• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख ०७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

रास्वपा सचिवालयको बैठक बस्दै

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ६. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ७. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ८. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ९. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • १०. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी


काठमाडौँ, १६ असोजः केही दिनअघिको अविरल वर्षाका कारण सिन्धुलीको गड्तिर भेगमा सडक, पुल, भवन, खानेपानीलगायत पूर्वाधार र कृषिबालीमा ठूलो नोक्सानी भएको छ । यस भेगका विभिन्न क्षेत्रमा आवासीय तथा व्यावसायिक भवन डुबानमा परेका छन्भने विद्यालय भवन र स्वास्थ्य संस्थाहरु पनि ठूलो सङ्ख्यामा प्रभावित भएका छन् । खानेपानी र विद्युत् आपूर्तिमा समस्या देखिएको छ । पाक्ने बेलाको धानबालीमा नदी र खोला पसेर क्षति पु¥याएको छ ।

विपद्पछि तीनवटै तहका सरकारको सहयोग र समन्वयमा प्राथमिकता निर्धारण गरी राहत तथा पुनःस्थापनाका कार्यक्रमहरु सुरु गरिएका छन् । घर आवास नै गुमाएका परिवारहरुलाई अस्थायी आवास र खाद्यान्नलगायत आधारभूत आवश्यकताका सामग्री वितरणमा स्थानीय सरकार जुटेका छन् । यसै सन्दर्भमा सिन्धुली जिल्लामा बाढीपहिरो र डुबानले गरेको क्षति, राहत तथा पुनःस्थापना तथा विपद् पछिको व्यवस्थापनको अवस्थाबारे त्यहाँका जनप्रतिनिधिसँग राससले गरेको कुराकानीको सम्पादित अंश ः

‘विपद् प्रभावितलाई दसैँअघि नै घर पस्ने वातावरण बनाउँछौँ’ः सांसद लेखनाथ दाहाल
बाढी, पहिरो र डुबानका कारण सिन्धुली जिल्लाको सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकामा मात्रै करिब एक हजार ५०० बिघा क्षेत्रफलमा लगाएको धानबाली नष्ट भएको छ । विपद्का कारण जिल्लाका यी तीनवटा पालिका सबैभन्दा बढी प्रभावित भएका छन् । त्यस्तै, सुनकोशी गड्तिर क्षेत्रमा मात्रै करिब छ सय बिघा खेतीयोग्य जमिनमा सुनकोशी नदी र रोशी खोलाले पुरेर बालीनालीमा क्षति पु¥याएको छ । खेत खण्डहरमा परिणत भएका छन् ।

जिल्लामा प्राकृतिक प्रकोपको असर अकल्पनीय र क्षति ठूलो छ । छोटो समयमा आधुनिक र पर्यटकीय सहरतर्फ उन्मुख भइरहेका खुर्कोट, नेपालथोक र मूलकोटमा अर्बौंको लगानीमा खोलिएका होटल र रिसोर्टमा ठूलो क्षति पुगेको छ । फाँटहरु नदी कटानमा परेका छन् । निजी घर, विद्यालय, वडा कार्यालयलगायत संरचना र बस्ती डुबानमा परेर क्षति पुगेको छ । बाढीले घर पुरिएकाले घरभित्रका सामानहरु के–कस्तो अवस्थामा छ भन्ने हालसम्म यकिन नभएकाले पीडितहरु चिन्ता छन् ।

कैयौँ घरका सटर बाढीको बालुवाले छोपेको छ । अहिले प्रभावित क्षेत्रमा १०÷१२ वटा ‘ब्याकहो लोडर’ र डोजर लगाएर पुरिएको र बिगे्रभत्केको ठाउँको मर्मतसम्भार गर्ने कार्य भइरहेको छ । जनतालाई दसँै अगाडि घरभित्र पस्ने वातावरण बनाउने लक्ष्यका साथ पुनःनिर्माण र उद्धार कार्यलाई तीव्र तुल्याइएको छ । नदी कटान भएको ठाउँमा व्यवस्थित योजनासहित वैकल्पिक मार्ग निर्माण गर्ने र कोशी किनारलाई तटबन्ध गर्ने कार्यलाई प्राथमिकतामा राखेर धमाधम काम सुरु भएको छ ।

नेपालथोकदेखि भकुण्डेसम्म मुख्य रुपमा सडकमा ठूलो समस्या छ । करिब तीन किलोमिटर  सडक पूर्ण रुपमा क्षति भएको छ । त्यस स्थानमा वैकल्पिक मार्ग बनाएर सवारी आवागमन सहज बनाउने प्रयासमा लागेका छौँ । सुनकोशी माथिको सित्खा, खुर्कोट र रोशीका विभिन्न ठाउँमा पक्की पुलसमेत बाढीले बगाएको अवस्था छ ।

