विराटनगर, असोज १०- कोशी ब्यारेजबाट एउटा बस सप्तकोशी नदीमा खसेको छ । विराटनगरबाट गाइघाट जाने क्रममा बिहिबार साझ करिब ६ः०५ मा नरसिंह ट्राभल्सको को १ ख ४६०१ नम्बरको बस कोसी ब्यारेजको ३६ नम्बर ढोका अगाडीबाट पानीमा खसेको हो।
बस खसेको जानकारी आएपछि प्रहरी टोली खटिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । घट्नाको थप विवरण आउन बाँकी छ