नवलपरासी/ २९ माघ। पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०४ वैरवा अबस्थित मुनलाइट माध्यमिक विद्यालयले १९ औं वार्षिक उत्सव भव्यरुपमा मनाएको छ।
मुनलाइट माध्यमिक विद्यालयको व्यबस्थापन समितिका अध्यक्ष राजकिसोर गुप्ताको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका का शिक्षा अधिकृत प्रमोद यादवको प्रमूख अतिथीकतामा १९ औं वार्षिक उत्सव तथा सरस्वती पूजाका कार्यक्रमहरु सुरु भएका छन्।
कार्यक्रम बोल्दै प्रमूख अतिथि यादवले गाउँपालिकाको शिक्षा विकासमा यस विद्यालयले अमूल्य योगदानको गरेको कार्यको चर्चा गर्दै आगामी दिनमा पनि अभिभावक,विद्यार्थी र शिक्षकको सम्बन्धलाई मजबूत बनाई मात्र विद्यालयको प्रगती हुने बताएका छन्।
त्यस्तै प्रधानध्यापक तारकेश्वर गुप्ताले बिद्यालयको सुरुवाती समयमा निकै नै संग्रस् गर्दै यो अवस्थामा आई पुगेको बताए। उनले भने “सुरु अवस्थामा १८० विद्यार्थीले सुरु गरेको विद्यालय हाल ४५० भन्दा बढी विद्यार्थी रहेका छन्।
तीन दिन सम्म चल्ने वार्षिक उत्सव तथा सरस्वती पूजाका कार्यक्रमहरुमा आज विज्ञान प्रविधिको प्रदर्शनी,सामाजिक सञ्जालको नकारात्मक असरको प्रभाव बारे नाटक प्रदर्शनी, विभिन्न देश भक्ति गितका नृत्य तथा विद्यार्थीले आफ्नो कला प्रस्तुत गरेका छन्।
कार्यक्रममा पाल्हीनन्दन गाउँपालिकाका शिक्षा शाखा कर्मचारी अशोक ठाकुर,पत्रकार रंजीत शर्मा,विद्यालय व्यवस्थापन समिति सदस्य मोहन गुप्ता,गौतम हरिजन लगाएको उपस्थिती रहेको थियो।