• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, असार २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

घोडेपानी जोड्ने नयाँ पदमार्ग

म्याग्दी, ११ असोजः कास्कीको नयाँ पुुलबाट पर्वतको मोदी र जलजला गाउँपालिका हुँदै म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने नयाँ पदमार्ग तयार भएको छ ।

तेह्र वर्षअघि पहिचान भएको नयाँपुल–मोहरिया–सरौ–ताङले–भूमरकोट–फलाते–डाँडाकेटेरो–थामको डिल–हम्पाल–जलजला–मोहरेडाँडा–फूलबारी–पुनहिल हँुदै घोडेपानी जोड्ने पदमार्ग सञ्चालनमा आएको हो ।

पर्वत–भमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष मनबहादुर खड्काले आधारभूत स्तरको पूर्वाधार तयार भएको पदमार्ग ४५औँ विश्व पर्यटन दिवसका अवसरमा बिहीबारदेखि सञ्चालन गरेको जानकारी दिनुभयो ।

“पदमार्ग, आश्रयस्थल र खानेबस्ने ठाउँको व्यवस्थापन भएपछि पर्वत–भमरकोट–घोडेपानी पदमार्ग सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो, “कल्चर, नेचर र एडभेन्चर यो पदमार्गको आकर्षण हो ।”

विसं २०६८ मा स्थापना भएको संस्थामार्फत तत्कालीन जिविस, सङ्घीयतापछि गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको रु एक करोड ६० लाख सहयोगमा नयाँ पुुलबाट पर्वतको सबैभन्दा उच्च स्थानमा रहेको हम्पालसम्मको १६ किलोमिटर पदमार्ग निर्माण भएको खड्काले बताउनुभयो ।

ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो । साथै पदमार्गमा १० वटा विश्रामस्थल निर्माण भएको छ । हम्पालबाट जलजला जोड्ने पदमार्ग निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालुु आर्थिक वर्ष २०८१÷८२ मा रु ३० लाख बजेट विनियोजन गरेको प्रदेशसभा सदस्य भक्त कुँवरले बताउनुभयो ।

जलजला समुद्री सतहबाट तीन हजार छ सय १० मिटरको उचाइमा रहेको मोहेरेडाँडाबाट घोडेपानी जोड्ने पदमार्ग करिब १५ वर्षदेखि सञ्चालनमा छ । यो पदमार्गले पर्वतको मोदी गाउँपालिकाको १, २, ३ र ५ नम्बर, जलजला गाउँपालिकाको ५ र ६ तथा म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाको ६, ७ र ८ नम्बर वडालाई समेटेको छ ।

हिमाल, पहाडी भूगोल अवलोकन गर्दैै यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने लौसीबोट, भुक र ताङ्लेमा घरबास (होमस्टे) सञ्चालन भएको छ । मगर, गुरुङ, दलित, क्षेत्री र ब्राह्माण समुदायको विबधितायुुक्त संस्कार, संस्कृति, रहनसहन र जनजीवन यो पदमार्गको आकर्षण हो ।

दुई रात तीन दिनमा यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने वनजङ्गलमा विभिन्न प्रजातिका जडीबुटी, वन पैदावर पाइनुका साथै मृगलगायत वन्यजन्तुको बसोबास छ । गाईभैँसीका घुुम्ती गोठ पनि देख्न सकिन्छ भने  धवलागिरि र अन्नपूर्ण रेञ्जका हिमाल अवलोकन गर्दै यात्रा गर्न पाइन्छ ।

पदमार्गमा चिया पसल र रेष्टुन्ट तथा सामुदायिक लज सञ्चालन भएका छन् । पूर्वजानकारी दिइ आउने पर्यटकलाई पर्वत–भुमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिले घुुमाउने व्यवस्था मिलाउँदै आएको छ । पदमार्ग प्रवर्द्धनका लागि गण्डकी प्रदेशस्तरीय ४५औँ विश्व पर्यटन दिवसका अवसरमा गन्तव्य प्रवर्द्धन कार्यक्रम आयोजना भएको छ ।

गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको सहयोग, मोदी गाउँपालिका र पोखरा पर्यटन परिषद्को सहकार्यमा टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले कार्यक्रमको आयोजना गरेको हो ।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, प्रदेशसभा सदस्य भक्त कुँवर, मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी पौडेल सहभागी कार्यक्रममा पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता छ । नयाँपुुलबाट लौसीबोट हँुुदै पदयात्रा गरेर बिहीबार साँझ भुुकको नमूना सामुदायिक होमस्टेमा बसेको टोलीले शुक्रबार भुकबाट डाँडाकटेरे–फलामे–भुमरकोट–ताङले हुँदै सरौसम्म पदयात्रा गर्ने टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो ।

अन्नपूूर्ण चक्रीय पदमार्गको महत्त्वपूर्ण स्थल नयाँपुल र घोडेपानीलाई जोड्ने यो पदमार्गमा पर्यटक भित्र्याउनका लागि पदयात्रा आयोजना गरेको उहाँले बताउनुभयो ।

सडकका कारण पुराना पदमार्ग विस्थापित हुँदा पोखरामा आउने पर्यटकको बसाइ छोटिएकाले नयाँ गन्तव्यको पहिचान र प्रर्वद्धनमा टानले जोड दिएको अध्यक्ष आचार्यले बताउनुभयो । पोखराबाट नजिक पर्ने भएकाले पनि यो क्षेत्रमा पर्यटन विकासको सम्भावना छ ।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री बस्यालले पर्यटनको विकास गरी ग्रामीण क्षेत्रको बसाइसराइ रोक्न सकिने बताउनुभयो । घरबास र पर्यटन व्यवसाय सञ्चालन गरी विदेशिन लागेका युवाहरूलाई स्वदेशमै स्वरोजगार बनाउन सकिने तथा पर्यटक आगमन र बसाइ लम्ब्याएर राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुग्ने उहाँको भनाइ छ ।

प्रदेश सरकारले पर्वतको हम्पाल, घोडेपानी नजिकै कास्की र म्याग्दीको सिमानामा पर्ने मुण्डेलाई पोखराको स्याटेलाइट गन्तव्य घोषणा गरेको छ । सडकका कारण छोटिएको अन्नपूर्ण चक्रीय पदमार्गमा सहायक गन्तव्य पहिचान गरेर पर्यटकको बसाइ लम्ब्याउन सरकार तथा निजी क्षेत्रले सक्रियता देखाएका छन् ।

अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यका रूपमा चिनिएको घोडेपानीमा यसअघि म्याग्दीको पोखरेबगर–घार–शिख–चित्रे, कास्कीको नयाँपुल–उल्लेरी, म्याग्दीको नागी–जलजला–मोहरे, कास्कीको घान्द्रुक–टाडापानी हुँदै गइन्थ्यो ।

शुक्रबार, असोज ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.