• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ७. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ८. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ९. बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • १०. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

मुलुक परिवर्तनको जिम्मा युवाहरुको हो : उर्जामन्त्री खड्का


नवलपुर, २८ भदौ । नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मुलुक परिवर्तनको जिम्मा युवाहरुको भएको बताउनुभएको छ । बढ्दै गएको निराशालाई सङ्घर्षकोरुपमा स्थापित गर्दै नेपालमा सम्भावना छ भन्ने अवस्था सिर्जना गरी युवाहरुले मुलुकको परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आजदेखि सुरु भएको नेपाल जेसीजको क्षेत्र घ सम्मेलन उद्घाटन गर्दै मन्त्री खड्काले आफू पनि विदेशमा काम गरेर नेपालमा केही गर्नुपर्छ भनेर फर्किएको बताउनुभयो । “विदेश जानु अपराध होइन, त्यहाँ गएर सीप आर्जन गर्नु, मेहनत गर्नु र फेरि आएर स्वदेशमा त्यसको सदुपयोग गर्नु अत्यन्त राम्रो पक्ष हो” उहाँले भन्नुभयो, “त्यसैले नेपालमा केही हुँदैन, केही गर्न सकिँदैन भनेर निर्माण गरिएको गलत भाष्य हटाउने दायित्व समेत युवाहरुकै काँधमा छ ।” मुलुकमा ठूलो परिवर्तन हुन लागेको भन्दै मन्त्री खड्काले युवाहरुले त्यस परिवर्तनलाई बिर्सन लागेकाले सबैलाई सम्झाउनुपर्ने जरुरी रहेको बताउनुभयो ।

“अहिले पूर्वाधारको हिसाबले सबै ठाउँमा बाटोघाटो पुगिसकेको छ, सञ्चारको सुविधा छ, स्वास्थ्यचौकीहरु छन्, विद्यालयहरु छन्, खालि यतिमात्रै हो यिनीहरु व्यवस्थित छैनन्” मन्त्री खड्काले भन्नुभयो, “अब सबैलाई व्यवस्थित गर्नुछ । राजनीतिक हिसाबले पनि मुलुकमा अब स्थायित्व कायम भइसकेको छ । अबको जिम्मेवारी तपाईंहरुको काँधमा छ, यसलाई व्यवस्थित गर्ने युवाहरुको काँधमा छ ।” मुलुकमा आएको परिवर्तनलाई व्यवस्थित गरेर मुलुकलाई समृद्धतर्फ अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो । नेपालमा सम्भावनाहरु प्रशस्तै भएका उल्लेख गर्दै मन्त्री खड्काले आफूले सम्हालेको मन्त्रालयको मात्रै कुरा गर्ने हो भने पनि सम्भावना र समृद्धिको बाटो प्रष्ट थाहा हुने बताउनुभयो ।
“हामीहरुले अहिले साढे २८ हजार मेघावाट विद्युत् उत्पादन गर्ने भनेका छौँ” मन्त्री खड्काले भन्नुभयो, “जहाँ ४७ खर्बभन्दा बढीको लगानी हुन्छ, त्यति लगानी गरिँदा कति रोजगारी सिर्जना हुन्छ होला एक पटक विचार गर्नुहोस् ।” त्यहाँ प्रयोग हुने र उत्पन्न हुने रोजगारी महत्वपूर्ण भएको उहाँको भनाइ छ । युवाहरु नराशा नभइ सङ्घर्ष गर्दै हिम्मतले काम गर्नुपर्ने र त्यसमा सरकारले सघाउने उहाँले बताउनुभयो ।
आजदेखि सुरु भएको नेपाल जेसीजको क्षेत्र घ सम्मेलनमा गैँडाकोटदेखि पश्चिमतर्फ महेन्द्रनगरसम्मका जेसीजका ५८ वटा शाखाबाट तीन सय ५० जना सहभागी भएका सम्मेलन निर्देशक गोकुल सापकोटाले बताउनुभयो । गैँडाकोटमा आयोजना गरिएको यस सम्मेलनले गैँडाकोटको पर्यटनसँगै यहाँको सम्भावना र लगानीको अवसरका बारेमा युवाहरुलाई जानकारी गराउने सापकोटाले बताउनुभयो ।
दुई दिनसम्म सञ्चालन हुने यस सम्मेलनमा गोष्ठी, साधारण सभा, सिनेटर बैठक, जुनियर जेसीज बैठक, वक्तृत्वकला प्रतियोगिता, व्यापार कार्ड साटासाट, तालिम सकरात्मक कम्पन, पुरस्कार वितरण लगायतका कार्यक्रम हुने नेपाल जेसीजका अध्यक्ष रवीन पोखरेलले बताउनुभयो । जेसीजको आन्तरिक सम्मेलन भएपनि देशभरबाट प्रतिनिधिहरू आएकाले सम्मेलनलाई यस क्षेत्रको कला, संस्कृतिको प्रदर्शनी, स्थानीय उत्पादनको प्रवद्र्धन एवं पर्यटकीय आकर्षणको माध्यमबाट गैँडाकोटलाई चिनाउन भूमिका खेल्ने पोखरेलको भनाइ छ ।

शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.