×
आइतबार, असार ०१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ६. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ७. यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ८. आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ९. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • १०. आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप हुँदै, ३५० बढी खेलाडी सहभागी हुने


काठमाडौं । दोस्रो उपत्यकास्तरीय योग खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय योग खेलकुद संघअन्तर्गतको बागमती प्रदेश योग खेलकुद संघको संयोजन र काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला योग खेलकुद संघको आयोजनामा भदौ २९ गते शनिबार दोस्रो उपत्यकास्तरीय योग स्पोर्टस च्याम्पियनसिप हुने भएको हो ।

प्रतियोगिताका लागि उपत्यकाका तीन जिल्ला र काभ्रेका योग खेलाडी पनि समावेश भएको शंखमुलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक केदार नाथ बास्ताकोटीले जानकारी दिए ।

तारकेश्वर ८ स्थित टुसाल मल्टी भेन्युमा बिहान ७ बजेदेखि हुने प्रतियोगितमा विभिन्न ५० विद्यालयहरुका विद्यार्थीहरुले सहभागिता जनाउनेछन् । एकल र सामूहिक÷संगीतमय (रिदमिक) समूहमा रहेर अन्तर्राष्ट्रिय सिलेबस अनुसार योगसानको प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । जसमा विभिन्न उमेर समूहका खेलाडीले सिलेबसमा रही आफ्नो योगासन प्रस्तुत गर्नुपर्नेछ ।

प्रतियोगितामा एकल प्रतिस्पर्धा र उमेर समूहबीचको प्रतिस्पर्धा गरी २ अलग÷अलग विधामा संचालन हुनेछ । ७ उमेर समूहका खेलाडीले आफ्नै समूहको एकअर्कासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । जसमा ९ वर्ष मुनिदेखि ५० वर्षमाथिका खेलाडीले सहभागिता जनाउनेछन् ।

उमेर समूहमा ९ वर्ष मुनि, ९–११, १२–१४, १५–१७, १८–३५, ३६–४९ र ५० वर्षदेखि माथिका गरी ७ उमेर समूहका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । महिला पुरुष अलग–अलग गरी प्रत्येकको ७÷७ गरी जम्मा १४ उमेर समूहमा खेल हुने संयोजक बास्ताकोटीले बताए ।

प्रतियोगिताका लागि योग प्रशिक्षण भइरहेका विद्यालय तथा व्यक्तिगतरुपमा पनि इच्छुक योग खेलाडीले गुगल फर्म भरेर आफ्नो नाम दर्ता गराएका उनले जानकारी दिए । जसमा एकल प्रतिस्पर्धातर्फ २३२ खेलाडीहरु प्रतियोगितामा सहभागी हुनेछन् ।

त्यस्तै, संगीतमय रिदमिक सामूहिक योगासन प्रतिस्पर्धा पनि हुनेछ । जसमा १५ वर्ष मुनिका २ समूह महिला र पुरुषको अलग अलग गरी १३० जना खेलाडीहरुले नाम दर्ता गराएका उनले बताए । यसरी प्रतियोगितामा सबै विधाका जम्मा खेलाडी–३६२ जना खेलाडीले दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिपमा सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा विजेता हुनेलाई नगदसहित प्रमाण पत्रले सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा समावेश हुने खेलाडीहरुलाई उनीहरुले गर्ने आसनका आधारमा छनोट गरिएको प्रतियोगिताका लागि खेलाडी छनोट तथा प्रशिक्षण उपसमितिका संयोजक राजकुमार ओडारीले जानकारी दिए ।

उनले आफूहरुले विभिन्न विद्यालयमा गएर वा कतिपयको फोटोमा योगासन गरेको हेरेर प्रतियोगितामा समावेश हुने खेलाडीहरुको अन्तिम छनोट गरिएको जानकारी दिए । करिब ४०० जनाको नाम आएकोमा मापदण्डलाई ध्यान दिएर जम्मा ३६२ जना प्रतियोगिताका लागि योग्य भएकाले छानिएको उनले बताए ।

त्यस्तै, असार २९ गतेदेखिकै बैठकबाट प्रतियोगिताबारे काम थालिएको प्रचारप्रसार उपसमितिका संयोजक चन्द्र सापकोटाले जानकारी दिए । साउन २९ गतेको बैठकपछि आआफ्नो विभाग छुट्याएर कार्य गरी सामाजिक सञ्जालको प्रयोग तथा फोन र प्रत्यक्ष सम्पर्कमार्फत प्रतियोगिताबारे प्रचार गरिएको सापकोटाले बताए ।

