमा सर्पको बिगबिगी हुने गरेका कारण चाडपर्वमा समेत फुर्सद नभएको उहाँले बताउनुभयो । उपाध्यायले सर्प उद्धार गर्दै आएको चार वर्ष पुगिसकेको छ । हालसम्म दुई हजार दुई सय ३६ वटा सर्पको उद्धार गरेको उहाँले बताउनुभयो । गोमन, करेत, ब्यान्डेट करेतदेखि लिएर धामन, पानी सर्प र अजिङ्गरलगायतको उद्धार गरेको उहाँले बताउनुभयो । उद्धार गरिएको धेरैजसो विषालु सर्प छन् ।

विसं २०७७ जेठतिर पहिलोपटक सर्प नचिनेर उद्धार गरेको सम्झँदै उहाँ भन्नुहुन्छ, “साथीहरूले मजाक गरेर सर्प उद्धार गर्ने नयाँ मान्छे भेटियो भनेर सामाजिक सञ्जालमा हाले । सबैले त्यसमा राम्रो कमेन्ट गर्नुभयो, त्यो मेरो प्रेरणा बन्यो । दोस्रोपटक घरमा करेतको उद्धार गरेँ, त्यो सर्प पनि नचिनेरै उद्धार गरेको थिएँ । दुई वर्ष अगाडि पनि पूर्ण रूपमा सर्प चिन्दैनथेँ, उत्प्रेरणा नै सबैभन्दा ठूलो कुरा रहेछ, अहिले यहाँसम्म आएँ ।”

लक्ष्मणले यो कार्य स्वेच्छाले गर्दै आउनुभएको छ । उहाँको एउटै उद्देश्य छ– टीकापुरलाई ‘जिरो स्न्याक किलिङ’ नगर बनाउने । उहाँ भन्नुहुन्छ, “मैले काम सुरु गर्दा सडकमा सर्प मारेर फालेको भेटिन्थ्यो अहिले त्यो हटेको छ ।” टीकापुरलाई ‘जिरो स्न्याक किलिङ’ नगर बनाउने उद्देश्यअनुरुप सर्पको उद्धारसँगै सर्पको महत्त्व, संरक्षणबारे समुदायस्तरमा चेतना फैलाउँदै आउनुभएको छ ।

कसैको पनि कुनै सहयोगबिना आफूले यो काम गरिरहेको बताउँदै उहाँले भन्नुभयो, “कसैको सहयोगले मात्र काम गर्नुपर्छ भन्ने हँुदैन, आफ्नो इच्छाले गरिरहेको छु । मैले गरेको कार्यले सर्पको पनि उद्धार भइरहेको छ र मान्छेमा सर्प मार्नु हँुदैन भन्ने चेतना पनि फैलिरहेको छ, यसैमा म सन्तुष्ट छु ।”

विभिन्न सरकारी तथा निजी विद्यालय, क्याम्पसमा पुगेर सर्प उद्धार, सर्पदंश र सर्प संरक्षणबारे कक्षा पनि सञ्चालन गरिसकेको उपाध्यायको भनाइ छ । कक्षामा बसेका कतिपय सर्प उद्धार गर्न सक्ने भइसकेको बताउँदै उहाँ भन्नुहुन्छ, “मजस्तै सर्प उद्धार गर्ने र चेतना फैलाउने अरु पनि बनाउन चाहन्छु ।”

उहाँले गरेको कार्यले समुदायमा परिवर्तन हुँदै गएको छ । उहाँले भन्नुभयो, “पहिले सर्प देख्नेबित्तिकै मार्ने गरिन्थ्यो तर अहिले उद्धारका लागि बोलाउँछन् । विभिन्न कार्यमार्फत सर्प उद्धारसँगै चेतना फैलाउन थालेपछि ९० प्रतिशत सर्प मार्ने क्रम घटेको छ ।”

जीवशास्त्रमा स्नातकोत्तर उत्तीर्ण उपाध्याय पेसाले शिक्षक हुनुहुन्छ । उहाँले टीकापुरमा रहेको टीकापुर पोलिटेक्निक कलेज, सामान्य चिकित्सा कलेजमा अध्यापन र रेडियन्ट मन्टेश्वरी इङ्लिस स्कुलमा अध्यापन गराउँदै आउनुभएको छ । पेसाले शिक्षक भए पनि उहाँलाई धेरैले उद्धारकर्ताको रूपमा चिन्ने गरेका छन् ।

शुक्रबार, कार्तिक २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

लोकप्रिय

  • १.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ३.

  • ४.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ५.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ६.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ७.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ८.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.