एजेन्सी – कोलम्बियासँग बराबरी खेल्दै रोक्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगेको छ।
अमेरिकामा जारी कोपामा यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको कोलम्बियासँग बुधबार भएको खेलमा ब्राजिलले १-१ को बराबरी खेलेको हो।
लेभिस स्टेडियममा बराबरी खेलेपछि कोलम्बिया समूह डीको विजेता र ब्राजिल उप विजेता बन्यो। ४ खेलमा अपराजित रहँदै कोलम्बियाले ७ अंक जोड्यो।
अपराजित रहेको ब्राजिलको समान खेलमा ५ अंक रह्यो ।४ अंक जोडेको कोस्टारिका र अंकविहीन पाराग्वे प्रतियोगिताबाट बाहिरिएका छन् ।
ब्राजिलले समूह विजेता बन्ने मौका गुमाएको थियो।
१२औं मिनेटमै राफिन्हाले फ्रिकिकमार्फत् गोल गर्दै दिलाएको अग्रतालाई ब्राजिलले जोगाउन सकेन ।
पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा डेनियल मुनोजले बराबरी गोल गरेका थिए। जोन कर्डोबाको पासमा मुनोजले गोल गरेका हुन्।
क्वाटरफाइनलमा ब्राजिलले उरुग्वे तथा कोलम्बियाले पानामाको सामना गर्नेछ। अन्य क्वाटरफाइनलमा अर्जेन्टिना र इक्वेडर तथा क्यानडा र भेनेजुएलाबीच प्रतिस्पर्धा हुनेछ।