• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, साउन ०२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

एक्सपर्ट एजुकेसन चितवनलाई पठन संस्कार अभियन्ता सम्मान

भरतपुर, २३ भदौ  शैक्षिक परामर्शदाता कम्पनी एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवन पठन संस्कार अभियन्ताको रूपमा सम्मानित भएको छ ।

नारायणगढको सम्पूर्ण किताबले आफ्नो वार्षिकोत्सवको अवसरमा एक्सपर्टलाई सम्मान गरेको हो । एक्सपर्टसँगै नारायणगढ जेसीजलाई पनि उक्त सम्मान दिइएको छ । संस्थामार्फत गरिने सबै कार्यक्रममा उपहार स्वरूप किताब दिने प्रचलनलाई प्रवर्धन गरी पठन संस्कारको विकासमा योगदान गरेको भन्दै ती दुई संस्थालाई सम्मान गरिएको सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीले एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेसीजका अध्यक्ष राजेन्द्र भट्टराईलाई कदरपत्र प्रदान गरे । ‘उपहारमा अरू सामान दिनुभन्दा किताब दिनु कैयौँ गुणा राम्रो देखिन्छ’, सम्मान ग्रहणपछि अधिकारीले भने– ‘किताबको सङ्ग्रह अरू सामानको सङ्ग्रहभन्दा निकै उपयोगी हुन्छ ।’ कार्यक्रममा मन्तव्य व्यक्त गर्ने अतिथिहरूले पनि किताब उपहार दिने प्रचलन र यो प्रचलनलाई सम्मान गर्ने सम्पूर्णको कार्य दुवैको खुलेर प्रशंसा गरे ।

२०७५ सालमा स्थापना भएको सम्पूर्ण किताबले विगतमा जस्तै यसपालि पनि सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई शैक्षिक सामग्री प्रदान गरेको छ । यसपालि भरतपुर–२९, जुगेडीस्थित कविलास माविमा कक्षा–७ मा अध्ययनरत सीमा गुरुङलाई शैक्षिक सामग्री उपलब्ध गराइएको हो । सम्पूर्णले हरेक वर्ष भदौ २३ मा एक छात्रालाई विविध शैक्षिक सामग्री प्रदान गर्छ ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ चितवन शाखाका अध्यक्ष परमेश आचार्यले छात्रालाई शैक्षिक सामग्री हस्तान्तरण गरे । झोला, कापी, कलम, ज्यामिती बक्स, क्याल्कुलेटर, विभिन्न पाठ्यपुस्तक, कपडा, साबुन, सेम्पु, नेलकटर, मञ्जन–ब्रस, सेनिटरी प्याडलगायतका सामग्री दिइएका छन् ।

विद्यालयका प्रधानाध्यापक सीताराम मोक्तानले पिछडिएका र विपन्न समुदायका बालबालिका अध्ययन गर्ने कविलासकी छात्रालाई दिएको शैक्षिक सामग्री सदुपयोग हुने प्रतिबद्धता जनाए । कार्यक्रममा धनराज गिरी, प्रेम रिमाल, रजनी मास्केलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

आइतबार, भदौ २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.