• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, मङि्सर २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३. सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

भद्रकुमारी स्कुलको विविध कार्यक्रम गर्दै मनायो वार्षिकोत्सव

चितवन, ८ फागुन । भरतपुर–५ मा रहेको श्री भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयले विविध कार्यक्रमसहित ३५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले वार्षिकोत्सवको अवसरमा सोमबार सांस्कृतिक कार्यक्रम, विद्यार्थीहरुलाई पुरस्कार वितरण, अभिभावकबीच खेलकुदका कार्यक्रम गरेको विद्यालयकी सहायक प्रधानाध्यापक रोजिना न्यौपानेले जानकारी दिनुभयो ।
विद्यालयले आयोजना गरेको अभिभावकबीचको खेलकुद प्रतियोगितामा कमला केसी र सन्दिप सुवेदी विजयी हुनुभएको उहाँले बताउनुभयो । कार्यक्रममा प्रधानाध्यापकको प्रतिवेदन प्रस्तुत गर्दै श्री भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र न्यौपानेले यस विद्यालयलाई जिल्लाकै नमूना बनाउने गरी काम भइरहेको बताउनुभयो । यस विद्यालय भरतपुर महानगरको नमूना विद्यालय भएको भन्दै न्यौपानेले जिल्लाकै नमूना बनाउनका लागि बालमैत्री तथा समावेशी शिक्षा प्रदान गर्ने, अभिभावक र विद्यार्थीको पहिलो रोजाइ यस विद्यालयलाई बनाउने, शैक्षिक, भौतिक र सामाजिक रुपमा उत्कृष्ट विद्यालय बनाउने योजनासहित काम गरिरहेको बताउनुभयो ।
कक्षा १ देखि कक्षा ७ सम्म अध्ययन हुँदै आइरहेको विद्यालयले यसवर्षदेखि कक्षा ८ मा अध्ययन सुरु गर्ने तयारी भइरहेको प्रअ न्यौपानेले बताउनुभयो । विद्यालयले प्लो ग्रुपदेखि नै अङ्ग्रेजी माध्यममा पठनपाठन गराउँदै आएको उहाँको भनाइ छ । विद्यालयमा जम्मा चार सय ७२ जना विद्यार्थी अध्ययनरत रहेको उहाँले बताउनुभयो ।
सो कार्यक्रममा अभिभावकहरुको तर्फबाट मन्तव्य राख्दै अभिभावक तथा आधारभूत विद्यालय ब्रम्हपुरका प्रधानाध्यापक सन्दीप सुवेदीले अभिभावकहरु नियमित विद्यालयमा गएर विद्यार्थीको पढाइबारे चासो राख्नुपर्ने बताउनुभयो । शिक्षकले विद्यालयमा पढाउँदै आफ्नो जिम्मेवारी निर्वाह गरेको अवस्थामा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुने सुवेदीको भनाइ छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर–५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा राष्ट्रिय माध्यमिक विद्यालय तोरीखेतका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुहरि खनिया, विद्यालयका सल्लाहकार समिति सदस्य दिनेशचन्द्र आचार्य, गणेश मन्दिर टोल विकास संस्थाका अध्यक्ष डिल्लीराम पन्थ, विद्यालय अनुगमन समितिका श्रीप्रसाद कँडेललगायतले मन्तव्य राख्नुभएको थियो ।

मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक
सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.

  • ४.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ५.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ६.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ७.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ८.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.