गैंडाकोट // नेपाली कांग्रेस क्षेत्र नम्बर १ र नेपाली कांग्रेस कावासोती नगर समिति को संयुक्त आयोजना तथा नेपाल स्वास्थ्यकर्मी संघ चितवनको प्राविधिक सहयोगमा कावासोती नगरपालिका वार्ड नम्बर १७ स्थित त्रिभुवन बाल मा.बि ढोकी मा नि:शुल्क स्वस्थ्य शिविर एबम नि:शुल्क औषध बितरण सम्पन्न भएको छ ।
त्रिभुवन बाल मा.बि मा आयोजित नि:शुल्क स्वस्थ्य शिविर कार्यक्रमको अध्यक्षता अमृत भट्टचन ले गर्नु भएको थियोे भने प्रमुख अतिथी पूर्व मन्त्री एवं गण्डकी प्रदेश सदस्य महेन्द्र धोज जिसी ,विशिष्ट अतिथिहरुमा बी.पी. कोइराला क्यान्सर अस्पतालका निर्देशक शिव जी पौडेल, डेपुटी डाइरेक्टर डा. उमेश नेपाल, चितवन मुटु अस्पतालका म्यानेजिङ डाइरेक्टर तथा वरिष्ठ हृदयरोग विशेषज्ञ डा. शंकर लौडारी र नेपाली कांग्रेस कावासोती नगर सभापति सालिग्राम ढकाल रहनुभएको थियो।
बिहान ९ बजेबाट बेलुका ४ बजेसम्म संचालित शिवीर मा १ हजार भन्दा धेरैले स्वस्थ परिक्षण गरेको नेपाली कांग्रेसका क्षेत्रीय सभापति अमृत भट्टचनले बताउनु भयो । भट्टचनले नेपाली कांग्रेस को क्षेत्रीय कार्यसमिति को निर्णय अनुसार सुख मा कांग्रेस दु:खमा कांग्रेस भन्ने नारालाई आत्मसात गर्दै नि:शुल्क स्वस्थ्य शिविर संचालन गरेको बताउनु भयो।त्यस्तै कार्यक्रमका प्रमुख अतिथि एबम पुर्ब मन्त्री महेन्द्र धोज जिसिले यस्ता शिविरले गाउँगाउँमा स्वास्थ्य जाँच सम्बन्धी जनचेतना फैलाउने र साधारण रोगहरु शिविरमै पत्ता लगाउन सकिने भएकाले स्थानीयवासीको उपचार खर्च बचाउन सकिने बताउनुभयो।
नेपाल स्वास्थ्यकर्मी संघ, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मुटु अस्पताल र एपोलो डेन्टल प्रालिको संयुक्त समन्वयमा सञ्चालित यस शिविरमा महिलाहरुको पाठेघरको क्यान्सर, हाडजोर्नी सम्बन्धी, दन्त परीक्षण, बालरोग सम्बन्धी, भिडियो X-ray, ECG, ECO, नाक/कान/घाँटी सम्बन्धी, मुटुरोग सम्बन्धी, पाठेघर स्क्रिनिङ, पिसाब सम्बन्धी, मेडिकल अन्कोलोजी, रक्तचाप र सुगर जाँच लगायतका सेवाहरु निःशुल्क रुपमा प्रदान गरिएको थियो।
शिविर मा बृद्ध नागरिकहरूमा मुख्यतया हृदय, मधुमेह र हाडजोर्नीसम्बन्धी समस्याहरू देखियो भने महिला र किशोरीहरूमा पाठेघर सम्बन्धी समस्या र क्यान्सरको जोखिम बढी रहेको पाइयो। उद्घाटन कार्यक्रमको सहजीकरण भने नेपाली कांग्रेस क्षेत्रीय सचिव अमृत श्रेष्ठले गर्नुभएको थियो।
यसरी यस शिविरले कावासोती नगरपालिकावासीहरूलाई विभिन्न स्वास्थ्य सेवाहरू निःशुल्क रुपमा उपलब्ध गराइ जनस्वास्थ्य सुधारमा योगदान पुर्यायो। साथै स्थानीय जनतालाई स्वास्थ्यसम्बन्धी चेतना फैलाउन पनि सहयोग पुग्यो। यसरी नेपाली कांग्रेसले जनसेवालाई महत्व दिएर सामाजिक कार्यमा पनि सक्रिय भएको देखिन्छ।
नेपाली कांग्रेसद्वारा कावासोतीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
नेपाली कांग्रेसद्वारा कावासोतीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

तपाईको प्रतिक्रिया