• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, पुष २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

  • १. गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

टिकाैलीमा रत्ननगर महाेत्सव सुरु, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्वारा उद्घाटन


रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर स्थित टिकाैलीचाैरमा रत्ननगर महाेत्सवकाे १२औं संस्करण विहीबारदेखि सुरु भएकाे छ । महाेत्सवकाे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक भब्य समाराेहका बीच उद्घाटन गरेका छन् । साे अबसरमा उनले सरकार र नीजि क्षेत्रकाे सहकार्यमा आर्थिक संकट अन्त्यकाे लागि पहल सुरु गर्नु पर्ने बताए ।

भूकम्प र काेराेना महामारीपछि मुलुककाे आर्थिक प्रणालीमा असर परेका कारण आर्थिक संकट पैदा भएकाे भन्दै उनले यसकाे अन्त्यकाे लागि सबै क्षेत्र जिम्मेवार हुनुपर्ने बताए । मुलुकमा आर्थिक संकटकाे असर चाैतर्फी रुपमा रहेकाे छ उनले भने संकटकाे सामधानकाे लागि राज्य चनाखाे हुनुपर्छ ।

अध्यक्ष तिमिल्सिनाले निकुञ्जकाे संरक्षण र जिल्लाकाे पर्यटनलाईसंगसंगै अगाडि बढाउनु पर्ने बताए । मानव र वन्यजन्तु बीचकाे द्बन्द्ब न्यूनीकरण गर्दै स्थानीय समुदायकाे जीविकाेपार्जनलाई प्राथमिकता दिनुपर्ने उनकाे भनाई छ । संरक्षणलाई पर्यटनसंग जाेडेर आर्थिक विकासका गतिविधि बढाउन उनले सुझाब दिए ।

चितवनमा रेलमार्गकाे सम्भावना रहेकाे भन्दै उनले वन र वन्यजन्तुलाई असर नपर्ने गरि रेलमार्ग निर्माणकाे कामलाई अगाडि बढाउनु पर्ने उनले बताए । आर्थिक मन्दीका बेला रत्ननगरका व्यवसायीले महाेत्सव गर्ने आट गर्नु चानचुने कुरा नभएकाे भन्दै उनले रत्ननगर महाेत्सवले चितवनकाे आर्थिक क्षेत्र चलायमान गराउने विश्वास व्यक्त गरे ।

निकुञ्जलाई असर गर्छ भनेर रेलमार्ग निर्माणकाे काम राेकिनु हुँदैन उनले भने याे दुरगामी प्रभाव पर्ने काम हाे अगाडि बढाउनु पर्छ । कार्यक्रममा प्रतिनिधि सभाका सांसद हरि ढकालले पूर्वी चितवन विकासकाे श्राेत वाडफाडका हिसाबले विभेदमा परेकाे बताए । भरतपुरलाई मात्र चितवन मान्ने राज्य सञ्चालकहरुकाे साेचका कारण पूर्वी चितवन पछाडि परेकाे बताए ।

विकासका मुद्धाहरुमा अबकाे बहस केन्द्रीत हुनुपर्ने भन्दै उनले साैराहाका पर्यटन, रत्ननगर अस्पताल तथा खेल पर्यटनकाे विकासका लागि बहस चलाउन आवश्यक रहेकाे बताए । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकाेटाले रत्ननगर महाेत्सवमा कृषि र पर्यटनलाई महत्व दिँदै उद्यमशिलता विकासलाई जाेड दिएका कारण स्थानीय सरकारले सहयाेग र साथ दिएकाे बताए ।

उद्घाटन कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले जिल्लाकाे आर्थिक सम्भावनाकाे उजागर गर्ने उद्देश्यले महाेत्सव आयाेजना गरिएकाे बताए । उनले देशकाे आर्थिक प्रणालीमा आएकाे संकट सामधानकाे लागि सरकारले नीतिगत सुधार गर्नु पर्ने भन्दै उनले महाेत्सवले आर्थिक क्षेत्रलाई चलायमान गराउने बताए ।

