• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भरतपुरमा महसुस हुने गरी विकास भएको छ, बोलेको कुरा पूरा गरेका हौं:मेयर दाहाल


चितवन, माघ ३- भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरमा महसुस हुने गरी विकास भएको बताएकी छन् ।

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालय भरतपुर–१३ को ४४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले भरतपुरमा जनताले आफै महसुस हुने गरी विकास भएको उल्लेख गरिन् । ‘हामीले बोलेका कुरा पूरा गरेका हौ’, उनले भनिन्,‘हामीले भरतपुरमा विकास भयो भन्नुपर्दैन । भरतपुरबासीले महसुस भएको कुरा आफै भनिरहनु भएको छ । यसमा हामीलाई गर्व छ ।’

मेयर दाहालले भरतपुरमा सडक पूर्वाधारको विकास नभई सबै क्षेत्रमा समानुपातिक विकास भएको दाबी गरिन् । अन्य ठाउँबाट भरतपुर आउने व्यक्तित्वले भरतपुरमा भइरहेको विकासलाई मुक्तकण्ठले प्रशंसा गर्ने गरेकाले यस विषयमा सन्तुष्ट रहेको उनको भनाइ छ ।

भरतपुरको शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कृषिलगायतको क्षेत्रमा अनुभूति हुने गरी विकास भएको भरतपुर जनताले खुलेरै भन्ने गरेको उनले बताए ।
‘सत्य कुरा लुक्दैन’, उनले भनिन्,‘ भरतपुरको विकास पहिलाको अवस्था के थियो र अहिले कस्तो भएको छ । यो कुरा घाम जस्तै छर्लङ्ग छ ।’

मेयर दाहालले भरतपुरका सामुदायिक विद्यालयमा ६ वर्षको अवधिमा ८ हजार विद्यार्थी बढ्नु शिक्षा क्षेत्रमा भएको ठूलो उपलब्धि भएको धाराणा राखिन् । नेपाल सरकारको शिक्षा मन्त्रालयले प्रकाशित गरेको नमुना विद्यायको नतिजामा भरतपुरका धेरै विद्यालयहरु समावेश हुनु यहाँ भएको शैक्षिक विकासलाई प्रष्ट पारेको उनको भनाइ छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालकृष्ण न्यौपानेले महानगरपालिकाले शिक्षा क्षेत्रमा धेरै नमुना कार्यहरु गरेको बताए । महानगरपालिकाको साथ र सहयोगबाट विद्यालयलाई देशकै नमुना विद्यालय बनाउन सकिएको धारणा राखे। कार्यक्रममा विद्यालयको समग्र विकासमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा वडा नम्बर १३ का अध्यक्ष प्रकाश दवाडी, जिल्ला शिक्षा इकाइका प्रमुख भूमिलाल सुवेदीले मन्तव्य राखेका थिए ।

 

 

 

बुधबार, माघ ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.