काठमाडौं – ललित स्मृति यु-१८ लिगमा मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले विजयी सुरुवात गरेका छन् ।
मंगलबार भएको दिनको पहिलो खेलमा मनाङ मर्स्याङ्दीले संकटा क्लब विरुद्ध १-० को जित हात पारेको हो । मनाङ मर्स्याङ्दीका लागि विशाल चन्दले ४०औं मिनेटमा एकमात्र गोल गरे ।
दिनको दोस्रो खेलमा मछिन्द्रले त्रिभुवन आर्मीका क्लबलाई १-० ले नै हराएको हो । मछिन्द्रका लागि ७९औं मिनेटमा कबीर तामाङले गोल गरे ।
आजका खेलसँगै पहिलो चरणका खेलहरू समाप्त भएका छन् । भोलि दोस्रो चरणका खेल सुरु हुनेछन् ।
दिनको १ बजे चर्च ब्वाइज युनाइटेड र थ्री स्टार क्लब भिड्ने छन् भने दिनको चार बजे एफसी खुमलटार र न्यू रोड टिम भिड्ने छन् ।