Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, साउन २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ४. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

प्रधानमन्त्री ओलीसँग पहिलो पटक साउन ७ गते प्रश्नोत्तर हुने

काठमाडौ, साउन ४- प्रतिनिधि सभामा साउन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर हुने भएको छ । सभामुख देवराज घिमिरे तथा राजनीतिक दलका मुख्यरप्रमुख सचेतकबिचको छलफलमा प्रश्नोत्तर साउन ७ गर्ने गरी सभाको क्यालेन्डरमा समझदारी भएको छ । सभामा यसअघिको सूचना अनुसारै प्रश्नोत्तर गर्न लागिएको हो ।

सचिवालयले तयार पारेको मसौदा क्यालेन्डरलाई शुक्रबारको कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिने छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पहिलो पटक प्रश्नोत्तर हुन लागेको हो । सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौलाले ७ गते प्रश्नोत्तर गर्ने गरी दुई साताको प्रतिनिधि सभाको कार्यतालिका तय भएको जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि झैँ सभा र समितिका लागि सातामा तीन तीन दिनको समय तोकिएको छ ।

प्रतिनिधि सभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर व्यवस्था छ । नियमावलीले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने व्यवस्था छ । प्रतिनिधि सभामा प्रश्नका लागि वर्णानुक्रम अनुसार सदस्यहरूको समूह विभाजन गरेको छ । सोही समूहका सदस्यले मात्र प्रश्न गर्न पाउने छन् । यस्ता प्रश्न सभामुखले तोकेको दिनभित्रै सचिवालयमा दर्ता गर्ने अभ्यास छ । एक दिनमा बढीमा १५ सदस्यले प्रश्न गर्न पाउने व्यवस्था नियमावलीले गरेको छ ।

सभामुख र दलबिचको परामर्शमा तय भएको कार्यतालिकामा साउन ६, ७ र ८ गते प्रतिनिधि सभा बैठक चलाउने उल्लेख छ । यस्तै ९, १० र ११ गते समिति सञ्चालनको समय तोकिएको छ । दोस्रो सातामा १३, १४ र १५ मा पनि प्रतिनिधि सभा सञ्चालनको प्रस्ताव छ । औपचारिक रूपमा कार्यतालिका शुक्रबार टुङ्गिने छ । प्रश्नोत्तरलगायतका दिनबाहेक आकस्मिक, शून्य र विशेष समय पनि सञ्चालत हुने छन् । यस्तै यसबिचमा विधायन व्यवस्थापन, सुरक्षण मुद्रणलगायतका विधेयकलाई पनि अघि बढाइने छ । सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक पनि अघि बढाउने गरी कार्यतालिकामा समावेश छ ।

कार्यतालिकामा समावेश नभए पनि आकस्मिक रूपमा कुनै विधेयक अघि बढाउन सकिने छ । यस्तै मन्त्रीहरूले सार्वजनिक महत्त्वको विषयमा वक्तव्य दिन चाहे समय उपलब्ध हुने छ । संसदीय अभ्यास अनुसार विपक्षी दलका नेता, पूर्वप्रधानमन्त्री तथा पूर्वसभामुखले समय माग गरेमा दिनुपर्ने छ । विषयवस्तु हेरेर आकस्मिक समय पनि निर्धारण हुने छ ।

शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

लोकप्रिय

  • १.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ४.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५.

  • ६.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ७.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ८.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.