उनले साैराहाकाे पर्यटनलाई उकास्न पर्यटन गुरुयाेजना, शक्तिखाेरमा उद्योगिक क्षेत्र निर्माण र रत्ननगर अस्पतालकाे सेवा सुधार र विस्तार, पूर्वी चितवनकाे राजमार्गकाे स्तर उन्नती तथा कृषि र पशुपालन मार्फत राेजगारी सृजना गर्न सरकारसंग माग गरे । कार्यक्रममा संघले प्रकाशन गरेकाे स्मारिका विमाेचन गरिएकाे प्रकाशन समितिका संयाेजक सुर्यप्रकास रेग्मीले जानकारी दिए ।

कार्यक्रममा प्रदेश सांसद कृष्णप्रसाद खनाल, जिल्ला समन्वय समितिका अध्यक्ष नारायण प्रसाद अधिकारी, कालिकाका मेयर विनाेद रेग्मी, रत्ननगरका संस्थापक मेयर नारायण वन, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ, महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष गुणराज श्रेष्ठ, चितवन उद्योग बाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले मन्तब्य राखेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्याैपाने, रास्वपाका जिल्ला अध्यक्ष कृष्णप्रसाद भूषाल, राप्रपाका केन्द्रीय सदस्य रामहरि कंडेल, समाजबादीका जिल्ला कार्यबहाक अध्यक्ष कृष्णराज न्याैपाने, राष्ट्रिय जनमाेर्चाका जिल्ला अध्यक्ष अमर क्षेत्री, जनता समाजबादीका अध्यक्ष मुस्तफा अली, नेकपा मालेमा जिल्ला अध्यक्ष तबहादुर विक लगायतले मन्तव्य राखेका थिए ।

महाेत्सव सुरु हुनुपूर्व नेपाल माविबाट शाेभायात्रा निकालिएकाे र शाेभायात्रामा २०० बढी संघसंस्थाकाे उपस्थिति रहेकाे संघका उपाध्यक्ष तथा शाभायात्रा व्यवस्थापन समितिका संयाेजक रामशरण नेपालले जानकारी दिए । संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेकाे उद्घाटन कार्यक्रममा बरिष्ट उपाध्यक्ष निराजन खनालले महाेत्सवकाे उद्देश्यका बारेमा प्रकाश पारेका थिए ।

मकै एक परिकार र प्रयाेग अनेक भन्ने मान्यतालाई स्थापित गर्न परिकारकाे उपयाेग र मकैकाे बाेट देखि अन्य सामाग्रीकाे प्रयाेगलाई आत्मसाथ गर्ने गरि प्रबर्द्धन गरिएकाे संघका उपाध्यक्ष तथा कृषि प्रवर्द्धन समितिका संयाेजक हरि अधिकारीले जानकारी दिन ।

मकै बालीकाे संरक्षण र प्रवर्द्धनकाे लागि महाेत्सव स्थलमा मकै वाली स्थापना तथा मकैकाे स्टाचु निर्माण गरिएकाे छ। महाेत्सव स्थलमा मकै वाली, केरा बगान, च्याउकाे टनेल र माछा पाेखरी निर्माण गरिने कृषि संयाेजक अधिकारीले जानकारी दिए ।

विगत दुई दशकदेखि प्रत्येक दुई दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनलाई जोड दिइएकाे छ ।

महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहने छन् । यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ ।

विगतमा जस्तै महोत्सव अन्तर्गत पौष २९ देखि ४ गते सम्म ५ दिन रत्ननगरको सौराहाचोक वसपार्कमा विभिन्न जनजातीहरुको विशेष खाना, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि विशेष परिकार सहित पाँचौं रत्ननगर सांस्कृतिक खाना महोत्सव आयोजना गरिएको छ ।

 

बिहिबार, पुष २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.