• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, मङि्सर २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३. सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

निःशुल्क स्वास्थ्य शिविर १ हजार भन्दा बढी लाभान्वित

नेपाली कांग्रेस क्षेत्र नम्बर १ र नेपाली कांग्रेस कावासोती नगर समितिको संयुक्त आयोजना तथा नेपाल स्वास्थ्यकर्मी संघ चितवनको प्राविधिक सहयोगमा कावासोती नगरपालिका वार्ड नम्बर १७ स्थित त्रिभुवन बाल मा.वि.मा नि:शुल्क स्वास्थ्य शिविर एवं नि:शुल्क औषधी वितरण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। यस स्वास्थ्य शिविरको उद्देश्य स्थानीय जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा निःशुल्क रुपमा प्रदान गर्नु र स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु रहेको थियो।

कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस क्षेत्रीय सभापति अमृत भट्टचनले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा पूर्व मन्त्री एवं गण्डकी प्रदेश सदस्य महेन्द्र धोज जिसी सहभागी हुनुहुन्थ्यो। विशिष्ट अतिथिहरुमा बी.पी. कोइराला क्यान्सर अस्पतालका निर्देशक शिव जी पौडेल, डेपुटी डाइरेक्टर डा. उमेश नेपाल, चितवन मुटु अस्पतालका म्यानेजिङ डाइरेक्टर तथा वरिष्ठ हृदयरोग विशेषज्ञ डा. शंकर लौडारी र नेपाली कांग्रेस कावासोती नगर सभापति सालिग्राम ढकाल रहनुभएको थियो।

बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म चलेको यस शिविरमा १ हजार भन्दा बढी स्थानीयवासीले विभिन्न स्वास्थ्य परीक्षण गराएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति अमृत भट्टचनले बताउनु भयो । भट्टचनले नेपाली कांग्रेस को क्षेत्रीय कार्यसमिति को निर्णय अनुसार सुख मा कांग्रेस दु:खमा कांग्रेस भन्ने नारालाई आत्मसात गर्दै नि:शुल्क स्वस्थ्य शिविर संचालन गरेको बताउनु भयो।त्यस्तै कार्यक्रमका प्रमुख अतिथि एबम पुर्ब मन्त्री महेन्द्र धोज जिसिले यस्ता शिविरले गाउँगाउँमा स्वास्थ्य जाँच सम्बन्धी जनचेतना फैलाउने र साधारण रोगहरु शिविरमै पत्ता लगाउन सकिने भएकाले स्थानीयवासीको उपचार खर्च बचाउन सकिने बताउनुभयो।

नेपाल स्वास्थ्यकर्मी संघ, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मुटु अस्पताल र एपोलो डेन्टल प्रालिको संयुक्त समन्वयमा सञ्चालित यस शिविरमा महिलाहरूको पाठेघरको क्यान्सर, हाडजोर्नी सम्बन्धी, दन्त परीक्षण, बालरोग सम्बन्धी, भिडियो X-ray, ECG, ECO, नाक/कान/घाँटी सम्बन्धी, मुटुरोग सम्बन्धी, पाठेघर स्क्रिनिङ, पिसाब सम्बन्धी, मेडिकल अन्कोलोजी, रक्तचाप र सुगर जाँच लगायतका विविध स्वास्थ्य सेवाहरू निःशुल्क रुपमा प्रदान गरिएको थियो।

शिविरमा बृद्ध नागरिकहरूमा मुख्यतया हृदय, मधुमेह र हाडजोर्नीसम्बन्धी समस्याहरू देखिएका थिए भने महिला र किशोरीहरूमा पाठेघर सम्बन्धी समस्या र क्यान्सरको जोखिम बढी रहेको पाइयो। उद्घाटन कार्यक्रमको सहजीकरण भने नेपाली कांग्रेस क्षेत्रीय सचिव अमृत श्रेष्ठले गर्नुभएको थियो।

यसरी यस स्वास्थ्य शिविरले कावासोती नगरपालिकावासीहरूलाई विभिन्न स्वास्थ्य सेवाहरू निःशुल्क रुपमा उपलब्ध गराई जनस्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्यायो। साथै स्थानीय जनतालाई स्वास्थ्यसम्बन्धी चेतना फैलाउन समेत सहयोग पुग्यो। नेपाली कांग्रेसले जनसेवालाई महत्व दिँदै यसरी सामाजिक कार्यमा पनि सक्रिय भएको पुष्टि हुन्छ।

आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक
सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.

  • ४.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ५.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ६.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ७.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ८.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.