• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

लोकप्रिय समाचार

  • १. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ३. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ४. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ६. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ७. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ८. घट्यो सुनचाँदीको मूल्य

  • ९. पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • १०. १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

राईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभिए) ले न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबका प्रशिक्षक कुमार राईलाई यु–२० महिला राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको छ ।

संघले साउन पहिलो सातादेखि माल्दिभ्समा आयोजना हुन लागेको काभा यु–२० महिला भलिबल च्याम्पियनसिपका लागि राईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको हो ।

यस्तै संघले एभरेस्ट भलिबल क्लबका अर्जुन घिमिरेलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । जुनु पुन टोलीको व्यवस्थापक रहेका छन् ।

महिला भलिबल खेलाडी उत्पादन गर्ने प्रशिक्षकको रुपमा चिनिएका राई यसअघि महिला टोलीको सहायक प्रशिक्षक बनेका थिए । एसियन भलिबल च्याम्पियनसिपका लागि टोलीले प्रशिक्षण सुरु गरेपनि कोराना भाइरस (कोभिड–१९) का कारण च्याम्पियनसिप नै रद्ध भएको थियो ।

उनले नै उत्पादन गरेका कुनै समयका चर्चित स्पाइकर रमिला तण्डुकारसँगै प्रतिभा माली, रेश्मा भण्डारी, सलिना श्रेष्ठ, कृपा अधिकारी, रिमा कुँवर, प्रगति नाथले राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । रिमा र प्रगतिले गत वर्ष नेपालमै आयोजना भएको एनएससी काभा महिला भलिबल च्यालेन्ज कप दौरान डेब्यु गरेकी थिइन् ।

प्रशिक्षक राईले २०६४ जेठ ५ गते न्यु डायमण्ड एकेडेमीमा महिला भलिबल टोलीको प्रशिक्षण सुरु गरेका थिए । त्यसयता विद्यालयस्तर हुँदै राष्ट्रियस्तरसम्म उनको प्रशिक्षणमा डायमन्डले खेल्दै आइरहँदा यो अवधिमा थुप्रै उपाधि जितिसकेका छन् । उनी विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक समेत चुनिएका छन् ।

काभा यु–२० महिला भलिबल च्याम्पियनसिप आगामी १८ देखि २३ जुलाईसम्म माल्दिभ्सको मालेमा हुनेछ । च्याम्पियनसिपमा आयोजक माल्दिभ्स र नेपालसहति चार राष्ट्रको सहभागिता रहेको छ । यस्तै किर्गिस्तान र श्रीलंका रहेका छन् ।

राउन्ड रोविन लिगपछि लिगको शीर्ष र चौथो हुने टोली र लिगको दोस्रो र तेस्रो हुने टोलीले सेमिफाइनल खेल्नेछ । दुवै विजेताले फाइनल खेल्नेछ । नेपाली टोली जुलाई १६ मा त्यसतर्फ प्रस्थान गर्नेछ । १७ जुलाईमा टेक्निकल मिटिङ रहनेछ ।

काभा यु–२० महिला भलिबल च्याम्पियनसिपका लागि अन्तिम १२ सदस्यीय टोली छनोट भइसकेको छ । संघले यसै साता काठमाडौंमा सम्पन्न प्रथम सहाना प्रधान स्मृति यु–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनबाट खेलाडी छनोट गरेको हो ।

सबैभन्दा धेरै बागमती प्रदेशबाट प्रतिनिधित्व गरेका न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबका ६ जना टोलीमा परेका छन् । एभरेस्ट भलिबल क्लबबाट खेल्ने लुम्विनी प्रदेशबाट ४, गण्डकीबाट खेलेका नेपाल पुलिस क्लब र सुदुरपश्चिमबाट खेलेका त्रिभुवन आर्मी क्लबबाट समान एक खेलाडी टोलीमा परेका छन् ।

सलिना बुढा मगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ र एन्जिला प्रधान न्यु डायमण्डकी हुन् । मिना सुनार, अनुषा चौधरी, निशा चौधरी र आरती चौधरी एभरेस्ट भलिबल क्लबका तथा स्नेहा ठगुन्ना आर्मी र आशिका क्षेत्री पुलिसकी हुन् ।

अन्तिम टोली
सलिना बुढा मगर (स्पाइकर – न्यु डायमण्ड), जेनिशा विश्वकर्मा (स्पाइकर – न्यु डायमण्ड), एलिसा मानन्धर (स्पाइकर – न्यु डायमण्ड), निशा महर (स्पाइकर – न्यु डायमण्ड), भावना तामाङ (सेटर – न्यु डायमण्ड), एन्जिला प्रधान (लिवेराे – न्यु डायमण्ड), निशा चौधरी (लुम्विनी), आरती चौधरी (लुम्विनी), मिना सुनार (स्पाइकर – लुम्विनी), अनुषा चौधरी (सेटर – लुम्विनी), स्नेहा ठगुन्ना (आर्मी) र आशिका क्षेत्री (पुलिस)
वैकल्पिक खेलाडी – सोइङ थापा, स्पाइकर (गण्डकी), प्रतिभा चौधरी सेटर (लुम्विनी), रेविका लामा तामाङ, मिडल ब्लकर (बागमती), मोनिका विष्ट, लिवेरो लुम्विनी र जिना राना, स्पाइकर (लुम्विनी)

मुख्य प्रशिक्षक – कुमार राई
सहायक प्रशिक्षक – अर्जुन घिमिरे
टिम व्यवस्थापक – जुनु पुन

बुधबार, असार २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो
मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

लोकप्रिय

  • १.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ६.
    समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

भर्खरै

  • १.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • २.
    घट्यो सुनचाँदीको मूल्य

  • ३.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

  • ६.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ७.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.