• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

प्रधानमन्त्री कप क्रिकेटः अपराजित पुलिस र आर्मीबिच आज उपाधि भिडन्त

काठमाडौँ, माघ २०– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच शनिबार भिडन्त हुँदैछ । खेल बिहान ९ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

पुलिस क्लब लिग चरणको खेलमा पहिलो हुँदै फाइनलमा पुगेको हो । आर्मी क्लबले भने लिग चरणको खेलमा दोस्रो हुँदै फाइनलमा पुगिससँगको भिडन्त पक्का गरेको हो । लिग चरणको समाप्तिपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा पुग्ने प्रावधान थियो ।

प्रतियोगितामा सहभागी १० वटै टोलीले लिग चरणमा नौ–नौवटा खेल खेलेका थिए । लिग चरणमा पुलिस क्लब आफूले खेलेका नौमध्ये सबै खेलमा विजयी भएको थियो । जारी प्रतियोगितामा आफूले खेलेका सबै खेलमा जित हात पार्ने पुलिस एकमात्र टोली हो । तालिकामा पहिलो हुने क्रममा पुलिस क्लबले कुल १८ अंक बटुलेको थियो ।

आर्मी क्लबले भने लिग चरणमा आफूले खेलेका नौमध्ये सात खेलमा सफलता हात पारेको थियो । दुई खेलमा आर्मी क्लब पराजित भएको थियो । आर्मी क्लबलाई लिग चरणमा बागमती प्रदेशले तीन विकेट र पुलिस क्लबले १३ रनले पराजित गरेका थिए । तालिकामा दोस्रो हुने क्रममा आर्मी क्लबले १४ अंक बटुलेको थियो ।

लिग चरणको खेलमा सर्वाधिक कुल स्कोर बनाउने टोलीको सूचिमा आर्मी दोस्रो र पुलिस क्लब चौथो स्थानमा रहेका थिए । लिग चरणमा सर्वाधिक स्कोर बनाउने टोली भने मधेस प्रदेश थियो । मधेस प्रदेशले गण्डकी प्रदेशविरुद्धको खेलमा पाँच विकेट गुमाएर तीन सय ३५ रन बनाएको थियो ।

यसैगरी आर्मी क्लबले मधेस प्रदेशविरुद्धको खेलमा तीन सय २० रन बनाएको थियो । मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशविरुद्धको खेलमा नौ विकेट गुमाएर तीन सय १९ रन बनाएको थियो । पुलिस क्लबले भने बागमती प्रदेशविरुद्धको खेलमा आठ विकेट गुमाएर दुई सय ८२ रन जोडेको थियो ।

यसैगरी सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा आर्मी क्लबका विनोद भण्डारी तेस्रो स्थानमा रहेका छन् । उनले लिग चरणको खेलमा कुल तीन सय ४९ रन बनाएका छन् । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पहिलो स्थानमा मधेस प्रदेशका अनिल शाह र दोस्रो स्थानमा बागमती प्रदेशका आशुतोष घिरैया छन् । अनिलले तीन सय ८६ र आशुतोषले तीन सय ८२ रन बनाएका छन् ।

लिग चरणको खेलमा पुलिस क्लबका लागि सर्वाधिक रन बनाउने खेलाडी भने दिलिप नाथ हुन् । उनले हालसम्म प्रतियोगितामा कुल दुई सय ३२ रन बनाएका छन् । पुलिस क्लबकै अर्जुन साउदले पनि हालसम्म दुई सय ३२ रन बनाएका छन् । पुलिस क्लबका अर्का ब्याट्सम्यान आरिफ शेखले पनि दुई सय २९ रन बटुलेका छन् ।

यसैगरी जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरको सूचिमा आर्मी क्लबका साहब आलम तेस्रो र पुलिस क्लबका ललित राजवंशी चौथो स्थानमा आसिन छन् । साहब आलमले २२ र ललितले २० विकेट लिएका छन् । सर्वाधिक विकेट लिने बलर भने बागमती प्रदेशका सूर्य तामाङ हुन् । उनले ३० विकेट लिएका छन् । यो सूचिमा दोस्रो स्थानमा रहेका सुदूरपश्चिम प्रदेशका शेर मल्लले २४ विकेट हात पारेका छन् ।

लिग चरणको खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि बागमती प्रदेश र मधेस प्रदेश भने थोरै अन्तरले मात्र उपाधि होडबाट बाहिरिन पुगेका थिए । बागमती प्रदेशले नौ खेलबाट ६ जित र तीन हारको नतिजा निकाल्दै १२ अंक जोडेको थियो । अंक तालिकामा बागमती प्रदेश तेस्रो भएको थियो ।

यसैगरी ६ जित र तीन हारको नतिजा निकालेको मधेस प्रदेश पनि १२ अंकसहित चौथो भएको थियो । मधेस प्रदेश नेट रन रेटमा बागमती प्रदेशसँग पछि परेको थियो । सशस्त्र प्रहरी बलको एपीएफ क्लब १० अंकसहित पाँचौँ भएको थियो । एपीएफ क्लबले पाँच जित र चार हारको नतिजा निकालेको थियो ।

यसैगरी आठ अंक जोडेको सुदूरपश्चिम प्रदेश छैटौँ र समान अंक बटुलेको कर्णाली प्रदेश सातौँ भएका थिए । सुदूरपश्चिम प्रदेशले चार खेलमा जित र पाँच खेलमा हार ब्यहोरेको थियो । कर्णाली प्रदेशले चार जित र पाँच हारको नतिजा निकालेको थियो ।

लिग चरणमा चार अंकसहित गण्डकी प्रदेश अठौँ, दुई अंकसहित लुम्बिनी प्रदेश नवौँ र समान अंक बटुलेको कोशी प्रदेश १०औँ स्थानमा रहेका थिए । गण्डकी प्रदेशले दुई जित र सात हार, लुम्बिनी प्रदेशले एक जित र आठ हार तथा कोशी प्रदेशले एक जित र आठ हारको नतिजा निकालेका थिए ।

शनिबार, माघ २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.