योगासन गर्दा कसरी सुरु गर्ने, कति समय कसरी होल्ड गर्ने, फिनिसिङ कसरी गर्ने जस्ता प्राविधिक विषयलाई ध्यान दिएर योगासनको प्रतियोगिता र जज हुने राष्ट्रिय योग खेलकुद संघका प्राविधिक विश्लेषक पुष्करराज पन्तले बताए । आसन प्रस्तुत गर्दा हरेक साना साना प्राविधिक पक्षलाई ध्यानमा राखेर गरेको छ कि छैन भन्ने किसिमलाई ध्यान दिइने उनको भनाइ छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ११ लाख रुपैयाँ लाग्ने अनुमान भएको आर्थिक उपसमितिका संयोजक शंकरदेव श्रेष्ठले जानकारी दिए । तारकेश्वर नगरपालिकाले कार्यक्रम स्थललगायतमा सहयोग गरेको उनले बताए । त्यस्तै, राष्ट्रिय योग खेलकुद संघले खेलाडीहरुलाई प्रमाण पत्रलगायतको व्यवस्था गरिदिने उनले जानकारी दिए ।

त्यस्तै, सहभागी खेलाडीबाट ५०० रुपैयाँको दरले दर्ता शुल्क लिइएको र त्यसलाई पनि प्रतियोगितामै परिचालन गर्ने उनले बताए । विभिन्न क्षेत्रबाट आर्थिक संकलनको प्रतिवद्धता आएको श्रेष्ठले बताए । प्रतियोगिताको दिनसम्म आर्थिक पाटो व्यवस्थापन हुने उनको भनाइ छ ।

त्यस्तै, राष्ट्रिय योग खेलकुद संघका केन्द्रीय महासचिव चुडामणि खरेलले अन्य खेलजस्तै योगको आसनको प्रतियोगिताले मेडल प्राप्त गर्न सक्ने अवस्था रहेको भन्दै हरेक उमेर समूहलाई योगमा जोड्ने प्रयास भइरहेको बताए । उनले स्वीट्जरल्याण्डको जेनेभामा सन् २०१३ मा स्थापित अन्तर्राष्ट्रिय योग स्पोर्टस महासंघ (आइवाइएसएफ) अन्तर्गत रहेर नेपालको राष्ट्रिय खेलकुद परिषदको मापदण्डअनुसार वि. सं. २०७३ मा राष्ट्रिय योग खेलकुद गठन भएर कार्य गरिरहेको बताए ।

आइवाइएसएफमा नेपाल सन् २०१७ मा आवद्ध भएको उनको भनाइ छ । उनका अनुसार संघले नेपालमा योग खेलकुदलाई प्रवर्द्धन गर्न हालसम्म ३ वटा दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता, ५ वटा राष्ट्रिय योग प्रतियोगिता, एउटा प्रदेशस्तरीय र एउटा उपत्यकास्तरीय प्रतियोगिता भइसकेको छ ।

योगले देशको अन्तर्राष्ट्रिय पहिचानमा भूमिका खेल्ने तथा हरेक उमेर समूहका नागरिकलाई योग गरेरै मेडल जित्न सकिने राष्ट्रिय अन्तर्राष्ट्रियस्तरको खेलाडी बन्न सक्ने अवसरका रुपमा रहेको जनाउँदै खरेलले योग खेलाडी उत्पादनका लागि संघले कार्य गरिरहेको स्मरण गरे ।

ए, बी तथा सी स्तरका प्रशिक्षक र जज उत्पादनका लागि अघि बढेको खरेलले बताए । त्यस्तै, भारतलगायत अन्य देशमा पनि योगलाई विद्यालयको पाठ्यक्रमलाई अनिवार्यरुपमा समावेश गरेको उल्लेख गर्दै उनले नेपालमा पनि शिक्षा मन्त्रालयमा यसबारेमा पहल गरिरहेको बताए ।

त्यस्तै, आगामी २०२५ मार्चमा एशियन योग खेलकुद प्रतियोगिता नेपालमा गराउनुपर्ने जिम्मेवारी आएको पनि उनले जानकारी गराए ।

बुधबार, भदौ २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न
WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना
आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना
प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ६.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • २.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ३.
    भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

  • ४.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ५.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

  • ८.
    ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.