चितवन, १७ साउन । चितवनको भरतपुरमा रहेका दुईवटा लायन्स क्लबले वृक्षरोपण गरेका छन् । लायन्स क्लब अफ भरतपुर मिडटाउन र लायन्स क्लब चितवन चन्द्रसूर्यको आयोजनामा भरतपुर–१० मा रहेको चितवन माध्यमिक विद्यालयको प्राङ्गणमा वृक्षरोपण गरेको लायन्स क्लब अफ भरतपुर मिडटाउनका अध्यक्ष आनन्द घिमिरेले बताउनुभयो ।
कार्यक्रमका सहअध्यक्ष लायन्स क्लब चितवन चन्द्रसूर्यका अध्यक्ष शम्भु भट्टले स्वागत गर्दै वृक्षरोपणको औचित्यबारे प्रट्याउनुभएको थियो । सो कार्यक्रममा लायन्स क्लब अफ डिस्ट्रिक्ट ३२५ आरका प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर नवराज सापकोटाले वृक्षरोपणको सुरुआत गर्नुभएको थियो । उहाँले वृक्षरोपणको सुरुआत गर्दै लायन्स क्लब हरेक सामाजिक काममा अगाडि रहेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी शर्माले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा लायन्स क्लब अफ भरतपुर मिडटाउनका अध्यक्ष आनन्द घिमिरेले धन्यवादसहित कार्यक्रमको समापन गर्नुभएको थियो । वृक्षरोपणमा विद्यालयभित्र धुपी, अम्बा, अमला, विभिन्न प्रकारका फूलका बिरुवा, म्याङ्गोस्टिक एवम् विद्यालयको चौतारोका लागि पिपलको बिरुवासहित एक सय ७५ वटा बिरुवा रोपिएको घिमिरेले बताउनुभयो ।