• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

लाइसेन्स निलम्बनपछि पतञ्जलीले रोक्यो १४ उत्पादनको बिक्री, स्टोरबाट फिर्ता माग्यो


काठमाडौँ, असार २६- रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले १४ वटा उत्पादनको बिक्री वितरण रोकिएको स्पष्ट पारेको छ । मंगलबार भारतीय सर्वोच्च अदालतमा यसबारे भएको वहसका क्रममा पतञ्जलीले स्टोरहरुमा रहेका यी १४ उत्पादन फिर्ता समेत मगाइएको जानकारी गराएको छ ।

न्यायधिश हिमा कोहली र सन्दीप मेहताको इजलासमा पतञ्जलीले ५ हजार ६०६ फ्रेन्चाइज स्टोरलाई यी १४ उत्पादन फिर्ता लिन निर्देशन दिएको स्पष्ट पारेको हो । त्यस्तै विभिन्न मिडिया तथा डिजिटल प्लेटफर्ममा यी १४ उत्पादको विज्ञापन फिर्ता लिन भनिएको पतञ्जलीले जनाएको छ । अदालतले भने विज्ञापन हटाउन सामाजिक सञ्जाललाई गरिएको अनुरोध स्वीकार भएको छ, छैन ? विज्ञापन फिर्ता भएको सुनिश्चितता पत्र दुई साताभित्र पेश गर्न पतञ्जलीलाई निर्देशन दिएको छ । सो इजलासले मुद्दाको अर्को सुनुवाइ जुलाई ३० का लागि तोकेको छ ।

यसअघि अप्रिलमा उत्तराखण्ड राज्यको लाइसेन्सिङ प्राधिकरणले १४ उत्पादनको लाइसेन्स निलम्बन गरेको थियो । निलम्बन भएका १४ उत्पादनमा स्वसारी गोल्ड, स्वसारी वटी, ब्रोन्कोम, स्वसारी प्रहवी, स्वसारी अवलेह, मुक्तवती एक्स्ट्रा पावर, लिपीदोम, बीपी ग्रिट, मधुग्रिट, मधुना सिनीवती एक्स्ट्रा पावर, पतन्जली दृष्टि आई ड्रप, आईग्रिट गोल्ड, लिवोग्रिट र लिवाम्रित एडभान्स छन् ।

के हो पतञ्जलीको मुद्दा ?

भारतीय मेडिकल एसोसिएसन (आईएमए)को कोभिड खोप अभियान र औषधिको आधुनिक प्रणालीविरूद्ध पतञ्जलीले फोहोरी अभियान चलाएको आरोप लागेको छ । आफ्ना उत्पादनको भ्रामक प्रचार गरी औषधिको आधुनिक प्रणालीविरुद्ध अभियान चलाएको भन्दै परेको मुद्दाबारे अदालतमा सुनुवाइ जारी छ ।

यसअघि नै सर्वोच्चले लाइसेन्स निलम्बन भएका उत्पादन बिक्री नगर्न पतन्जलीलाई भनेको थियो । ‘लाइसेन्स निलम्बन भएमा उत्पादन बेच्नु हुँदैन, सूचना जारी गर्नुपर्छ’ अदालतका न्यायाधीश अमानुल्लाहले भनेका छन् । पतञ्जलीललाई उत्पादन रोक्नको लागि विभिन्न निकायबाट दिइएका निर्देशनका बाबजुद भ्रामक विज्ञापन जारी राखेको आईएमएको आरोप छ ।

उत्तराखण्ड लाइसेन्सिङ प्राधिकरणले पहिले नै सर्वोच्च अदालतलाई पतञ्जली आयुर्वेद लिमिटेड र दिव्या फार्मेसीका १४ उत्पादनको लाइसेन्स निलम्बन गरिएको जानकारी गराएको थियो ।

अदालतले भ्रामक विज्ञापन मुद्दामा योग गुरु रामदेव, उनका सहयोगी बालकृष्ण र पतञ्जली आयुर्वेद लिमिटेडलाई अवहेलना नोटिस जारी गरेको थियो । एजेन्सी

बुधबार, असार २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.