पूर्व मिस नेपाल श्रृंखला खतिवडा प्राय: चर्चामा रहन्छिन् । कहिले आफ्नु सुन्दरता त कहिले उनको प्रेम सम्बन्धलाइ लिएर त कहिले उनको सामाजिक कामको धेरै चर्चा परिचर्चा हुने गर्दछ ।
खतिवडाको बिवाह गर्ने कुरा बाहिरिएको छ । खतिवडा भ्लगर सिसन बानियाँसँग प्रेममा सम्बन्धमा रहेकी छिन् तर उनले आफ्नो सम्बन्ध बारे यसअघि कहिँ कतै खुलाएकी थिईनन् ।
खतिवडा र बानियाँ प्रायः एकसाथ देखिने गरेका छन् । देश, विदेशको यात्रामा समेत उनिहरु संगै जाने गरेका छन्। केहि समय अगाडि टर्कीको इस्तानबुल पुगेका उनीहरुको तस्विरहरु खतिवडा र बानियाँले आफ्ना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।
आफु सिंगल रहेको बताउँदै आएकी श्रृंखलाले टर्कीमा रहँदा आफु सिसनको अंगोलामा बाधिएको तस्वीर सामाजिक संजालमा भाइरल समेत बनेको थियो।
पछिल्लो समय उनीहरुको प्रेम सम्बन्ध झाँग्गिएको र उनीहरुको विवाह २०७७ सालमा हुने बताइएपनि मंसिर महिना सकियो तर उनीहरुको विवाहको बारेमा केही बताएकी छैनन् । जे होस् सिसन र श्रृंखलाको प्रेम चर्चा भने चलिरहेको छ ।