बाटो मर्मतका लागि भाडामा लिइएका लोडर, डोजरहरु स्थानीय सरकारबाट इन्धनको व्यवस्था मिलाइएको छ । खानेपानी र विद्युत्को ठूलो समस्या समाधान हुँदै गएको छ । यो समस्या केही दिनभित्रै हल हुनेछ । सबै स्थानीय सडकहरु क्षतिग्रस्त छन् । सडकसँगै विद्युत्का पोलहरु पनि ढलेका छन् । रोशी र कोशीदेखि फिक्कलसम्ममा ५२ वटा विद्यालय भत्केको र डुबानमा परेको प्रारम्भिक विवरण आएको छ । केही स्वास्थ्य चौकीका बाहिरी पर्खालहरु भत्किएका छन् ।

प्रदेश र सङ्घ सरकारबाट राहत र पुनःस्थापनाको प्रतीक्षामा छौँ । उधारोमा काम गरिएको छ । आवश्यक स्वास्थ्यकर्मी परिचालन, इन्धनलगायत सुविधाका लागि विभिन्न निकायसँग समन्वय भइरहेको छ । सामूहिक भोजन र अत्यावश्यक सामग्रीसहित राहतका प्याकेट पनि वितरण गराइएको छ । तत्कालका लागि दाल चामल, नुनतेल जस्ता आधारभूत खाद्य सामग्री स्थानीय सरकारबाट उपलब्ध गराइएको छ ।

‘सडक खुलाउने कार्य प्राथमिकतामा छ’ः राजकुमार बराल, उपाध्यक्ष–फिक्कल गाउँपालिका

फिक्कलमा नदी कटान र डुबानबाट निकै ठूलो क्षति भएको छ । खेतीयोग्य जमिनमा नदीको भङ्गालो पसेका छन् । केही घर बगाएको छ । पालिकाको सुम्नाङबेँसी, झहरे, सोखुबेँसी, सर्किनीबँेसी, बान्द्रेबेँसीलगायत स्थान बढी प्रभावित भएका छन् । विद्यालय भवन, झोलुङ्गे पुल, स्वास्थ्यचौकीहरुमा क्षति पुगेको छ ।

उद्धार, राहत र पुनःस्थापनाका कार्यक्रम सुरु भइसकेका छन् । अब व्यवस्थित रुपमा कसरी जाने भनेर सर्वदलीय बैठक बोलाएर त्यसको निर्णयका आधारमा हामी अघि बढ्छौँ । क्षतिका आधारमा राहत दिनेगरी तयारी भइरहेको छ । डोजरहरु प्रयोग गरेर बाटो खोल्ने काम भइरहेको छ । हामी सडक खुलाउन लागिरहेका छौँ ।

‘खुर्कोटमा ३५ घर पूर्ण रुपमा क्षति भएका छन्’ः ज्वालाप्रसाद न्यौपाने, उपाध्यक्ष–गोलन्जोर गाउँपालिकाका
पालिकाको खुर्कोट क्षेत्रमा मात्र करिब ३५ घरमा क्षति हुँदा ६२ परिवार पूर्ण रुपमा प्रभावित भएका छन् । त्यो क्षेत्रमा ४० वटाको हाराहारी पसलमा क्षति पुगेको छ । के–कति धनजनको क्षति भएको भन्ने विवरण सङ्कलन हुँदैछ । त्यस्तै, बलेनी क्षेत्रमा ११ घर डुबाएको छ । मुर्की, च्याकुटारबेँसी, र बलेनीका तीनवटा प्राथमिक विद्यालय डुबानमा परेका छन् । पालिकाको छ नम्बर वडा कार्यालयमा पनि बाढी पसेर क्षति पुगेको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत हैबार, हर्देनी, कुखुरेटारमा ठूलो पहिरोका साथै त्यहाँका झोलुङ्गे पुलमा क्षति पुगेको छ । खुर्कोटका दुईवटा र दिङदिङको माथिल्लो क्षेत्रको पुल बगेको छ । मध्यपहाडी राजमार्ग पुरैजसो पुनः निर्माण गर्नुपर्ने भएको छ । सबै बिग्रिएको छ । त्यसमा करोडौँ खर्च हुने देखिएको छ । सिन्धुलीमा सुनकोशीपछि गोलन्जोर गाउँपालिकामा बढी क्षति देखिएको छ ।

गोलन्जोर गाउँपालिका क्षेत्रको मध्यपहाडी राजमार्गमा भएको अवरोध हटाउन दुईवटा डोजर प्रयोज भइरहेका छन् । मङ्गलबार अक्करेभीर क्षेत्रको अवरोध हटाइएको छ । नेपालथोकबाट घुर्मीसम्म बिपी राजमार्ग र मध्यपहाडी राजमार्गका धेरै ठाउँमा सडक भत्किएको, भासिएको, माथिबाट पहिरो खसेर ठूलो क्षति भएको छ । सडक भएको ठाउँमा नदीको भङ्गालो र खोलो पसेको छ ।

गोलन्जोरको मात्र करिब ३० बिघा धान खेतमा क्षति पुगेको छ । खुर्कोट, दिङदिङ्, हैबार, मुर्की, कुखुरेटारलगायत क्षेत्र बढी प्रभावित भएका छन् ।

बुधबार, असोज १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण
जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते
बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’
आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै
गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ६.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

भर्खरै

  • १.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • ४.
    आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

  • ५.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • ६.
    हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

  • ७.
    भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

  • ८.
    रास्वपा सचिवालयको बैठक बस्दै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.