×
सोमबार, असार ०९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

अमेरिकाले गर्‍यो इरानमा आक्रमण

आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

टी-२० त्रिकोणात्मक सिरिजःअन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

लोकप्रिय समाचार

  • १. गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २. ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • ३. सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • ४. दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

  • ५. मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ६. आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • ७. एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

  • ८. आज मिति २०८२ साल असार ६ गते शुक्रबार, यस्तो छ तपाईकोे राशिफल

  • ९. रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

  • १०. नारायणगढ-बुटवल सडकखण्ड फेरि बन्दः डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

नासिँदै मौलिक सम्पदा


ढोरपाटन (बागलुङ), भदौ ५-  ग्रामीण क्षेत्रमा जथाभावी निर्माण भएका सडकले मौलिक सम्पदा मासिँदै गएका छन् । आधुनिक भौतिक संरचना तथा सडक निर्माण हुँदा गाउँका डाँडा, भञ्ज्याङ, बाटो छेउमा रहेका चौतारा, धर्मशाला र देउराली मासिँदै गएका हुन् ।

भरिया, स्थानीयले थकाइ मेटाउने चौतारा, बटुवाले बास बस्ने पाटीपौवा र धर्मशालाको अस्तित्व समाप्त हुँदै गएपछि बुढापाकाले चिन्ता व्यक्त गर्न थालेका हुन् । सडकले हप्ता दिन लगाएर पुग्ने गन्तव्य छोटो बनाए पनि मौलिक सम्पदाको पहिचान भने मेटिदै गएका छन् ।

ढोरपाटन नगरपालिका–९ का ७६ वर्षीय नन्दराम घर्ती मगरले पहिले–पहिले कतै पनि मोटरबाटो नहुँदा टाढाको यात्रा गर्दा पाटीपौवा, धर्मशालामा बास बस्ने र चौतारीमा बसेर थकाइ मार्ने गरेको स्मण गर्दै अहिले ती सम्पदा मेटिएकामा दुःखेसो पोख्नुभयो । उतिबेलाका हरेक नागरिकमा मौलिक सम्पदा संरक्षण गर्नुपर्छ भन्ने सोच हुने गरेको भन्दै अहिले सडक सञ्जालले गर्दा त्यसतर्फ कसैको ध्यान पुग्न नसकेको उहाँले गुनासो सुनाउनुभयो ।

डेढदशक अगाडि गाउँबाट साता दिनसम्म हिडेर बजार पुग्ने गरेको सुनाउँदै मगरले अहिले केही घण्टामा पुग्न सकिने अवस्था आएको बताउनुभयो । “अहिलेका पुस्तालाई पाटीपौवा, धर्मशाला, चौपारी के हो भन्ने थाहा छैन । दुईरचार वर्ष अगाडि गाउँमा वरपिपलका चौपारी भेटिन्थे, गर्मीको समयमा त्यहीँ गएर शीतल लिन्थ्र्यौँ”, उहाँले भन्नुभयो, “अहिले ती वरपिपल पनि डोजरले उप्काएर फाल्यो, उतिबेला चौपारी भएको ठाउँमा अहिले मोटर गाडी गुड्छन्, नयाँ पुस्ताले मौलिक सम्पदा चिन्न सकेनन्, संरक्षण गर्न जानेनन् ।”

गाउँमा सडक आएपछि आवागमन र दैनिकी सहज भए पनि मौलिक सम्पदा संरक्षण गर्नतर्फ कसैको ध्यान नगएको निसीखोला गाउँपालिका–१ का ७२ वर्षीय कुमबहादुर बुढा मगरले बताउनुभयो । आफूहरुको पालामा वरपिपल रोपेर चौपारी बनाउँदा पुण्य कमाइने मान्यता राखिने भन्दै अहिले पापपुण्य भन्ने चलन हराउँदै गएको उहाँले गुनासो पोख्नुभयो । सडक नआउँदासम्म गाउँको १२र१५ स्थानमा वर र पिपलको चौपारी तथा ढुङ्गे धारा रहेको सुनाउँदै अहिले ती ठाउँ सबै पुरिएर सडक बनेका उहाँले उल्लेख गर्नुभयो ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले विकास निर्माण गर्दा मौलिक सम्पदाको संरक्षणलाई ध्यानमा राखेर काम गरिरहेको बताउनुभयो । पालिकाले पोखरी संरक्षणका लागि पुरानालाई मर्मत र नयाँ निर्माणलाई जोड दिएको उहाँले जानकारी दिनुभयो ।

मौलिक सम्पदाले समाजको पहिचान बोकेको भन्दै यसले पर्यटक प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष घर्तीले बताउनुभयो । निसीखोलामा बढी ग्रामीण क्षेत्र रहेकाले पनि मौलिक संस्कृतिको संरक्षणमा गाउँ, समाज र स्थानीय प्रशासनको भूमिका रहने भन्दै आपसी सहकार्य र एकताका साथ काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रासस

बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह
एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल
अमेरिकाले गर्‍यो इरानमा आक्रमण
गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड
ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट
रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

लोकप्रिय

  • १.
    गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २.
    ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • ३.
    सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • ४.
    दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

  • ५.
    मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ६.
    आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • २.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ३.
    एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

  • ४.
    अमेरिकाले गर्‍यो इरानमा आक्रमण

  • ५.
    आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ६.
    गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

  • ७.
    ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • ८.
    रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.