काठमाडौं,साउन ३- प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहिलेको अवस्था बदल्नुपर्ने बताएका छन् । बिहीबार ६२ औँ इन्जिनियर दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको अवस्था अहिले राम्रो नभएको पनि बताएका हुन् । ‘देशको अवस्था राम्रो छैन । देश प्रशंसा गर्न लायक छ, गौरवपूर्ण इतिहास छ । भविष्य उज्वल छ । त्यसमा कुनै सन्देह छैन । तर आज सन्तोष मान्न, खुसी हुन सकिने अवस्था छैन । हामीले यो अवस्थालाई बदल्नै पर्नेछ,’ उनले भने । देश प्रशंसा गर्न लायक भए पनि देशको अवस्था भने प्रशंसा गर्न लायक नभएको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले देशको इतिहास गौरवपूर्ण र प्रशंसा गर्न लायक भएको बताए । उनले देशको भविष्य उज्वल रहेको भए पनि अहिलेको अवस्था भने सन्तोष मान्न र खुसी हुन सकिने नरहेको बताए ।