• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

दाेस्राे खेलमा नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं, असाेज ३-  आइसिसी विश्वकप लिग-२ काे दाेस्राे खेलमा नेपाल ओमानसँग पराजित भएको छ। क्यानडाको किङ्ग सिटीमा आज बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले एक विकेटको जित हात पारेको हो।

नेपालले दिएको २ सय २१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा नौ विकेट गुमाएर पूरा गर्‍यो। ओमानका लागि ओपनर जतिन्दर सिंहले ४९ बलमा सर्वाधिक ४१ रन बनाएका थिए। ओपनर सिंहलाई सन्दिप लामिछानेले आउट गराएका थिए।

ओमानका अर्का ओपनर कश्यप प्रजापतीले ५२ बलमा ३६ रन जोडे। प्रजापतीलाई आरिफ शेखले भाई आसिफ शेखको हातबाट क्याच आउट गराए। त्यस्तै कप्तान अकिब इल्यमसले ३३ बलमा २९ रन बनाउँदै आउट भए। प्रतिक अथाभाले र सोयब खानले समान २६ तथा खलिद कैलले १७ रन जोडे।

बलिङतर्फ नेपालका लागि गुलसन झाले पाँच विकेट लिए भने करण केसीले दुई तथा आरिफ शेख र सन्दीप लामिछानेले समान एक विकेट लिएका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले रोहित पौडेल र गुलसन झाको अर्धशतकमा ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रनको योगफल तयार पारेको थियो।

नेपालका लागि कप्तान रोहितले ७२ बलमा २ चौका र ४ छक्काको सहयोगमा ६० रन जोडे। कप्तान पौडेलले ६४ बलमा आफ्नो दशौं अर्धशतक पूरा गरेका थिए। रोहित महत्वपुर्ण पारी खेलेर ओमानका कप्तान अकिब इल्यासको बलमा आउट भए।

झाले ३५ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ५३ रन बनाएका थिए। झाले ३१ बलमा आफ्नो चौथो ओडिआई अर्धशतक पूरा गरेका थिए। महतवपुर्ण रन बनाउदै झा फैयज बटको बलमा आयान खानबाट समातिए।

एक समय ३१ बनाउदा ३ विकेट गुमाएर संकटमा परेको नेपालका लागि कप्तान रोहित र आरिफ शेख मिलेर चौथो विकेटका लागि ८३ रनको महत्वपुर्ण साझेदारी गरे। आरिफले ८८ बलमा ३५ रन बनाउँदै सकिल अहमदको बलमा कट बिहाइन्ड भए।

सोमपाल कामी ८ बलमा २० रनमा आउट हुँदा सन्दीप लामिछाने ११ रनमा नट आउट रहे। त्यसअघि ओपनर अर्जुन साउद चौथो ओभरको पहिलो बलमा आउट भएका थिए।

करिब १५ महिना पछि नेपाली टिममा फर्किएका अर्जुन साउद १२ बलमा ५ रन बनाउँदै आउट भएका हुन्। अर्जुन कलिमुल्लाहको बलमा फैयज बटबाट क्याच भएका थिए।

अर्का ओपनर आसिफ शोयब खानको बलमा ११ औ ओभरको तेस्रो बलमा ११ रन बनाउँदै आउट भए। तेस्रो विकेटका रुपमा भीम फैयज बटको बलमा ११ रन बनाउँदै आउट भएका हुन्।

ओमानका लागि फैयज बट, अकिब इल्यास र कलिमुल्लाहले समान २ तथा सोयब खान र सकिल अहमदले समान १ विकेट लिए।

जित पछि ओमान ५ खेलमा ५ अंकका साथ छटौं स्थानमा छ। नेपालको ६ खेलमा २ अंकका साथ सातौं स्थानमा छ। यस त्रिकोणात्मक सिरिजमा नेपाल र ओमानको साथै क्यानडाको पनि सहभागिता छ। त्रिकोणात्मक ओडिआई सिरिज असोज १० गते सम्म हुनेछ।

सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो। नेपालले त्रिकोणात्मक ओडिआई सिरिजमा तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध खेल्नेछ।

ओडिआई सिरिज सकिए पछि तीन टोलीबीचमा टि ट्वान्टी आई सिरिज हुनेछ। सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ। त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली‌ टोली अमेरिका जानेछ।

बिहिबार, असोज ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.