• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

जंगलबाट बाहिर निस्कन थाले घाइते बाघ


चितवन, भदौ ११- पछिल्लो समय संरक्षित क्षेत्रका वयस्क बाघ घाइते अवस्थामा मानव बस्तीमा निस्कन थालेका छन् । विगतमा बुढा र अशक्त बाघ जङ्गलमा सिकार गर्न नसकेपछि मानव बस्तीमा निस्कने गर्थे तर पछिल्लो समय वयस्क बाघ नै घाइते अवस्थामा निकुञ्जबाहिर भेटिन थालेका छन् । तिनले मानव बस्तीनजिकका साना वनमा बस्ने र घरपालुवा जनावर र मानिसलाई आक्रमण गर्ने गरेको पाइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले जङ्गलमा बाघहरू जुधेर घाइते हुँदा मानव बस्तीतर्फ निस्किएको बताए । उनले भने, “वयस्क दुई बाघ एकआपसमा भेटिएपछि जुध्छन् । यसरी जुध्दा बलियोले कमजोरलाई मार्न सक्छ । कतिपय घाइते भएर लखेटिन्छन् । यसरी लखेटिएका बाघ निकुञ्जबाहिरका बस्तीमा आइरहेका छन् ।”

चितवन राष्ट्रिय निकुञ्जनजिकको प्रतापपुरका बलबहादुर राईको गोठमा गत बिहीबार बिहान भैँसीको आक्रमणबाट करिब छ वर्षको बाघ मर्‍यो । जङ्गलमा अर्को बाघसँग जुधेर शरीरभरि चोटैचोट भएको शिथिल अवस्थाको बाघले भैँसीलाई आक्रमण गर्न खोज्दा उल्टै भैँसीले आक्रमण गरेर बाघ म¥यो ।

पोस्टमार्टममा संलग्न रहेका निकुञ्जका पशु चिकित्सक डा श्रेष्ठले भने, “जङ्गलमै दुई बाघ जुधेर त्यो बाघलाई घाइते बनाएर लखेटेको रहेछ । बाघ सातरआठ दिनदेखि भोकै भएकाले शिथिल अवस्थामा रहेको र आहाराको खोजीमा भैँसीलाई आक्रमण गर्न गएका बेला बाघलाई उल्टै भैँसीले हानेर मारिदियो ।”

यस्तै भदौ ३ गते निकुञ्जकै पश्चिमी क्षेत्रमा पर्ने नवलपरासीको विनयीत्रिवेणीको बगुवनबाट करिब छ वर्षको बाघले स्थानीयका दुई वटा बाख्रा र एउटा भैँसीलाई आक्रमण गरेर मारेपछि निकुञ्जले त्यसलाई नियन्त्रणमा लिएको थियो । मकैबारीमा लुकेर बसेको सो बाघको पछाडि फिलामा चोट छ । निकुञ्जले यो बाघ पनि एकआपसमा जुधेर घाइते भएको जनाएको छ ।

नारायणगढ बजारमा गत साउन २१ गते भरतपुर–२ का ६० वर्षीय पशुपति श्रेष्ठलाई आक्रमण गर्ने पाँच वर्षको बाघलाई उद्धार गरी सौराहा लगियो । घाइते नभएको यो बाघलाई केही दिन सौराहामै राखेर पछि निकुञ्जमै छाडियो । यी त निकुञ्जवरपरका प्रतिनिधि घटना हुन् । आर्थिक वर्ष २०८०र८१ मा निकुञ्जले ११ वटा बाघको उद्धार गरेको छ । चालु आव २०८१र८२ को करिब एक महिनामै दुई वटा बाघको उद्धार भएको छ । यसरी उद्धार गरिएका अधिकांश बाघ कुनै न कुनै रूपमा घाइते छन् ।

यस्तै आव २०८०र८१ मा चितवनमा आठ वटा बाघ मरेका छन् भने २०८१र८२ मा बिहीबार मरेको बाघ पहिलो बाघ हो । उद्धार गरिएकामध्ये सौराहामा तीन, कसरामा दुई र देवनगरमा दुई गरी छ वटा बाघ चितवनमै थुनेर पालिएको छ । यस्ता समस्यामा परेर थुनेर पालिएका बाघ बर्दियामा चार र बाँकेमा एउटा छन् । निकुञ्जमा बाघको सङ्ख्या बढेसँगै बासस्थानको अभावमा पनि बाघ एकआपसमा जुध्ने गरेको बताइन्छ ।

वन्यजन्तुविद् डा बाबुराम लामिछाने बाघको सङ्ख्या बढेसँगै वयस्क बाघहरू जुध्न थालेको बताउनुहुन्छ । उनले भने, “बाघको सङ्ख्या बढेकै कारण एकआपसमा जुध्न थाले । यसरी बाघ जुध्नु भनेको कि त निकुञ्जमा आहाराको कमी भयो कि त बासस्थान सानो भयो भन्ने बुझ्नु पर्छ ।”

सन् २०२२ को गणना अनुसार नेपालमा ३५५ बाघ छन्, जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा १२८ बाघ छन् । यसअघिको सन् २०१८ को गणना अनुसार चितवनमा ९३ वटा मात्रै बाघ थिए । बाघको सङ्ख्या बढे पनि ९५३ वर्ग किलोमिटरमा फैलिएको निकुञ्ज र ७५० वर्ग मिटर फैलिएको मध्यवर्ती क्षेत्रको वन क्षेत्र भने बढ्न सकेको छैन । एक अध्ययन अनुसार बाघको पोथीले १५ देखि ४० वर्ग किलोमिटर र भालेले २५ देखि ६० वर्ग किलोमिटर आफ्नो कार्यक्षेत्र बनाउने गर्दछ । आफ्नो कार्यक्षेत्रमा अन्य बाघ आए उनीहरू एकआपसमा जुध्ने गर्छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.