• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख ०६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

रास्वपा सचिवालयको बैठक बस्दै

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ४. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ५. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ६. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ७. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ८. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ९. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • १०. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन

ढोरपाटन (बागलुङ), ६ कात्तिकः बागलुङमा आलुखेती विस्तारमा जोड दिइएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा आलु उत्पादन बढ्दै राम्रो हुँदै गएपछि दुई वर्षदेखि क्षेत्र विस्तार गर्न थालिएको हो ।

किसानले आलुखेतीतर्फ चासो देखाउन थालेपछि कृषि ज्ञान केन्द्रले लगानी गर्दै आएको छ । बागलुङको तमानखोला, ताराखोला, निसीखोला र काठेखोला गाउँपालिका तथा ढोरपाटन नगरपालिकालगायत क्षेत्र आलु उत्पादनका लागि उपयुक्त रहेको हुँदा किसानलाई प्रोत्साहनसमेत गर्न थालिएको हो ।

गत वर्ष ज्ञान केन्द्रले नयाँ क्षेत्र विस्तारका लागि रु दुई करोड ६० लाख लगानी गरेको र चालु आर्थिक वर्ष रु एक करोड ५९ लाख लगानी गर्न थालेको हो । गत वर्ष गण्डकी प्रदेश सरकारले खायन आलुखेतीका लागि रु तीन करोड ६० लाख विनियोजन गरेको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले जानकारी दिनुभयो ।

गत वर्ष ज्ञान केन्द्रले एक सय ३६ हेक्टर नयाँ क्षेत्रमा आलु लगाएको र यस वर्ष थप क्षेत्र विस्तार गर्ने उहाँको भनाइ छ । बर्खे र हिउँदे गरी दुई याममा आलु उत्पादन हुने जिल्लामा बर्सेनि करोडौँ भित्रिने गरेको छ । प्रमुख सिलवालका अनुसार यस वर्ष आलु तीन हजार सात सय हेक्टरमा लगाइएको थियो ।

गत वर्षको तुलनामा बढी क्षेत्रफलमा आलु लगाए पनि उत्पादनमा ह्रास आउँदा ५६ हजार दुई सय ४० मेट्रिकटन मात्र आलु उत्पादन भएको प्रमुख सिलवाल बताउनुहुन्छ । उहाँले चैत र वैशाख महिनामा लामो खडेरी पर्दा उत्पादनमा ह्रास आएको उहाँको भनाइ छ । गत वर्ष प्रतिहेक्टर १६ दशमलव पाँच टन आलु उत्पादन भएकामा यस वर्ष प्रतिहेक्टर १५ दशमलव दुई मेट्रिकटन मात्रै उत्पादन भएको सिवालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो समय बागलुङका किसानले आलुखेतीप्रति निकै चासो दिनुभएको छ, प्रदेश सरकारले पनि बर्सेनि बजेट विनयोजन गर्दै आएको छ, पहिले पुरानो शैलीमा खेती गर्ने किसानले अहिले आधुनिक प्रविधिको प्रयोग गर्दै जानुभएको छ, ज्ञान केन्द्रले अहिले किसानलाई तालिम, आवश्यक बीउ, यन्त्र उपकरण र प्राविधिक सहयोग गर्दै गएको छ ।”

बागलुङका किसानले उत्पादन गर्ने आलु बागलुङ, बुटवल, चितवनलगायत सहरमा पुग्ने गरेका छन् । किसानले हिउँदे आलु प्रतिकिलो रु ४० र बर्खे आलु प्रतिकिलो रु ५० मा बिक्री गर्दै आएका छन् । लामो समयको खडेरीका कारण अघिल्लो वर्षको तुलनामा झन्डै १५ प्रतिशत कम आलु उत्पादन भएको ढोरपाटन–९ का किसान झकेन्द्र विकले बताउनुभयो । गत वर्ष करिब रु चार लाखको आलु बिक्री गरेकामा यस वर्ष रु दुई लाख ८० हजारको मात्रै बिक्री गरेको उहाँको भनाइ छ ।

“किसानका लागि कृषि ज्ञान केन्द्रले राम्रो सहयोग गरेको छ, आलुको बीउ दियो, सिँचाइका लागि पाइप उपलब्ध गराइयो, अरू यन्त्र पनि दियो, पहिले सामान्य तरिकाले आलुखेती गथ्र्यौं, अहिले प्राविधिकले भनेअनुसार गर्छौं”, विकले भन्नुभयो, “यस वर्ष सुरुमा बोट रामै थियो, उत्पादन चाहिँ कम भयो ।”

मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण
जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते
बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’
आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै
गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ४.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ५.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ६.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

भर्खरै

  • १.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • ४.
    आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

  • ५.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • ६.
    हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

  • ७.
    भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

  • ८.
    रास्वपा सचिवालयको बैठक बस्दै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.