• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ६. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ७. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ८. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ९. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • १०. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

साउनको अन्तिम सोमबारः देवघाटमा ५० हजार भक्तजन आउने अनुमान


काठमाडौँ, साउन २८-  आज साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका भक्तजनले आज विधिपूर्वक व्रत समाप्त गर्दैछन् । साउनको सोमबारलाई भगवान् शिवको प्रिय बार मानिने भएकाले यस दिन व्रत बसेर पूजापाठ र दान गर्दा सुख प्राप्त हुनाका साथै परिवारमा शान्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

देवघाटमा ५० हजार भक्तजन आउने
तनहुँको धार्मिक तीर्थस्थल देवघाटमा आज बोलबम मेला भर्न करिब ५० हजार भक्तजन आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिनुभयो । तेस्रो सोमबार ३५ हजार, पहिलो र दोस्रो सोमबार २५/२५ भक्तजन आएका उहाँले बताउनुभयो । चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थलमा रहेको देवघाटमा हरेक वर्ष साउनको सोमबार उत्सवका रुपमा मनाइने बोलबम मेलामा स्वदेश तथा विदेशबाट हजारौँ भक्तजन आउने गरेका निर्देशक बरालले उल्लेख गर्नुभयो । मेलामा स्नान गर्न आउने भक्तजनको सुरक्षाका लागि तनहुँ र चितवनतर्फ सुरक्षा सतर्कता बढाइएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।
सप्तरीका शिवालयमा व्रतालुको घुइँचो
सप्तरीमा रहेका शिव मन्दिरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । विशेष गरी साउनको सोमबार व्रत बसेर आज समापन गर्नेहरुको घुइँचो लागेको स्थानीय रामनाथ यादवले बताउनुभयो ।
साउनमा शिवजीको व्रत बस्नाले पारिवारिक सुख, समृद्धि, विद्या, धनलगायत शान्ति प्राप्त हुने विश्वास वैदिक शास्त्रमा उल्लेख गरिएकाले यहाँका शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको उहाँले उल्लेख गर्नुभयो ।
जिल्लाको राजविराज नगरपालिकास्थित हरिनन्देश्वर, महादेवा गाउँपालिकाको अकुरी, हनुमानगर कङ्कालिनी नगरपालिका–२ स्थित महादेव, शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ महादेवको मन्दिर तथा जिल्लाको वीरेन्द्र बजारबाट उत्तर चुरै पहाडमा अवस्थित शनिशिव धाममा भक्तजनको घुइँचो लागेको छ ।
सिद्धेश्वर शिवालयमा वैदिक विधिपूर्वक विशेष गरिँदै
अर्घाखाँचीको भक्तिटोला चुत्राबेँसीस्थित सिद्धेश्वर शिवालयमा साउनको अन्तिम सोमबार आज बिहानैदेखि वैदिक विधिपूर्वक विशेष पूजाआजा भइरहेको छ । रुद्री तथा शिवजीको विशेष पूजामा सहभागी हुन जिल्लाका विभिन्न स्थानबाट आएका भक्तजनको मन्दिर परिसरमा घुइँचो लागेको मन्दिरका पुजारी पण्डित सुमन्तप्रसाद पोख्रेलले बताउनुभयो ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको सिद्धेश्वर शिवालय मन्दिरमा स्फटिकको शिवलिङ्ग स्थापना गरी दैनिक वैदिक विधिपूर्वक पूजाआजा गरिँदै आइएको बताउँदै आज समापन गरिने मन्दिरका संरक्षक नारायणप्रसाद खनालले बताउनुभयो ।
गलेश्वर शिवालयमा एक महिनामा एक लाखले दर्शन गरे
म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा साउन महिनामा मात्रै एक लाख बढी भक्तजनले दर्शन तथा पूजाआजा गरेका छन् । भगवान् शिवको पूजाआराधनाका लागि उत्तम मानिने साउने सोमबारमा गलेश्वर शिवालयमा म्याग्दीका साथै, पर्वत, बागलुङ, कास्की, तनहुँ, गोरर्खा, चितवन, बुटवल, भैरवा, काठमाडौँलगायत ठाउँबाट उल्लेख्य मात्रामा भक्तजनक आएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
साउनको चारवटै सोमबार भक्तजनको सुरक्षाका लागि सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरेर लाइन व्यवस्थित गरी सहज पूजा गर्ने वातावरण मिलाइएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । बेनी–जोमसोम कोरला सडक हुँदै मुक्तिनाथ दर्शन गर्न हिँडेका भारतीय धार्मिक पर्यटकले समेत गलेश्वरको दर्शन गरेका उहाँले बताउनुभयो ।
गत वर्ष मन्दिरमा पूजाआजा र दर्शन गर्न आएका भक्तजनले चढाएको भेटीबाट रु ५८ लाख ४० हजार पाँच सय १० आम्दानी भएको कोषका सदस्यसचिव बलबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्षको साउन तेस्रो सोमबारसम्म गलेश्वर शिवलायमा रु १० लाख ७४ हजार सात सय ४७ भेटी सङ्कलन भएको छ । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको विशाल चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । रासस

सोमबार, साउन २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ६.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.