• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

भरतपुरमा इण्डो नेपाल टी–२० च्याम्पियनसीप सुरु, उद्घाटन खेलमा भरतपुर मेयर्स ११ विजयी


चितवन–चितवनको भरतपुरमा बिहीबार देखि इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता सुरु सुरु भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैद्यानमा सुरु भएको प्रतियोगिताको समुद्घाटन भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले गरिन् ।सो क्रममा बोल्दै प्रमुख दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरा काम द्रुत गतिमा निर्माण हुने बताइन् ।

उनले आगामि सन् २०२७ मा हुन लागेको यू–१९ महिला विश्वकपको खेल यही रंगशालामा खेलाउने गरी निर्माणको सम्पन्न गर्ने प्रतिवद्धता जनाइन् ।‘फागुन १७ गते टेण्डर आह्वान भएको छ, उनले भनिन्, ‘रंगशाला निर्माण हुन्छ कि हुँदैन भन्ने आशंका पनि हट्यो । महानगरले द्रुत गति रंगशाला निर्माणको नेतृत्वदायी भूमिका निर्वाह गर्छ ।’

यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गराउनका लागि नेपाल क्रिकेट संघ, खेलकुद मन्त्रालय र खेलकुद परिषदलाई अनुरोध गरिएको उनको भनाई छ । भरतपुरमा क्रिकेट खेलाडी उत्पादनका लागि विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको सुरु गरि सकेको भन्दै त्यसलाई निरन्तरता दिइने बताए ।

उद्घाटन सत्रमा बोल्दै नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहले पूर्वाधार निर्माण गरिए गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामै विश्वकप गराउने गरि तयारी गरिने प्रतिवद्धता जनाए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ले ठूला प्रतियोगिता गराउन पूर्वाधारलाई मुख्य प्राथमिकतामा राख्ने भएकाले सोही अनुसार पूर्वाधार निर्माणको काम हुनुपर्नेमा जोड दिए । कार्यक्रममा संघका केन्द्रीय सदस्य एवं नुवाकोटका अध्यक्ष दुर्गाराज पाठकलगायतले मन्तव्य व्यक्त गरे ।उद्घाटन सत्र चितवन क्रिकेट संघका अध्यक्ष सुदिप पियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसैबीच प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर मेयर्स ११ ले विजयी सुरुवात गरेको छ । भरतपुरले बागमती प्रदेशलाई ८ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । भरतपुरले दिएको १५३ रनको लक्ष्य पछ्याएको बागमती प्रदेश ७ विकेटको क्षतिमा १४४ रन मात्रै बनाउन सक्यो । उसका लागि शुभ कंसकारले ८८ रनको विष्फोटक अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् । रविन जोशीले २० रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । भरतपुर मेयर्स ११ का लागि सौगात ढकालले ४, दिपेश श्रेष्ठले २ र गौतम केसीले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको भरतपुर मेयर्स ११ ले ८ विकेटको क्षतिमा १५२ रनको बनाएको थियो । एक समय निकै खराब अवस्थामा रहेको भरतपुरलाई कप्तान दिपेश श्रेष्ठ र गौतम केसीले विष्फोटक पारी खेल्दै सम्मानजनक अवस्थामा पु¥याएको थियो । गौतमले १५ बलमा ४ छक्का र एक चौकाको मद्धतमा ३४ रन बनाएर रामनरेश गिरीबाट बोल्ड आउट भए भने दिपेशले २३ बलमा २९ रन बनाए । प्रतिक श्रेष्ठले २० रन बनाए ।

बागमतीका लागि रामनरेश गिरीले ३, तिलकराज भण्डारीले २ र मनोज यादव, अभिषेक कोइराला र सुमन सुनुवारले समान एक विकेट लिए ।
प्रतियोगितामा नेपालका भरतपुर मेयर्स ११, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश तथा भारतका दुईवटा क्षेत्रीय टोली तालतला इन्स्टिटाइट कोलकाता र पीएसआर ग्रुप लखनउ बीचको रोमाञ्चक खेल हुनेछ ।

बिहिबार, चैत ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.