चितवन, भदौ २२– ईच्छाकामना गाउँपालिका– ३ पृथ्वी राजमार्ग अन्तर्गत फिस्लिङ नजिकै सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ ।
शनिबार बिहान साढे सात बजेको समयमा उक्त पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक विभागको समन्वयमा पहिरो हटाउन मेसिन बेलाइएको प्रहरीले जनाएको छ ।