• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ७. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सव, तयार भयो आदिवासी जनजातिका गाउँ


नारायणगढ । नारायणी नदी किनारमा आदिवासी जनजातिको गाउँ तयार भएको छ। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा हुन लागेको ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ को आकर्षणका लागि उक्त गाउँ निर्माण गरिएको हो। नदी किनारमै बनाइएको गाउँमा चितवनका ११ वटा आदिवासी जनजाति समुदायको जातीय पहिचानसहितको गाउँ निर्माण गरिएको हो। नेफिन चितवनले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको हो।

महोत्सवमार्फत आदिवासी जनजाति समुदायको प्रचारप्रसारमा ठूलो योगदान पुग्ने तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम च्हम्रु तमूले बताए। जसरी भए पनि यो महोत्सवलाई सफल पार्न चितवनका आदिवासी जनजाति समुदाय डटेर लागी परेको उनले बताए। नदी किनारमा बनाइएको गाउँमा गुरूङ, दुरा, थारू, चेपाङ, भुजेल, कुमाल, राई, दराई, मगर, बोटे र तामाङ समुदायले घर बनाएका छन्। चितवन जिल्लामा १७ वटा आदिवासी जनजाति समुदाय संगठित भए पनि हाललाई ११ वटा जातिले घर निर्माण गरेर नारायणी नदी किनारमै आदिवासी जनजाति समुदायको साझा गाउँ बनाएको महोत्सव मूल आयोजक समितिका संयोजक महेन्द्र दुराले जानकारी दिए। ‘यसपटक पहिलो प्रयास हो।

आगामी दिनमा यो सङ्ख्या बढ्ने निश्चित छ,’ उनले भने। महोत्सव सुरू नहुँदै आदिवासी जनजाति समुदायको गाउँ प्रमुख आकर्षणको केन्द्र बनेको छ। आदिवासी जनजाति समुदायको परम्परागत घर निर्माण गरेपछि नारायणी नदी किनार पुग्ने सबैलाई आकर्षित गरेको छ। साँस्कृतिक घर निर्माण उपसमितिका संयोजक सञ्जय भुजेलका अनुसार सबै जातजातिले घर निर्माणको काम सकिसकेका छन्। ‘घर निर्माणको काम सकिएको छ,’ उनले भने, ‘एकै ठाउँमा सबै जातिको घर बन्दा संयुक्त गाउँ नै बनेको छ।’ सबै जातिले खर र बाँसको प्रयोगबाट घर बनाएका छन्।

दुरा जातिले भने अरूको भन्दा भिन्न घर बनाएको छ। उनीहरूले लोप भइसकेको घुमाउने घर बनाएर सबैको ध्यान खिचेका छन्। मौलिक तथा परम्परागत घरले आदिवासी सबैको ध्यान खिचेको थारू कल्याणकारिणी सभा चितवनका उपसभापति पूर्ण चौधरीले जानकारी दिए। ‘हाम्रै समुदायमा पनि नयाँ पुस्ता यस्ता इतिहासबाट पर पुगिसकेका छौँ,’ उनले भने, ‘गैरजनजाति समुदायको लागि त नौलो हुने नै भइहाल्यो।’ महोत्सवको प्रवेशद्वार नजिकै बनाइएको मिनी चितवनमा प्रवेश गरिसकेपछि मौलिक घरमात्र नभई आदिवासी जनजाति समुदायले प्रयोग गर्ने सरसामान समेत राखिएको छ।

यसले समग्रमा महोत्सवलाई नै आदिवासी जनजाति समुदायको साँस्कृतिक सङ्ग्रहालयको परिचय दिनेमा आयोजक समिति विश्वस्त छ। नेपालमै पहिलोपटक यो तहको महोत्सव आयोजना गरेर चितवनका आदिवासी जनजाति समुदायले इतिहास कायम गर्ने प्रयास गरिएको संविधानसभाका सदस्य एवम् नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताए।

चैत १८ गतेसम्म चल्ने महोत्सवको उद्घाटन हुनुपूर्व चैत ९ गते बिहान नारायणगढको क्याम्पाचौरबाट झाँकीसहितको बृहत् र्‍याली निकालिने मूल आयोजक समितिका सहसंयोजक सागर कुमालले जानकारी दिए। त्यसका लागि जिल्लामा बसोबास गर्ने सम्पूर्ण आदिवासी जनजाति समुदायलाई पत्राचार गरिसकेको उनले बताए।

बिहिबार, चैत ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.