• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ६. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ७. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ८. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ९. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • १०. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

जंगलबाट बाहिर निस्कन थाले घाइते बाघ


चितवन, भदौ ११- पछिल्लो समय संरक्षित क्षेत्रका वयस्क बाघ घाइते अवस्थामा मानव बस्तीमा निस्कन थालेका छन् । विगतमा बुढा र अशक्त बाघ जङ्गलमा सिकार गर्न नसकेपछि मानव बस्तीमा निस्कने गर्थे तर पछिल्लो समय वयस्क बाघ नै घाइते अवस्थामा निकुञ्जबाहिर भेटिन थालेका छन् । तिनले मानव बस्तीनजिकका साना वनमा बस्ने र घरपालुवा जनावर र मानिसलाई आक्रमण गर्ने गरेको पाइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले जङ्गलमा बाघहरू जुधेर घाइते हुँदा मानव बस्तीतर्फ निस्किएको बताए । उनले भने, “वयस्क दुई बाघ एकआपसमा भेटिएपछि जुध्छन् । यसरी जुध्दा बलियोले कमजोरलाई मार्न सक्छ । कतिपय घाइते भएर लखेटिन्छन् । यसरी लखेटिएका बाघ निकुञ्जबाहिरका बस्तीमा आइरहेका छन् ।”

चितवन राष्ट्रिय निकुञ्जनजिकको प्रतापपुरका बलबहादुर राईको गोठमा गत बिहीबार बिहान भैँसीको आक्रमणबाट करिब छ वर्षको बाघ मर्‍यो । जङ्गलमा अर्को बाघसँग जुधेर शरीरभरि चोटैचोट भएको शिथिल अवस्थाको बाघले भैँसीलाई आक्रमण गर्न खोज्दा उल्टै भैँसीले आक्रमण गरेर बाघ म¥यो ।

पोस्टमार्टममा संलग्न रहेका निकुञ्जका पशु चिकित्सक डा श्रेष्ठले भने, “जङ्गलमै दुई बाघ जुधेर त्यो बाघलाई घाइते बनाएर लखेटेको रहेछ । बाघ सातरआठ दिनदेखि भोकै भएकाले शिथिल अवस्थामा रहेको र आहाराको खोजीमा भैँसीलाई आक्रमण गर्न गएका बेला बाघलाई उल्टै भैँसीले हानेर मारिदियो ।”

यस्तै भदौ ३ गते निकुञ्जकै पश्चिमी क्षेत्रमा पर्ने नवलपरासीको विनयीत्रिवेणीको बगुवनबाट करिब छ वर्षको बाघले स्थानीयका दुई वटा बाख्रा र एउटा भैँसीलाई आक्रमण गरेर मारेपछि निकुञ्जले त्यसलाई नियन्त्रणमा लिएको थियो । मकैबारीमा लुकेर बसेको सो बाघको पछाडि फिलामा चोट छ । निकुञ्जले यो बाघ पनि एकआपसमा जुधेर घाइते भएको जनाएको छ ।

नारायणगढ बजारमा गत साउन २१ गते भरतपुर–२ का ६० वर्षीय पशुपति श्रेष्ठलाई आक्रमण गर्ने पाँच वर्षको बाघलाई उद्धार गरी सौराहा लगियो । घाइते नभएको यो बाघलाई केही दिन सौराहामै राखेर पछि निकुञ्जमै छाडियो । यी त निकुञ्जवरपरका प्रतिनिधि घटना हुन् । आर्थिक वर्ष २०८०र८१ मा निकुञ्जले ११ वटा बाघको उद्धार गरेको छ । चालु आव २०८१र८२ को करिब एक महिनामै दुई वटा बाघको उद्धार भएको छ । यसरी उद्धार गरिएका अधिकांश बाघ कुनै न कुनै रूपमा घाइते छन् ।

यस्तै आव २०८०र८१ मा चितवनमा आठ वटा बाघ मरेका छन् भने २०८१र८२ मा बिहीबार मरेको बाघ पहिलो बाघ हो । उद्धार गरिएकामध्ये सौराहामा तीन, कसरामा दुई र देवनगरमा दुई गरी छ वटा बाघ चितवनमै थुनेर पालिएको छ । यस्ता समस्यामा परेर थुनेर पालिएका बाघ बर्दियामा चार र बाँकेमा एउटा छन् । निकुञ्जमा बाघको सङ्ख्या बढेसँगै बासस्थानको अभावमा पनि बाघ एकआपसमा जुध्ने गरेको बताइन्छ ।

वन्यजन्तुविद् डा बाबुराम लामिछाने बाघको सङ्ख्या बढेसँगै वयस्क बाघहरू जुध्न थालेको बताउनुहुन्छ । उनले भने, “बाघको सङ्ख्या बढेकै कारण एकआपसमा जुध्न थाले । यसरी बाघ जुध्नु भनेको कि त निकुञ्जमा आहाराको कमी भयो कि त बासस्थान सानो भयो भन्ने बुझ्नु पर्छ ।”

सन् २०२२ को गणना अनुसार नेपालमा ३५५ बाघ छन्, जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा १२८ बाघ छन् । यसअघिको सन् २०१८ को गणना अनुसार चितवनमा ९३ वटा मात्रै बाघ थिए । बाघको सङ्ख्या बढे पनि ९५३ वर्ग किलोमिटरमा फैलिएको निकुञ्ज र ७५० वर्ग मिटर फैलिएको मध्यवर्ती क्षेत्रको वन क्षेत्र भने बढ्न सकेको छैन । एक अध्ययन अनुसार बाघको पोथीले १५ देखि ४० वर्ग किलोमिटर र भालेले २५ देखि ६० वर्ग किलोमिटर आफ्नो कार्यक्षेत्र बनाउने गर्दछ । आफ्नो कार्यक्षेत्रमा अन्य बाघ आए उनीहरू एकआपसमा जुध्ने गर्छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ६.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.