• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

मुक्तिनाथमा दर्शनार्थीको घुइँचो


गण्डकी, असोज ५ –
प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा  केही दिनयता चहलपहल बढ्दै गएको छ । विशेषतः प्रत्येक वर्षको पितृ पक्ष (सोह्र श्राद्ध) का समयमा नेपालका विभिन्न स्थानका साथै भारतबाट यहाँ दर्शनार्थी आउने गर्दछन् ।
यस वर्ष सोह्र श्राद्ध सुरु भएयता मुक्तिनाथमा आउने दर्शनार्थीको संख्यामा बृद्धि भएको  मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । “सोह्र श्राद्ध सुरु भए यता देशका विभिन्न स्थानबाट आउने दर्शनार्थीहरू बढ्दै गएका छन्”, उहाँले भन्नुुभयो, “पितृ पक्ष अवधिभर नै यहाँ दर्शनार्थी आउने गर्दछन् ।”
मुस्ताङ आएका दर्शनार्थी कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास रहीआएको मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले बताउनुभयो । प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा देशका विभिन्न स्थानबाट दर्शनार्थी मुक्तिनाथ आउने गरेको उहाँले बताउँदै उहाँले यहाँ आएर कागवेनी श्राद्ध गरी मुक्तिनाथ भगवान्को दर्शन गरेमा पितृले मोक्ष प्राप्त गरी भावी सन्ततिलाई सुख, शान्ति र समृद्धि हुने विश्वास रहेको बताउनुभयो ।
मन्दिरमा आइसकेपछि दर्शनार्थीले यहाँका एक सय आठ धारामा स्नान गरी पूजाआजा गर्दछन् । एक सय आठ धाराको पानीलाई घरघरमा तीर्थ जलका रुपमा लैजाने प्रचलन छ । प्रकृति र संस्कृतिको अनुपम गन्तव्य मुक्तिनाथ धार्मिक दृष्टिका साथै पर्यटकीय रुपमा पनि उत्तिकै महत्वपूर्ण छ ।
हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मुक्तिनाथलाई भगवान् विष्णुले तपस्या गरेको पुण्यभूमिका रुपमा लिइन्छ । तपस्याका क्रममा विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको एक सय आठ धारा यहाँ रहेको प्राचीन किंवदन्ती छ । समुद्री सतहबाट तीन हजार सात सय १० मिटर उचाइमा रहेको मन्दिर परिसरका धारामा बाह्रै मास पानी आइरहनुलाई धार्मिक महत्वका रुपमा हेरिन्छ ।
पछिल्ला समयमा पर्यटकको बढ्दो चापलाई लक्षित गरी मुक्तिनाथको प्रवेशद्वार रानीपौवा र आसपासका क्षेत्रमा पर्यटक लक्षित पूर्वाधारका साथै सुविधा सम्पन्न होटल बन्नेक्रम बढिरहेको होटल व्यवसायी जयेश गुरुङले बताउनुभयो । उहाँका अनुसार अहिले रानीपौवा क्षेत्रमा साना तथा ठूला गरी ३२ होटेलले सेवा दिइरहेका छन् ।
सामान्यदेखि राम्रो अत्याधुनिक सेवा सुविधा भएका होटेलका कारण यहाँ आउने पर्यटकलाई समस्या नहुने उहाँले बताउनुुभयो । साढे चार चार दशक अघिसम्म मुक्तिनाथको दर्शन गर्न जाने तीर्थालु आसपासका भेडी, गोठ तथा रानीपौवास्थित धर्मशालामा बस्नुपर्दथ्यो । ठाउँठाउँबाट आएका तीर्थयात्रीले त्यहाँको रानीपौवा धर्मशाला खचाखच भरिन्थ्यो । त्यस समयमा खानेकुराका साथै ओढ्ने ओछ्याउने सामग्री पनि आफैँ घरबाट लिएर जानुपर्ने बाध्यता रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ९ का स्थानीय उमादेवी भट्टराईले अनुभव सुनाउनुभयो । पछिल्ला वर्षमा बन्दै गएका सुविधा सम्पन्न होटेलले उक्त बाध्यताको अन्त्य गरिदिएको छ ।
यहाँस्थित रानीपौवा यहाँको ऐतिहासिकताको ज्वलन्त उदाहरण पनि हो । तत्कालीन समयमा रणबहादुर शाहकी रानी सुवर्णप्रभा विसं १८६३ मा मुक्तिनाथ दर्शनका लागि पुगेछन् । रानी सुवर्णप्रभासँग मुक्तिनाथका स्वामी महाराजले दर्शनार्थीलाई तीर्थयात्राका क्रममा बास बस्न समस्या परेको अनुरोध गरेछन् ।
सोही अनुरोधकै आधारमा सुवर्णप्रभाको निर्देशनमा मुक्तिनाथ मन्दिर प्रवेशको मुख्यद्वार यही रानीपौवामा धर्मशाला निर्माण गरिएको हो । स्थानीयवासीका अनुसार तत्कालीन समयमा यहाँ धर्मशाला निर्माण गर्दा कुष्मा अर्मादीका काठ प्रयोग गरिएको हो ।
रानीले बनाइदिएको धर्मशाला भएकाले तत्कालीन समयदेखि नै यो ठाउँको नाम रानीपौवा रहन गएको हो । तत्कालीन समयदेखि नै यो धर्मशाला मुक्तिनाथमा आउने तीर्थयात्रीलाई खान तथा बास बस्न सहज भएको स्थानीयवासी बताउँछन् ।
मुुस्ताङमा मुक्तिनाथ मन्दिरसँगै यहाँको विविधता र हिमाली जीवन अवलोकन गर्न स्वदेशी एवं विदेशी पर्यटक आउने गरेको जनप्रीय युवा क्लब ठिनी मुस्ताङका उपाध्यक्ष निरज थकालीले बताउनुभयो ।
मुस्ताङमा सुविधा सम्पन्न होटेलसँगै ठाउँठाउँमा घरवास सुविधा पनि उपलब्ध भएको जानकारी दिदै उहाँले केही दिन यता ठिनीस्थित थकाली सामुदायिक होमस्टे पर्यटकले भरिभराउ हुने गरेको बताउनुभयो ।
हिमाली संस्कार र संस्कृतिलाई नजिकबाट नियाल्न सक्ने गरी होमस्टेले पर्यटकलाई लोभ्याइरहेको बताउँदै उहाँले परम्परागत हिमाली संस्कृतिमा आधारित घरसँगै यहाँ नजिकै रहेको हिमचितुवा गुफाले पर्यटकलाई लोभ्याइरहेको जानकारी दिनुभयो । स्थानीयले हिमाली संस्कृतिलाई जीवन्त राख्ने उद्देश्यका साथ थकाली सङ्ग्रहालय पनि सञ्चालनमा ल्याएका छन् ।
ठिनीको पर्यटनसँग हिमचितुवा गुुफालाई जोड्ने प्रयास गरिएको बताउँदै उहाँले यसको पूर्वाधार व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारबाट यस आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन भएको बताउनुभयो ।
“सोह्र श्राद्धका कारण मुक्तिनाथ आउने पर्यटकसँगै यस क्षेत्रको अवलोकनका लागि उपयुक्त समय भएका कारण मुस्ताङभित्रने पर्यटकको संख्या बढ्दो क्रममा छ”, उहाँले भन्नुभयो, “यही असोज १ गते बाट स्याउ टिप्न पनि खुला भएकाले यहाँ आएका पर्यटकले स्याउ कोशेलीका रुपमा लैजान सक्नेछन् ।”  रासस

शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.