×
आइतबार, असार ०१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ६. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ७. यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ८. आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ९. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • १०. आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

दन्त चिकित्सक दम्पतीद्वारा फाउन्डेसन स्थापना


चितवन, १ भदौ । सामाजिक क्षेत्रमा क्रियाशीलता देखाउँदै आएका चितवनका एक चिकित्सक दम्पतीले फाउन्डेसन स्थापना गरेका छन् । वरिष्ठ दन्तरोग विशेषज्ञद्वय डा अजय न्यौपाने र डा सरु थापाले ‘डा अजय एण्ड डा सरु फाउण्डेसन’ स्थापना गरेका हुन् ।

फाउन्डेसन स्थापनाको जानकारी दिँदै डा न्यौपानेले स्वास्थ्य, शिक्षा, विपद्, कला संस्कृति, खेलकुदलगायत क्षेत्रमा काम गर्ने बताउनुभयो । हप्ताको सातै दिन दम्पतीले नै काम गरेर त्यहाँबाट भएको आफ्नै आम्दानीले फाउन्डेसनमार्फत सामाजिक काम गर्ने उहाँले जानकारी दिनुभयो । वार्षिक रु १० लाख अक्षय कोषमा राख्दै जाने र चालु पुँजीका रुपमा यस आर्थिक वर्षमा रु १० लाख छुट्याएको उहाँले बताउनुभयो ।

अक्षय कोषमा राखिएको पैसा नचलाउने तर, चालु पुँजीबाट फाउन्डेसनले काम गर्ने न्यौपानेले बताउनुभयो । आउँदो वर्षबाट कोषको ब्याजबाट प्राप्त रकममा अरु रकम थपगरी त्यही पैसाबाट फाउन्डेसनले सामाजिक काम गर्ने उहाँको भनाइ छ । दश वर्षमा अक्षयकोष रु एक करोड पु¥याउने लक्ष्य राखेको भन्दै डाक्टर न्यौपानले सामाजिक काममा अन्य सङ्घसंस्थासँग सहकार्य गरिने तर, फाउन्डेसन सञ्चालनका लागि अरुसँग आर्थिक सहयोग नलिइने बताउनुभयो । अक्षय कोषबाट प्राप्त व्याजले अपुग हुँदा आफूहरुले आर्जन गरेको रकम राखेर सामाजिक काम गर्ने दम्पतीको योजना छ ।
फाउन्डेसनले बर्सेनि २० विद्यार्थीलाई प्रति विद्यार्थी १० हजार रुपैयाँका दरले छात्रवृत्ति दिने, पाँच शिक्षकलाई १० रुपैयाँका हजारका दरले प्रोत्साहन पुरस्कार दिने योजना छ । छात्रवृत्ति सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब, विपन्न तथा मेधावी विद्यार्थीलाई प्रदान गरिने भन्दै न्यौपानेले सामुदायिक विद्यालयकै उत्कृष्ट शिक्षकहरुलाई पुरस्कृत गरिने जानकारी दिनुभयो । छात्रवृत्ति र पुरस्कार रकम अन्य व्यक्ति तथा संस्थाबाट नभइ आफूहरुले नै मूल्याङ्कन गरी प्रत्यक्षरुपमा प्रदान गर्ने उहाँले बताउनुभयो ।
स्वास्थ्य क्षेत्रमा विपन्नलाई आँखाको उपचार गर्न सहयोग गर्ने, स्वास्थ्य पहुँचमार्फत गाउँगाउँमा पुगेर शिविरमार्फत सेवा दिने, आकस्मिक स्वास्थ्य सहयोग गर्नेलगायत उहाँहरुको योजना छ । ग्रामीण क्षेत्रका विपन्न २० परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने फाउन्डेसनको योजना रहेको डा सरु थापाले बताउनुभयो । सुरुका वर्षमा गाउँपालिकामा यी कार्यक्रम सञ्चालन गर्ने योजना फाउन्डेसनको छ ।
फाउन्डेसनका सञ्चालक चिकित्सक दम्पतीले हालसम्म ७० हजार भन्दा बढीको दाँत तथा मुखको उपचार गरिसकेको बताउनुभयो । उहाँहरुले उपचार गरेका बिरामीमध्ये विभिन्न स्वास्थ्य शिविरमा आधाभन्दा बढी रहेका थापाको भनाइ छ । आगामी दिनमा फाउन्डेसनले सञ्चालन गर्ने शिविरमा सबै प्रकारको विशेषज्ञ शिविर हुने उहाँहरुको भनाइ छ ।

शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न
WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना
आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना
प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ६.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • २.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ३.
    भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

  • ४.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ५.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

  • ८.
    ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.