• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ ०६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ३. नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

रत्ननगर महोत्सव : शनिबार ४२ हजारले गरे अबलोकन

रत्ननगर । टिकौल‌ी चौरमा जारी रत्ननगर महोत्सवमा शनिबार ४२ हजारले अबलोकन गरेका छन् । रत्ननगर उद्योग बाणिज्य संघको आयोजना गरेको उक्त महोत्सवमा एकैदिन ४२ हजार बढीले अबलोकन गरेको आयोजकले जनाएको छ । महोत्सवमा अहिले सम्मकै अत्याधिक भीड भएका कारण आयोजकलाई नियन्त्रण गर्न मुस्किल भएको थियो ।

माघ एक गते ३६ हजारले महोत्सव अबलोकन गरेका थिए । महोत्सव सकिने दिन नजिकिदै गर्दा शनिबार अबलोकनकर्ताको संख्या अत्याधिक भएको संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक शंकर गिरीले बताए । शुक्रबार सम्म एक लाख ७८ हजारले महोत्सव अबलोकन गरेको तथ्याङ्क आयोजकले दिएको थियो । यसैबीच महोत्सव अन्तर्गत शनिबारै साहित्य गोष्ठी सम्पन्न गरिएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा महिला उद्यमी गोष्ठी व्यवस्थापन समितिको व्यवस्थापनमा गोष्ठीको गरिएको हो ।

महोत्सव अन्तर्गत कला साहित्यको विकासको लागि साहित्य गोष्ठी आयोजना गरिएको हो । संघका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कवि तथा साहित्यकारहरुले कविता मार्फत जिल्लाको आर्थिक विकासको चर्चा गरेका थिए । रत्ननगर बाङ्मय परिषद्का अध्यक्ष रामबाबु घिमिरे प्रमुख अतिथि रहेको सो कार्यक्रममा संघका पूर्व अध्यक्ष गोपालराज कर्माचार्य, नारायणकाजी श्रेष्ठ, साहित्यकार तिलकराज शर्मा, धनराज गिरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कवि तथा साहित्यकारहरु राजेन्द्र घायल, सुरेशचन्द्र आचार्य,कृष्णा शर्मा, मोदनाथ मरहठ्ठा, किसान प्रेमी, गणेश प्रसाद शर्मा, रामलाल कुमाल, दुर्गा पुरी, लीलादेवी दाहाल, चेतनाथ रेग्मी, दुर्गाप्रसाद पौडेल, सर्वज्ञ पौडेल, गिरीराज डल्लाकोटी, यमुना न्यौपाने लगायतले रचना बाचन गरेका थिए । कार्यक्रम संघकी कार्यसमिति सदस्य लक्ष्मी श्रेष्ठ कर्मचार्यले सञ्चालन गरेकी थिइन । महोत्सवको १२औं संस्करणमा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ ।

महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहेका छन् । यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको संघका बरिष्ट उपाध्यक्ष निराजन खनालले जानकारी दिए । रत्ननगर महोत्सव माघ ८ गते सम्म चल्ने छ ।

शनिबार, माघ ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ३.

  • ४.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ५.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ६.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ७.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ८.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.