• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

सिद्धि विनायक साकोसको वार्षिक साधारणसभा सम्पन्न

चितवन, ७ कात्तिक । चितवनको भरतपुर–२ क्षेत्रपुरमा रहेको सिद्धि विनायक साकोस (बचत तथा ऋण सहकारी संस्था लिमिटेड)को १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साकोसले बुधबार भरतपुरमा आफ्नो वार्षिकसाधारणसभा सम्पन्न गरेको हो ।

कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका कार्यकारी सदस्य तेजेन्द्रबहादुर खड्काले सहकारी विधि, प्रविधि र पद्धतीमा सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । नियममा सञ्चालन भएका सहकारी संस्थाहरु सफल भएका भन्दै सहकारीको आम्दानी, खर्च तथा लगानी पारदर्शी हुनुपर्नेमा खड्काले जोड दिनुभयो । सहकारीले ऋण लगानी गरेर व्याज मात्रै खानुभन्दा पनि उद्यमशील प्रवद्र्धन गर्नेगरी योजनाहरु ल्याउनुपर्नेमा खड्काले जोड दिनुभयो ।

साधारणसभाका क्रममा सिद्धि विनायक साकोसका अध्यक्ष थीरप्रसाद धितालले संस्थाको विगतदेखि वर्तमानसम्मका अवस्थाबारे जानकारी गराउनुभएको थियो । धितालकाअनुसार १७ वर्ष अगाडि ४१ जना शेयर सदस्य मिलेर सञ्चालन गरेको साकोसमा हाल एक हजार नौ सय शेयर सदस्य रहेका छन् । हाल संस्थाको शेयर रकम तीन करोड छ लाख ९२ हजार आठ सय पुगेको भन्दै अध्यक्ष धितालले २४ करोड ४६ लाख १२ हजार २३ रुपैयाँ बचत सङ्कलन भएको जानकारी दिनुभयो ।
संस्थाले २१ करोड ३४ लाख ८४ हजार पाँच सय ११ रुपैयाँ ऋण लगानी गरेको भन्दै अध्यक्ष धितालले एक करोड १६ लाख ५९ हजार सात सय ६८ रुपैयाँ बराबरको ऋण जोखिम कोष रहेको बताउनुभयो । संस्थाले जगेडा कोषमा दुई करोड १० लाख चार हजार चार सय ५९ रुपैयाँ राखेको उल्लेख गर्दै उहाँले आर्थिक वर्ष २०८१ मा संस्थाको करयोग्य आय एक करोड १३ लाख ७० हजार एक सय ८१ रुपैयाँ रहेको बताउनुभयो । स्थापनाको १७ वर्षमा संस्थाको कुल सम्पत्ति ३२ करोड ७१ लाख ७६ हजार आठ सय ८८ रुपैयाँ पुगेको धितालले बताउनुभयो ।
उक्त साधारणसभामा उत्कृष्ट बालबचत, उत्कष्ट खुत्रुके बचत, सहकारीको सदस्य वृद्धि अभियानमा उल्लेख्य योगदान पु¥याउने शेयर सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोबारी सदस्य, विश्वविद्यालयको विभिन्न तहमा उत्तीर्ण भएका शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । संस्थाका सचिव जयराम पाण्डेले सञ्चालन गर्नुभएको साधारणसभाको उद्घाटन सत्रमा अध्यक्ष थीरप्रसाद धितालले अध्यक्षता ग्रहण गर्नुभएको थियो । बन्दसत्रका क्रममा सचिव जयराम पाण्डेले सचिवको प्रतिवेदन, कोषाध्यक्ष रामप्रसाद घिमिरेले आर्थिक प्रतिवेदन एवम् लेखा तथा सुपरीवेक्षण समितिका संयोजक विनोद पौडेलले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा चितवन जिल्ला सहकारी संघ लिमिटेडका वरिष्ठ उपाध्यक्ष प्रेम दवाडी, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका सञ्चालक नारायण कँडेल, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवि सुवेदी, भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका सहकारी अधिकृत रोजी केसी, सिद्धि विनायक साकोसका संस्थापक अध्यक्ष शालिकराम घिमिरे, सर्वशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष तीर्थराज घिमिरे, रामेश्वर टोल विकास संस्थाका अध्यक्ष किशोर पाण्डे, सिद्धि विनायक साकोसका पुरुष शेयर सदस्यको तर्फबाट राजेन्द्र वाग्ले, महिला शेयर सदस्यको तर्फबाट कमला सापकोटा पराजुलीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बुधबार, कार्तिक ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

भर्खरै

  • १.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • २.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ३.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ४.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ६.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ७.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज अन्तरराष्ट्रिय योग दिवस

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.