नवलपुर,असार २३ – कालीगण्डकी करिडोर सडकखण्ड अन्तर्गत नवलपुर जिल्लाको गैडाकोट नगरपालिका र बुलिंगटार गाउँपालिका जोड्ने तरङ्खोलामा अविरल वर्षाका कारण बाढी आएको छ। बाढीले गर्दा सवारी साधनको आवतजावतमा पूर्ण रूपमा अवरोध सिर्जना भएको छ।
स्थानीय प्रशासनका अनुसार गत २४ घण्टादेखि परेको अविरल वर्षाका कारण तरङ्खोलामा पानीको सतह उल्लेख्य रूपमा बढेको छ। खोलामा पानीको बहाव तीव्र भएकाले सवारी साधन तर्न नसक्ने अवस्था सिर्जना भएको हो।
यस घटनाले गर्दा दुई पालिका बीचको आवागमन र व्यापार प्रभावित भएको छ।