• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

सिमलताल घटना : सोह्र दिनसम्म पनि फेला परेनन् पहिरोमा बेपत्ता भएका बस

चितवन, १३ साउन । चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा पर्ने भरतपुर–२९ सिमलतालमा आएको पहिरोमा परी बेपत्ता भएका दुईवटा बस हालसम्म पनि फेला परेका छैनन् । गत असार २८ गते बिहान माथिबाट लेदोसहित आएको पहिरोले बगाउँदा त्रिशूलीमा खसेर बेपत्ता भएका दुईवटा बस र बसमा सवार यात्रुको खोजी तथा उद्धार कार्य सुरु भएको १६ दिनसम्म पनि दुवै बस र बसका ३७ जना यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन ।

दुर्घटनाको केहीदिनसम्म नारायणी नदीको चितवन र नवलपुरतर्फका विभिन्न भाग एवम् भारतीय क्षेत्रमा गरी २४ यात्रुको शव भेटिएको थियो । अहिले पछिल्लो समय थप यात्रु र बसको खोजी तथा उद्धार कार्य नेपालका सुरक्षाकर्मी र भारतीय सुरक्षाकर्मीले संयुक्तरुपमा गरेको भए पनि घटनाबारे उपलब्धीपूर्ण सूचनासमेत प्राप्त हुन सकेको छैन । नेपाल सरकारले बेपत्ता बस र यात्रुका खोजीका लागि बोलाएको चार जना भारतीय गोताखोर सहित १२ को टोली परिचालन गर्दा समेत बसको अबस्थाबारे जानकारी लिन नसकिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबवले जानकारी दिनुभयो ।

साउन ५ गतेदेखि यहाँ आएर खोजी कार्यमा लागेको भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोलीले सात दिनसम्म नदीमा विभिन्न प्रविधिको प्रयोग गरेर खोजी कार्य गरेपछि बसको सुराकसम्म नपाएपछि काम स्थगित गरेर आइतबार भारत फिर्ता गएको छ । खोज तथा उद्धारका क्रममा आफूहरुले पाएको प्रारम्भिक जानकारी जिल्ला प्रशासन कार्यालय चितवन र नेपाल सरकारलाई उपलब्ध गराएर टोली फिर्ता भएको हो । उनीहरुले प्रमुख जिल्ला अधिकारी यादबले बिदाइ गर्नुभयो ।

बिदाइ पश्चात पत्रकार सम्मेलनमा बोल्दै यादवले साउन ४ गतेदेखि आइतबार साँझसम्म थप कुनै शव र कुनै बसका अवशेष समेत फेला पर्न नसकिएको बताउनुभयो । पहिरोमा परी बस र यात्रु बेपत्ताभएपछि हालसम्म विभिन्न ठाउँमा गरी २४ जनाको शब भेटिएको भए पनि अन्यको शव भेटिन नसकेको उहाँको भनाइ छ । भारतीय गोताखोर सहितको टोलीले घटनास्थल सिमलतालबाट गाईघाटसम्मको ३ दशमलब ५ किलोमिटर क्षेत्रफलमा बस हुन सक्ने अनुमान गरेको उहाँले बताउनुभयो ।
भारतीय टोली फर्किए पनि नेपालको टोलीले खोजी जारी राख्ने उहाँले जानकारी दिनुभयो । नदीको गहिराइ, पानीको बहाब अनुशरको उपकरण अभावका कारण खोजीमा कठिन भएको प्रजिअ यादवले बताउनुभयो । गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३– ००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा यात्रुसहित बेपत्ता भएको थियो ।
दुवै बसमा सवार ६५ जनामध्ये तीन जना त्रिशूली नदीबाट पौडिएर सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । हाल सम्म २४ जनाको शब भेटिएको ती मध्ये १८ जनाको पहिचान खुलेर परिवारलाई बुझाइसकिएको छ । बाँकी ६ जनाको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।

आइतबार, साउन १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.