काठमाडौं – नेपाल एपिएफ फुटबल क्लबले एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको खेल मलेसियामा खेल्ने भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले विहीबार सार्वजनिक गरेको समूह ड्र अनुसार एपिएफ समूह सी मा परेको हो । यस समूहमा उज्बेकिस्तानको एफसी नासाफ र मलेसियाको सबाह एफए रहेका छन् ।
प्रारम्भिक चरणमा सहभागी १३ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष टोलीले अर्को चरणमा स्थान बनाउनेछ । शीर्ष वरीयताका ८ क्लबले अर्को चरणमा स्थान पक्का गरिसकेका छन् ।
प्रतियोगिताको खेल अगस्ट २५ देखि ३१ सम्म हुनेछ । एपिएफ हाल प्रतियोगिताको लागि तयारी गरिरहेको छ ।