काठमाडौं, जेठ २८- क्रिकेटर सन्दीप लामिछानेले वेस्ट इन्डिज पुगेर सबैलाई धन्यवाद दिएका छन् । आईसीसी टी(२० विश्वकप क्रिकेट खेल्न वेस्ट इन्डिज पुगेका सन्दीपले विश्वकपमा सहभागी गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन् ।
उनले विश्वकप क्रिकेटमा सहभागितालाई सम्भव बनाउन क्यान अध्यक्ष चतुर बहादुर चन्द, क्यानका सचिव पारस खड्का, वकिल सरोज घिमिरे, विनोद दास लगायतलाई धन्यवाद दिदैँ , उनले भनेका ‘चतुर सर र पारस दाइजस्ता महत्त्वपूर्ण व्यक्तित्वको छविलाई कलङ्कित गर्न झुटो प्रचार भइरहेको छ । त्यस्ता प्रपोगाण्डामा विश्वास नगर्नुहोला ।’