• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

एक्सपर्ट भरतपुर मेयर्स कपः एक्सपर्टद्धारा जर्सी हस्तान्तरण, लिग चरणमा नारायणी नमुना मा.विको पहिलो जित


चितवन, फागुन ४– एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिग चरणको खेल आज (शुक्रबार)बाट सुरु भएको छ । उद्घाटन खेलमा नारायणी नमुना मा.वि.ले अंकुरम एकेडेमीलाई ९३ रनको फराकिलो अन्तरमा हराउँदै विजयी सुरुआत गरेको छ । समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा अंकुरम एकेडेमीलाई पराजित गर्दै नारायणीले २ अंक सुरक्षित गरेको छ ।

भरतपुर–१५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नारायणी नमुना मा.वि.ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन जोड्यो । नारायणीका लागि तल्लोक्रममा २९ बल खेल्दै ४ चौकासहित सन्देश खनालले सर्वाधिक २८ रन बनाए । १३ बल खेलेका सबिन खरेलले १८ रन जोडे ।

बलिङमा मनोज सापकोटाले २, इन्सिप पौडेल, अमुरोध सिग्देल, विप्लव पोख्रेल, दिवस गैरे, आरोहण अधिकारी र आर्यन गुरुङले समान १ विकेट लिए । १ सय ४४ रनको विशाल लक्ष्यसहित जवाफी ब्याटिङ थालेको अंकुरम १३.२ ओभरमा ५० रन बनाउँदा अलआउट भयो । अंकुरमका ओपनर विप्लव पोख्रेल २४ बलमा ५ चौकासहित सर्वाधिक २६ बनाउदा चन्दन यादवको बलमा एलबीडब्लु धरापमा परे ।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अंकुरमको इनिङस ध्वस्त बनाउने क्रममा उमेश महतो एक्लैले ६ विकेट लिए । निखिल चापागाई, संजय यादव र चन्दन यादवले समान १ विकेट लिए । ४ ओभरमा १४ रन खर्चदै ६ विकेट लिएका उमेश महतो खेलको प्लेयर अफ द म्याच भए ।

प्रतियोगिता अन्तर्गत भोलि २ खेल हुनेछन् । पहिलो खेलमा अर्किड इंग्लिस स्कुलले विश्वप्रकाश मा।वि।सँग प्रतिस्पर्धा गर्नेछन् । अर्को खेलमा वाल्मिकी शिक्षा सदन र लक्ष्मी मा।वि आमनेसामने हुनेछन् ।

प्रतियोगिताको आज औपचारिक रुपमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले समुद्घाटन गरेका थिए । भरतपुर महानगरपालिकाको आयोजना, चितवन जिल्ला क्रिकेट संघको सह–आयोजनामा भइरहेको प्रतियोगितालाई एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले प्रमुख प्रायोजन गरेको छ । उद्घाटन समारोहमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले लिग चरणमा प्रवेश गरेका संस्थागत र समुदायिक गरि १० विद्यालयलाई जर्सी हस्तान्तरण गरेका थिए । एक्सपर्टले प्रतियोगितामा सहभागि सामुदायिक १० विद्यालयलाई नै क्रिकेट किट सहयोग हस्तान्तरण गरि सकेको छ ।

शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.